सुलसुलेसमिर नेपालका उपन्यास र यात्राकथा विमोचन
ओरिएन्टल प्रकाशनद्वारा प्रकाशित उपन्यास ‘वर्षका बिहानीहरू’ र यात्राकथा ‘नबिर्सने यात्रा’ साहित्यकारद्वय मेघराज शर्मा ‘मञ्जुल’ र एसपी कोइरालाले विमोचन गर्नुभयो ।

काठमाडौँ, ०८० असार २२ । स्रष्टा तथा सामाजिक अभियन्ता समीर नेपालका उपन्यास र यात्राकथा गरी दुई कृति आज विमोचित भएका छन् ।
ओरिएन्टल प्रकाशनद्वारा प्रकाशित उपन्यास ‘वर्षका बिहानीहरू’ र यात्राकथा ‘नबिर्सने यात्रा’ साहित्यकारद्वय मेघराज शर्मा ‘मञ्जुल’ र एसपी कोइरालाले विमोचन गर्नुभयो ।
कार्यक्रममा समीक्षक डा गीता त्रिपाठीले दुवै कृतिले उहाँको साहित्यिक व्यक्तित्व खुलाएको टिप्पणी गर्दै पछिल्लो समयमा नियात्रा विधा लोकप्रिय भएको सन्दर्भमा ‘नबिर्सने यात्रा’ को महत्व झन् बढेको बताउनु भयो ।
लामो समयदेखि सामाजिक तथा मानवअधिकारका क्षेत्र हुँदै हाल राजनीतिमा सक्रिय स्रष्टा नेपालले साहित्यिक वातावरण घरमै मिलेकाले आफूलाई लेख्न समस्या नभएको उहाँको भनाई छ ।
भोजपुरको पोखरेमा आजकै दिन जन्मिएर पठित परिवारमा हुर्किनु भएका समीरका दुई दाजु मञ्जुल र प्रदीप नेपाल साहित्यिक क्षेत्रमा स्थापित हुनुहुन्छ । दाजुहरू जस्तै समिर पनि लेखनमा रुची राख्नुहुन्छ ।
०००
Subscribe
Login
0 Comments
Oldest












































