साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निर्वाचन आउँदैछ

Nepal Telecom ad

यो देश खाए धमिराहरूले
रित्तो बनाए धमिराहरूले ।
खोसेर हाँसो दिनरात डस्छन्
आमा रुलाए धमिराहरूले ।।१।

थुप्रै मगाए दुनियाँ छ भोको
खाए अघाए दुनियाँ छ भोको ।
गरेर बाचा किन भुल्नु आफैँ
आशा जगाए दुनियाँ छ भोको ।।२।

फर्केर निर्वाचन आउँदैछ
घर्केर निर्वाचन आउँदैछ ।
गर्‍यौ कहाँ खै कुन काम भन्दै ?
झर्केर निर्वाचन आउँदैछ ।।३।

निमित्त खानै थुतुनो पसार्छन्
झुल्के बिहानै थुतुनो पसार्छन् ।
कथा नयाँ हैन उही छ पात्र
व्यथा पुरानै थुतुनो पसार्छन् ।।४।

पाइन्छ रे चोट म दिन्नँ भोट
दिएर के भोट विना अठोट ।
पिइन्छ रक्सी अनि मासु भन्दै
पछि नलागौँ नपिऔँ चुरोट ।।५।

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x