साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बागमती प्रदेशस्तरीय खुला कविता प्रतियोगितामा विजय तामाङ प्रथम

नगरपालिकाको सिटी हलमा संचालित कार्यक्रममा बागमती प्रदेशस्तरीय खुला कविता प्रतियोगितामा छनोट परेका पाँच उत्कृष्ट कविता वाचन गरी कविहरूलाई नगद र प्रमाणपत्र सहित सम्मान गरियो ।

Nepal Telecom ad

धादिङ, ०८१ जेठ २९ । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको बागमती प्रदेशस्तरीय खुला कविता प्रतियोगिता, पुरस्कार वितरण समारोह तथा सम्मान समर्पण कार्यक्रम नीलकण्ठ नगरपालिकाका नगर प्रमुख तथा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका संरक्षक भीमप्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

प्रतियोगितामा ‘दाजुलाई सन्देश’ शीर्षकको कविताका लागि थाक्रे धादिङका विजय तामाङले प्रथम पुरस्कार प्राप्त गरे भने ‘म नेपाल लेखूँ’ कविताका लागि लिखु नुवाकोटका उत्तमराज भेटुवाल द्वितीय र ‘पुर्पुराेमाहात’ शीर्षकको कविताका लागि ललितपुरका अजय रिसाल तृतीय पुरस्कार प्राप्त गरे ।

त्यसै गरी ‘नदी म’ शीर्षक कविताका लागि पञ्चकन्या, नुवाकोटका प्रदिप कोइराला र ‘खर्सानी बारी’ शीर्षकका लागि मरिण, सिन्धुलीका रुपक घलानले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रथम, द्वितीय र तृतीयको पुरस्कार रासी क्रमशः २० हजार, १५ हजार, १० हजार र सान्त्वना दुइ जनालाई ५/५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

नगरपालिकाको सिटी हलमा संचालित कार्यक्रममा बागमती प्रदेशस्तरीय खुला कविता प्रतियोगितामा छनोट परेका पाँच उत्कृष्ट कविता वाचन गरी कविहरूलाई नगद र प्रमाणपत्र सहित सम्मान गरियो ।

कविताको पहिलो चरणमा परीक्षण गरी पाँच उत्कृष्ट छनोट गर्न डा. डा.बलदेव शर्मा अधिकारीको संयोजकत्वमा प्रा. डा. लेखप्रसाद निरौला र प्रभा भट्टराई गरी तीन सदस्यीय मूल्याङ्कन समूह बनाइएको थियो भने वाचन परीक्षणमा डा. डा. बलदेव शर्मा अधिकारी र केशव दुवाडी हुनुहुन्थ्यो ।

प्रतिष्ठानले स्रष्टा सम्मान, पुरस्कार र प्रोत्साहन तथा अनुसन्धानवृत्ति कार्यविधि २०८० कार्यान्वयनमा समेत ल्याएको छ । भाषा र साहित्यमा योगदान दिनुहुने डा.बलदेव शर्मा अधिकारीलाई भैरवी प्रज्ञा सम्मान २०८१ र शंखादेवी ज्यामरुङ दरबार पञ्चेबाजा समूूहलाई संगीत र कलाका क्षेत्रमा पुर्‍याएको योगदानस्वरुप नीलकण्ठ प्रज्ञा सम्मान २०८१ र झिँगु नेवाः समाज धादिङलाई संस्कृति जगेर्ना गरेकोमा धादिङ प्रज्ञा सम्मान २०८१ प्रदान गरियो ।

कलश जात्रासहित र्‍यालीबाट सभाहल प्रवेश गरेको झिँगु नेवाः समाजलाई र शंखादेवी ज्यामरुङ दरबार पञ्चेबाजा समूूहले गेटमा स्वागत गरी कार्यक्रमस्थल बाजागाजासहित प्रवेश गरायो । झिँगु नेवाः समाजको नाच, धिमे बाजाका प्रस्तुति साथै शंखादेवी ज्यामरुङ दरबार पञ्चेबाजाको प्रस्तुतिले कार्यक्रमको रौनक निकै थपेको थियो ।

कार्यक्रमको अध्यक्षता नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहालले गर्नुभएको थियो । झिँगु नेवाः समाजका अध्यक्ष राजकुमार श्रेष्ठ, शंखादेवी ज्यामरुङ दरबार पञ्चेबाजाका अध्यक्ष रामबहादुर सुन्दासले आफ्ना संस्थाका बारेमा जानकारी राख्नुभएको कार्यक्रममा नगर प्रमुख भीमप्रसाद ढुंगाना, नगर उपप्रमुख दिपक विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले मन्तव्यसहित शुभकामना राख्नुभयो । डिभिजन बन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य, कवयित्री कल्पना अधिकारी लगायतले कविता वाचन गर्नुभयो ।

०००
– प्रकाश पौडेलद्वारा संंप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x