साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोतारु

मने भन्नै मन लाछ गोरुको झगडा कति तगडा ऊ तो हो तो गोरु गोरु मिलेर जोतारु । जय गोरू वाद हलो सियोमा हाल दायाँ बायाँ खबरदार कतै नलाग ॥

Nepal Telecom ad

सुरेश भट्ट :

ओ हेलो ? गोरुजी यता सुनौँ त ?
तिमीहरू नारिने नारा एउटै छ
तिमीहरूले काँध थाम्ने जुवा एउटै छ
तिमीहरूको बाँधिने जोतारा एकै छ
तिमीहरूले जोत्ने हलो एउटै छ
तिमीहरूलाई न्याँक्ने सोईला एकै छ
तिमीहरूलाई लगाउने मोहोला एकै छ
तिमीहरूलाई एउटै सियोमा हिँडाउने अनौ एउटै छ
तिमीहरू सियोबाट दायाँबायाँ लागेमा ठोक्ने लौरो एउटै छ
तिमीहरू सबैले मानेको माहुते गुरू वचन ह ह ह… एउटै छ
तर
तिमीहरूलाई टाँडमा थलामा लगेर टाँगेर बाँधेर जब घाँस हालिन्छ
तब सिङ एक आपसमा जुधाएर बजाएर तिमी
डाम्नाहरू लर्न जुध्न थाल्छौ किन ?
के तिमीहरूलाई एकोहोरो सियोमा हिँडाएर
त्यही सियोमा नारा जोतारा हलो सहितै
मर्नु पर्छ भन्ने तिम्रा दाउने गुरूले त्यही  मन्त्र दिएका छन् ?
हैन भने डाम्ना डुँडमा जे छ घाँसपात ढुटो कुँडो त्यही खाऊ बस झगडा नगर ।
मने भन्नै मन लाछ गोरुको झगडा कति तगडा
ऊ तो हो तो गोरु गोरु मिलेर जोतारु ।
जय गोरूवाद हलो सियोमा हाल
दायाँ बायाँ खबरदार कतै नलाग ॥

०००
गोरखा, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x