सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘आलेख’को मैनाली विशेषाङ्क लोकार्पण

कथाकार गुरुप्रसाद मैनालीको १२२ औँ जन्म जयन्तीको अवसर पारेर भैरव स्मृति पुस्तकालय, गोकणर्ेश्वरद्वारा ‘आलेख’ साहित्यिक मासिकद्वारा प्रकाशित ‘गुरुप्रसाद मैनाली विशेषाङ्क लोकार्पण गरियो ।

Nepal Telecom ad

नेपाली आधुनिक कथाका सुत्राधार कथाकार गुरुप्रसाद मैनालीको १२२ औँ जन्म जयन्तीको अवसर पारेर भैरव स्मृति पुस्तकालय, गोकणर्ेश्वरद्वारा ‘आलेख’ साहित्यिक मासिकद्वारा प्रकाशित ‘गुरुप्रसाद मैनाली विशेषाङ्क लोकार्पण गरियो ।

लोकार्पण कार्यक्रम भैरव स्मृति पुस्तकालयका नवनिर्वाचित अध्यक्ष नियात्राकार पोष चापागाईंको सभापतित्व तथा सुपसिद्ध समालोचक तथा निबन्धकार गोपी मैनालीको प्रमुख आतिथ्यमा भाद्र २५ गते भैरव स्मृति पुस्तकालयको हलमा सम्पन्न भयो हो ।

कार्याक्रममा नेपाली साहित्यिक क्षेत्रमा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । विशेष अतिथिका रूपमा कार्यक्रममा पाल्नुभएका बरिष्ठ समालोचक प्रा.डा.कृष्णप्रसाद दाहालले गुरुप्रसाद मैनाली र उनको कृतित्वको बारेमा प्रष्ट्याउनुभएको थियो । वरिष्ठ गजलकार रामबहादुर पहाडीले गुरुप्रसाद मैनाली कथाकार मात्र नभई कुशल कवि पनि भएको र उनका कृतिहरू अझ रहेका र ओझेलमा परेकाले त्यसको उत्थानका लागि काम गर्नुपर्ने बताउनु भयो ।

समालोचक प्रमोद प्रधानले कुनै पनि स्रष्टाका बारेमा जान्नका लागि अध्ययन गर्नुपर्ने तर नेपालमा कुनै पनि पुस्तकालय र सङ्ग्राहलयमा त्यसको अवसर प्राप्त गर्ने पहुँच सबैमा नभएकोले गुनासो समेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै साहित्यिक व्यक्तित्व जय छाङ्छाले गुरुप्रसाद मैनाली कथाकार मात्र नभई नियात्राकार रहेको र उनले श्री ५ त्रिभुवनकी आमालाई तीर्थयात्रा गर्ने क्रममा नै यात्रा वणर्न लेख्न सुरु गरिसक्नु भएकोले उहाँलाई कथाले चिनाए पनि कुशल नियात्राकार रहेको र मैनालीका नियात्राहरूको उत्थान गर्नु जरुरी भएको बताउनुभयो ।

सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष श्री बाजुरामप्रसाद पौडेलले गुरुप्रसाद मैनालीको नामबाट विगत केही वर्षहरूदेखि प्रतिष्ठानले निजको नाममा अक्षय कोष स्थापना गरी आख्यानका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टाहरूको सम्मान तथा पुरस्कारको व्यवस्था गरेको जानकारी दिनुभएको थियो ।

कार्यक्रमको विशेष अतिथिमा रहनुभएका आलोचक पुष्कर लोहनीले गुरुप्रसाद मैनालीको कथा नासोलाई लिएर ठूलो चर्चा बनाइएको र निजको कथालाई समालोचकहरूले दुवै पक्षबाट तौलिन नखोजेकोले समालोचकले अन्याय गरेको आरोपसमेत लगाउनुभएको थियो । उहाँले कार्यक्रममा कुनै पनि स्रष्टाको एकल पक्षको मात्र वकालत गरेर समालोचकहरू महान् नहुने बताउनुभएको थियो भने सँगसँगै प्रतिपादित मनोवैज्ञानिक पक्षको धारमा रहेको साहित्यिक व्यक्तित्वहरूले पनि आधुनिक कथामा विशेष भूमिका खेलेकोमा उहाँहरूलाई ओझेलमा पारिएको बताउँदै ‘नासो’ कथालाई मनोवैज्ञानिक पक्षबाट विश्लेषण गरिनुपर्ने र कथाका पात्र लक्ष्मी र शुभद्राको छुट्टाछुट्टै मनोदशाको विश्लेषण हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै नेपाल साहित्यिक पत्रकार सङ्घका महासचिव तथा साहित्यकार चेतनाथ धमलाले नेपाली साहित्यमा कुनै अभिलेख राख्ने प्रथा नभएको र साहित्यिक व्यक्तित्वको पहिचानका लागि कुनै सरकारी निकायबाट सहयोग नपाइएको बताउनुभयो । गुरुप्रसाद मैनालीको बारेमा वरिष्ठ आख्यानकार नरेन्द्रराज पौडेल, साहित्यिक व्यक्तित्वहरू कलानिधि दाहाल, राधेश्याम लेकाली, डम्बर घिमिरे, युवराज मैनालीहरूले आफ्नो मत व्यक्त गर्नुभएको थियो भने कवि शरिभक्त सिग्देल, पत्रकार पि.खरेल, श्रीराम राई, विनोद दाहाल, लघुकाथाकार राधा कार्की, रमेश भट्टराई पुजारी, प्रमोद प्याकुरेल, महेशकुमार वाग्ले, दीपक दाहाल, कवि तारा गाउँले, समीर पाख्रिन, हास्यव्यङ्ग्यकार मुकुन्द आचार्य आदिको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा बोल्नु हुँदै प्रमुख अतिथि समालोचक तथा निबन्धकार गोपी मैनालीले सवै स्रष्टा सर्जकको कृति र योगदानको सम्मान गर्नुपर्ने र नेपाली साहित्यका कमजोर पक्षको सुधारात्मक कार्य अगाडि बढाउनु पर्ने साथै गुरुप्रसाद मैनालीजस्तै अनेकौ नवप्रतिभाको उत्थानका लागि यस भैरव पुस्तकालय लागिरहोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभएको थियो ।

‘आलेख’ साहित्यिक मासिकले यो जमघटको व्यवस्था मिलाएकोमा सम्पादक श्री अच्युत घिमिरेलाई धन्यवाद दिँदै सहित्यिक योगदानमा सवै लाग्नुपर्ने कुरामा जोड दिनुभयो । उक्त कार्यक्रममा गुरुप्रसाद मैनालीप्रति सम्पूर्ण व्यक्तित्वबाट श्रद्धाञ्जलीसमेत दिइएको थियो ।

०००
– बलराम अधिकारी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad