साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्यालेन्टाइन कविता

भीडभागतिर भित्र पसेर, ठेलठाल गरी ठाउँ चुनेर । बस्न आतुर सधैं मन हुन्थ्यो, भित्री पीर मनको कुन सुन्थ्यो ? नोटको अलिक फुर्ती लगाउँ, भीडमाथि अझ भीड बढाऊँ । ढेस्सिँदै तरुनीकै सँग जाऊँ, स्पर्शभोक मनको म बिसाऊँ ।।

Nepal Telecom ad

कुर्कुरे जब ममाथि चढेथ्यो,
भीडभाडतिर ध्यान बढेथ्यो ।
ढेस्सिएर हुलका वीच छिर्न,
आँट भित्रतिरबाट बढेथ्यो ।।

खाइ सार कि त लाइ छ सार,
लम्पसार परी मर्नु धिकार ।
भित्र मन्त्र यही थ्यो उति बेला,
आज पर्न म पुगें अब फेला ।।

धर्म गर्न मन यो किन जान्थ्यो,
तै पनि भिडतिरै मन हुन्थ्यो ।
भीरभाड जहीं नित्य रहन्थ्यो,
लौ त्यतैतिर पुगौं मन हुन्थ्यो ।।

गल्ली मात्र तिर यो कति चर्नु,
घाँस चोकरहरु कति छर्नु ।
यो कुरा जब चल्यो मन भित्र,
झन् परें म त बडो अलपत्र ।।

भीडभागतिर भित्र पसेर,
ठेलठाल गरी ठाउँ चुनेर ।
बस्न आतुर सधैं मन हुन्थ्यो,
भित्री पीर मनको कुन सुन्थ्यो ?

नोटको अलिक फुर्ती लगाउँ,
भीडमाथि अझ भीड बढाऊँ ।
ढेस्सिँदै तरुनीकै सँग जाऊँ,
स्पर्शभोक मनको म बिसाऊँ ।।

धाक लाई कहीं नोटहरूको,
छेली छेली कन दृष्टि अरुको ।
अर्पिएँ जब कसैसित नोट,
पाइयो अनी यही अनुरोध ।।

“लिन्न नोट रुपियाँ पनि लिन्न,
ओठ दागन मरे पनि दिन्न ।
गाल पर्छ यसले पछिबाट,
गर्न सक्तिन हजूर म आँट ।”

त्यो जवानी अघिको सकिएछ,
यो शरीर पनि झिर्न भएछ
तैपनि मन हुँदैछ जुरुङ्ग,
सम्झिदा युवककाल तरङ्ग ।।

भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x