साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिन्दा पाण्डेको ‘भुइँमान्छे’ कृतिमाथि परिचर्चा कार्यक्रम सम्पन्न

नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी पार्टी निर्माणको सिलसिलामा भएका महत्वपूर्ण भेला तथा केन्द्रीय स्तरका भूमिगत बैठकहरूको आयोजना, ती आयोजनाहरूलाई सफल पार्न सहयोग प्रदान गर्ने भुइँ जनताको योगदान, भूमिकाका बारे स्थलगत अध्ययन गरि तयार गरिएको कृति हो भुइँमान्छे ।

Nepal Telecom ad

नुवाकाेट, २०८२ जेठ २ । बुद्धिजीवी परिषद नुवाकोटको आयोजनामा बिन्दा पाण्डेद्वारा लिखित ‘भुइँमान्छे’ कृतिमाथि चर्चा कार्यक्रम सम्पन्न भएको छ ।

नेपालको कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी पार्टी निर्माणको सिलसिलामा भएका महत्वपूर्ण भेला तथा केन्द्रीय स्तरका भूमिगत बैठकहरूको आयोजना, ती आयोजनाहरूलाई सफल पार्न सहयोग प्रदान गर्ने भुइँ जनताको योगदान, भूमिकाका बारे स्थलगत अध्ययन गरि तयार गरिएको कृति हो भुइँमान्छे ।

कम्युनिष्ट पार्टी २०४६ को आन्दोलनपछि क्रमशः आधारभूत जनताबाट बिछिन्न हुँदै गएको, नेता र नेतृत्व तह आफ्‌नै सुखसुविधा, पद र प्रतिष्ठा प्राप्तितिर मात्र केन्द्रित हुँदै गएको र आम जनताको जीवन दशा फेर्नु पर्ने कामलाई महत्व नदिइएको वर्तमान अवस्थामा यो कृतिले विगतको कष्टसाध्य दुख, योगदान, समर्पण र त्यागलाई स्मरण गर्न झकझक्याएको छ ।

उषाकिरण तिमल्सिनाले उपस्थित महानुभावहरूलाई स्वागत गर्दै कृतिलेखनको पृष्ठभूमि बताउनु भएपछि चर्चा कार्यक्रम आरम्भ गर्नुभएको थियो ।

श्याम रिमालले लेखिका बिन्दा पाण्डेको संक्षिप्त परिचय दिँदै यस कृतिमा नेकपाको स्थापनाको पृष्ठभूमि उल्लेख गर्दे २०१७ सालको राजनीतिक घटनापछि आन्दोलन तितरवितर भएको फुट र विभाजन भएको प्रसङ्गबाट कृति आरम्भ भएको बताउनु भयो । उहाँले भुइँमान्छे कृतिले भुइँ मान्छेहरूले बिर्सदै गएका कारण कम्युनिष्ट आन्दोलन क्रमशः कमजोर हुँदै गएको हो कि भन्ने आशङ्का व्यक्त गर्नु भएको थियो ।

कृतिमाथि चर्चा गर्दै अर्का वक्ता रामशरण प्याकुरेलले कर्णाली भेकका भुइँमान्छे समेत समेटिएको भए हुन्थ्यो भन्नु भयो । नुवाकोटमै पनि पञ्चायती कालखण्डमा पार्टी र आन्दोलनलाई सहयोग गर्नेहरू अर्थात भुइँमान्छेका कथा लेख्न यस कृतिले उत्प्रेरणा प्रदान गरोस्‌– प्याकुरेलको कथन थियो ।

प्राध्यापक संघका पूर्व अध्यक्ष रामेश्वर उपाध्यायले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै बिन्दाको यस कृतिले उहाँभित्र रहेको स्वाभिमान, संघर्ष र आन्दोलनप्रेमको प्रशंसा गर्नु भयो ।

कृतिकार बिन्दा पाण्डेले ‘भुइँमान्छे’ कृति लेखनको पृष्ठभूमि बताउँदै यिनै भूइमान्छे को अतुनीय योगदानका कारण नेपाली राजनीतिमा यति धेरै उलटफेर भयो तर भूइँमान्छेहरूलाई, उनीहरूको समस्या, दुख र छटपटीतितर्फ हाम्रो ध्यान किन गइरहेको छैन ? यही प्रश्नको उत्तर खोज्दै यो कृति लेखेकी हुँ भन्नु भयो ।

कृति रचना गरी आन्दाेलनका ओझेल परेका कैयाैं प्रसङ्गहरूलाई पुनर्स्मरण गराउनु भएकामा केशव पाण्डे, महेन्द्रबहादुर पाण्डे, कृतिकार विन्दा पाण्डेलाई बधाइ एवम् शुभकामना दिनु भएकाे थियाे ।

कार्यक्रको सहजीकरण बुद्धिजीवी परिषदका रामहरि रिमालले गर्नुभएको कार्यक्रममा महेन्द्रबहादुर पाण्डे, युवराज कार्की, सुरेश कार्की, नरनाथ लुइँटेल, नारायण खतिवडा, शिव मिश्र केशव पाण्डे, बुद्धि प्रधान, अम्विका पाण्डे, शरण उत्सुक, तारा रिमाल, गीता दाहाल, कमला पाण्डे, टलकमान श्रेष्ठ, बसन्त पाण्डे, नजरमान श्रेष्ठ लगायत नुवाकोटे बुद्धिजीवीहरूको घनिभूत उपस्थिति रहेको  थियो ।

यसअघि, जेठ १ गते धादिङको स्यादुलमा सम्पन्न अनौपचारिक कार्यक्रममा बिन्दा पाण्डे ‘भुइँमान्छे’ कृतिसहित पुग्नु भएको थियो । स्यादुल गाउँमा २०४४ सालमा तत्कालीन भूमिगत पार्टी नेकपा मालेको भूमिगत रूपमै केन्द्रीय बैठक सम्पन्न भएको थियो ।

नखु जेलबाट सुरूङ खनेर नजताका बीच पुगेका सङ्गीन वारेन्टेड समेत रहेका १ दर्जन नेताहरू दश दिनसम्म सुरक्षासाथ स्यादुलको बैठकमा सहभागी भएका थिए । उनीहरूको खानपान, सुरक्षा र समग्र आयोजनामा खटिएका २४ जना ‘भुइँमान्छेहरूलाई पुस्तक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा उक्त भूमिगत बैठकको आयोजनाको तत्कालीन व्यवस्थापनमा सङ्लग्न तथा सम्बद्ध युवराज कार्की, सुरेश कार्की र नरनाथ लुइँटेलले पुस्तकमा वर्णित प्रसङ्ग स्मरण गर्दा आफू भावुक भएको बताउनु भयो भने सम्पादन कार्यमा संलग्न होम भट्टराईले यस्तो ऐतिहासिक स्थलमा आइपुग्ने अवसर जुजुटेकामा गौरवानुभूति भएको बताउनु भयो ।

सञ्जीव पाण्डेले सहजीकरण गर्नुभएका स्यादुलमा भएकाे कार्यकममा रणबहादुर थापा, खडानन्द कँडेल, घनप्रसाद थपलिया, फडिन्द्र सिलवाल, तुलमाया आले, देवकृष्ण आले लगायतले हामी भुइँमान्छेलाई पनि सम्झेर हाम्रा नाम उल्लेख गरिएकोमा धन्यवाद दिनु भएको थियो भने सानुमाया सिलवाल र गीता कँडेलले त२०४४ सालकै सन्दर्भमा रचित गीत गाएका थिए ।

०००
– होम भट्टराई र रामहरि रिमालको सहयोगमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x