साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कर्मदा सिर्जना मञ्चकाे ३५ औँ प्रविधिमैत्री कविगोष्ठी

वरिष्ठ कवि भुवनहरि सिग्देलज्यूको प्रमुख आमन्त्रित्वमा सम्पन्न भएकाे छ । कार्यक्रमकाे विशिष्ट अतिथि डा. बमबहादुर थापा जिताली, समीक्षक कलानिधि दाहालकाे गरिमामय उपस्थिति थियो ।

Nepal Telecom ad

काठमाडाैं, २०८० चैत १५ । कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङको ३५ औँ प्रविधिमैत्री कविगोष्ठी अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता तथा वरिष्ठ कवि भुवनहरि सिग्देलज्यूको प्रमुख आमन्त्रित्वमा सम्पन्न भएकाे छ ।

कार्यक्रमकाे विशिष्ट अतिथि डा. बमबहादुर थापा जिताली, समीक्षक कलानिधि दाहालकाे गरिमामय उपस्थिति थियो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो ।

लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको साहित्यिक संस्थाले साहित्य, भाषा कला संस्कृतिको श्रीवृद्धिमा गहन योगदान पुऱ्याउँदै आइरहेको छ ।

कार्यक्रममा कविता छन्द, स्वच्छन्द , लोकछन्द, खोरिया, चारु, रोचक ढङ्गबाट प्रस्तुत गरिए । रचनाहरू राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका थिए ।

यस अवसरमा रचना वाचन गर्ने कविहरू भुवनहरि सिग्देल, कलानिधि दाहाल, डा. बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, गङ्गा लिगल, दुर्गाप्रसाद सिग्देल, हरिप्रसाद चौलागाईं, दुष्यन्त भट्टराईं, जनार्दन अधिकारी धड्कन, ललिता दोषी, जगदीश्वर पोखरेल, उत्तम भेटुवाल, लक्ष्मीप्रसाद मिश्र, शारदा कार्की, सुशील रिजाल, टेकबहादुर लौडारी, कल्पना भट्टराईं, सुधा बाँस्कोटा ढकाल, बिनुबाबा घिमिरे, सिर्जना खनाल, घनश्याम पौडेल, र सुरेशचन्द्र घिमिरे लगायतले सिर्जना वाचन गर्नु भएको थियो ।

प्रमुख आमन्त्रित भुवनहरि सिग्देलले कविता बाङ्गो हुनु पर्दछ, साहित्य सुन्दर फूल हो, कवितामा भाव हुनु पर्दछ । कविता समाजको दर्पण पिन हो भन्भनु भयाे । वाचन गरिएका रचनाले देशमा वर्तमानमा भईरहेका विषय बस्तुलाई बिम्ब बनाएकाे बताउँदै नेपाली साहित्यले देशलाई विश्वमा चिनाएको र वाचित रचनाले मन्त्र मुग्ध बनाएकाे छ भन्नु भएको थियो ।

उहाँले कर्मदाले देश विदेशका सर्जकलाई लमजुङको पाउँदीबजार पुऱ्यायो, कर्मदा, कर्मदा जस्तै अविरल बगिरहोस् भन्दै शुभकामना दिनु भयो ।

विशिष्ट अतिथि डा. बमबहादुर थापा जितालीले लमजुङले साहित्यमा गरेको योगदानको परिचर्चा गर्नुभएको थियो । समीक्षक कलानिधि दाहालले सुललित ढङ्गबाट एक एक गरी केलाएर समीक्षा गर्नु भएको थियो ।
उहाँले निर्भीक भएर वाचन गरिएका कविताको गुण दोष केलाउनु भएको थियो । उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदाको आर्थिक तथा साहित्यिक गतिविधि प्रस्तुत गर्नु भएको थियो ।

गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले स्रष्टाको गरिमायम उपस्थितिले कविगोष्ठी सफल बनाउनु हुने सम्पूर्ण स्रष्टालाई हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो ।
कविगोष्ठीको संयोजन पनि पोखरेलले नै गर्नु भएको थियो ।

०००
– पाेखरेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x