साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

जागिरे मानसिकता कतै पनि उत्तरदायी हुँदैनन् इन्साफ प्रकृतिका कहिल्यै पनि अन्यायी हुँदैनन् मान्छेले बनाएका हुन् देव दानव जातजाति सबै कृत्रिम वस्तुहरू आवधिक हुन्छन् स्थायी हुँदैनन् ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

१.
न योे लिखितम्मा न कसैको बचनमा चल्छ
हुदैन अधिनस्थ आफ्नै रीत र चलनमा चल्छ
बन्नु बिग्रनुमा न दोष तिम्रो न दोष मेरो हो
समयको सुई न तिम्रो न मेरो खटनमा चल्छ ।

२.
नौनाडी बसेपछि वनको बाघ चे पनि हुनसक्छ
हिसाब बिग्रेर ले दे अथवा दे ले पनि हुनसक्छ
गर्दै नगर्नुस् नदेखाउनुस् घमण्ड रूप यौवनको
समयको खेल हो जिन्दगीमा जे पनि हुन सक्छ ।

३.
जागिरे मानसिकता कतै पनि उत्तरदायी हुँदैनन्
इन्साफ प्रकृतिका कहिल्यै पनि अन्यायी हुँदैनन्
मान्छेले बनाएका हुन् देव दानव जातजाति सबै
कृत्रिम वस्तुहरू आवधिक हुन्छन् स्थायी हुँदैनन् ।

४.
कहिले घामजस्तै हुनुपर्छ र कहिले पानी हुनुपर्छ
आवश्यक छैन यो सबैको आँखाको नानी हुनुपर्छ
सुन्दैछु उसलाई नरुचाउनेहरू धेरै छन् समाजमा
पक्कै पनि मान्छे इमान्दार र स्वाभिमानी हुनुपर्छ

०००
भैरहवा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x