साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हेटाैडामा सिस्नुपानी मकवानपुरकाे हास्यव्यङ्ग्य देउसी

हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता र सिस्नुपानी मकवानपुरको अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षता तथा संस्थापक अध्यक्ष तथा हास्यव्यङ्ग्यकार आरसी रिजालको विशिष्ट आतिथ्यता रहेको थियो ।

Nepal Telecom ad

मकवानपुर, ०८० कार्तिक २५ । सिस्नुपानी नेपाल मकवानपुरको आयोजनामा हास्यव्यङ्ग्य देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगरको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता र सिस्नुपानी मकवानपुरको अध्यक्ष राजकुमार लामिछानेको सभाध्यक्षता तथा संस्थापक अध्यक्ष तथा हास्यव्यङ्ग्यकार आरसी रिजालको विशिष्ट आतिथ्यता रहेको थियो ।

साहित्य सर्जक, गायकहरूको टोलीले राष्ट्रिय गान गाएर सुरू गरिएको कार्यक्रममा अध्यक्ष लामिछाने, संस्थापक अध्यक्ष रिजाल र हेटौंडा उपमहानगरपालिका प्रमुख लामाले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा उठेको रकम जाजरकोट तथा रूकुम भूकम्पपीडितहरूको लागि सहयोग गरिने संस्थाका अध्यक्ष लामिछानेले बताउनुभयो ।

कार्यक्रममा वाद्यवादन समूहमा आशाकाजी श्रेष्ठ, पूर्णविक्रम अधिकारी, तुलुक लामा र मनोज शाही रहनु भएको थियो ।
हास्यव्यङ्ग्यात्मक प्रस्तुतिहरूको क्रममा ओमभक्त भण्डारीबाट फिरि लाउँदै सुरू भएर महिला सर्जकहरू रजनी पौडेल, भावना सापकोटा, सबिता तिमल्सिना, निरा शर्मा, कृतिका लौडारी, भवानी तिमल्सिना र एलिजा पुडासैनीमार्फत् भैली गायन भयो ।

गायक कलाकार आशाकाजी श्रेष्ठ र सिस्नुपानी मकवानपुर तथा कलाकारहरूको टोलीबाट देउसी रे गीत प्रस्तुत गरिएको थियो भने अजर फुयालले ‘सिमापारी मनकारी छिमेकीको घर’ गीतलाई मदनकृष्ण श्रेष्ठको ‘खोला वारी खोला पारी’ लयमा प्यारोडी गर्नु भयो ।

देशको राजनीतिक अवस्थामाथिको व्यङ्ग्य छेडछाडअन्तर्गत भाँडभैलो कार्यक्रममा चिरञ्जीवी लामिछाने, डीबी बर्तौला, सुवास सजल, रजनी पौडेल, देव दुलाल, सानु खनाल, दीपक गौतमलगायत सर्जकहरूले विभिन्न भूमिका निभाउनुभयो ।

ओमभक्त भण्डारी तथा साथीहरूको खैँजडी भजनमार्फत् परम्परागत कला संरक्षणमा सिस्नुपानीले यो वर्ष पनि निरन्तरता दिएको छ ।

कार्यक्रमको आकर्षक केन्द्रको रूपमा प्रभास घिमिरेद्वारा प्रस्तुत हाउगुजी पुराण वाचन तथा व्यङ्ग्यमय भजन गायनमा दर्शकहरूले नाचेर रमाइलो गरेका छन् ।
कमलीकान्त भेटवालको ‘झम्के गुलेली’ र गोपाल योञ्जनको ‘फरियालाई भुइँमा लतारी’ लयको प्यारोडी गायन आशाकाजी श्रेष्ठ र प्रलय चौलागाईँले गर्नुभयो ।

यस्तै भीम निरौलाको ‘सन्डे मर्निङ लभ यू’ को प्यारोडी गीत ‘सन्डे संसद सुतिङ, मन्डे घ्वार घ्वार घुरिङ’ तथा सरोज गोपाल बज्राचार्यको ‘देउराली उकाली चढेर’ को प्यारोडी गीत ‘रेशम रिगल रामचन्द्र एउटै ड्याङका मुला रे’ लाई सागर तिमल्सिनाले गायन गर्नुभयो ।

रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रमलाई दीपज्योति थापाले सहजीकरण गर्नु भएको हो भने कार्यक्रमको अन्त्यमा सिस्नुपानी तथा कलाकार समूहको आशिष गीत प्रस्तुत गरियो ।

कार्यक्रममा प्यारोडी गायनका क्रममा मूल सर्जकको नाम उच्चारण, आसन ग्रहणको ज्यादा औपचारिकतालाई न्युनीकरण गरिएको थियो भने कार्यक्रम सञ्चालकबाट नै समापन गरिएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x