साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इडेनको स्याउ

तेलीहरूका गणेशजी अगाडि परे । जब ब्राह्मणहरूले यो कुरो थाहो पाए अनि त निकै रिसाए र भने, ‘तेलीहरूको गणेशको यत्रैसित । हाम्रा गणेश अगाडि जान्छन् ।’

Nepal Telecom ad

हरिशङ्कर पर्साईं :

व्यङ्ग्यानुवाद :: रमेश समर्थन

लाखौं वर्षपहिलेको कुरा हो । खुदाले (जसलाई ‘गड’ र ‘ईश्वर’ भनिन्छ) स्याउको बगैँचा लगाएका थिए । यसको नाम ‘इडन उद्यान’ थियो । इडन उद्यानमा स्याउको राम्रो उत्पादन हुन्थ्यो जसको बिक्रीबाट खुदालाई निकै आमदानी हुन्थ्यो । इडन उद्यानका सम्बन्धमा खुदाले अचम्मका कुराहरू फिँजाएका थिए जसका कारण यो बगैँचा रहस्यमय बनेको थियो । उनले हरेक स्याउको बोटमा एउटा डरलाग्दो सर्प बसेको छ भन्ने हल्ला फिँजाएका थिए । यसै हल्लाले गर्दा नजिकैको माध्यमिक विद्यालयका केटाहरू बगैचामा छिर्दैनथे र उनीहरूका शिक्षकले पनि स्याउ टिप्न लगाउन्नथे ।

एक वर्ष खै के भयो कुन्नि कि सबै उत्पादन नै खराब भयो । स्याउ फल्न त धेरै नै फले तर स्वादहीन र भित्रबाट कुहेका निस्के । खुदाले निकै कोसिस गरे तर त्यस्ता स्याउ किन्न कोही पनि तयार भएन । एक दुईजना ग्राहकले लगे पनि एक घण्टामै गुनासो गर्न आए । खुँदा निकै चिन्तित थिए । सबै खेती चौपट भयो । एक कौडी पनि आम्दानी भएन ।

एक दिन ‘इब’ खुदाकहाँ आइन् । ‘इब’ परम सुन्दरी नारी थिइन् । उनी बुद्धिमती पनि थिइन् । यस्तो त कमै हुन्छ । यिनी तिनै इब थिइन् जसले ‘इब्ज विकली’ नामक पत्रिका प्रकाशित गरेकी थिइन् जुन अझै पनि चलिरहेको छ । पूर्वमा यति प्राचीन पत्रिका त भगवान् शिवद्वारा स्थापित ‘शङ्कर्स विकली’ नै होला ।

पुरै इलाका इवमाथि मुग्ध थियो । उनलाई हेर्न भिड लाग्ने गथ्र्यो । इवले खुदासँग चिन्ताको कारण सोधिन् । खुदाले भने, ‘सबै खेती खराब भयो । यी स्याउ त कसैले सित्तैंमा पनि लैजान मान्दैन ।’
इबले भनिन्, ‘म तपाईंका सबै स्याउ बेचिदिन सक्छु ।’

खुदाले हाँसेर भने, ‘रूपको यतिसारो अभिमान पनि ठिक हुँदैन । यो त केही समयको सुन्दरता हो, क्षणभङ्गुर हो ।’
इबले भनिन्, ‘तपाईंको फिलोसोफीले काम चल्दैन । प्रश्न एक सातामा नै कुहिने यी स्याउलाई बेच्ने कसरी भन्ने पो हो । म यो चमत्कार गर्न सक्छु ।’

खुदाले भने, ‘हुन्छ, गर्न सक्छ्यौ भने गर ।’

इबले इउटा स्याउ टिपिन् । त्यो लिएर उनी फोटोग्राफरकहाँ गइन् । उनले हाँसेर स्याउ मुखमा राखिन् र फोटो खिँचाइन् । खुदाले त्यस फोटोको ब्लक बनाउन लगाए । इब अखबारको कार्यालयमा गइन् र एउटा विज्ञापन दिइन् जसमा हाँस्दै स्याउ खाइरहेकी इबको चित्र थियो र तल लेखिएको थियो :

‘सुन्दरी इब भन्छिन् – ‘म सधैँ नै इडन बगैँचाका स्याउ मात्र खान्छु । यी स्वादिष्ट र गुणकारी पनि हुन्छन् । यो खानाले मेरो त्वचा नरम र चम्किलो बन्छ ।’

अर्को दिन यो विज्ञापन अखबारमा पनि छापिन थाल्यो भने पोस्टर बनेर भित्तामा पनि टाँसिन थाल्यो ।
विज्ञापनको पहिलो सिकार आदम भयो । आदम पुरै इलाकाको ‘हिरो’ थियो । उसले इबका लागि ज्यानै दिन सक्थ्यो । ऊ इब भएको ठाउमा पुग्यो र सोध्यो, ‘के साँच्चै यी स्याउ राम्रा छन् त ? तिमीलाई राम्रा लाग्छन् ?’
इबले छड्ने आँखाले हेरेर भनिन्, ‘हो त , के म झुट्टा बोलें होला त ?’

आदमले भन्यो, ‘त्यसो हो भने म पनि खान्छु । आऊ, एउटा स्याउ किनौं र दुबैले खाऔँ ।’
आदमले एउटा स्याउ किन्यो र आधा इबलाई खुवाएर आधा आफूले खायो । यो कुरो चारैतिर फैलियो ।

विज्ञापनको प्रभाव पर्न थाल्यो । पुरुषहरू त त्यसै पनि इबको सिफारिस मान्न तत्पर थिए । महिलाहरूले जब यो विज्ञापन देखे तब पहिले डाहाडे बनेर ‘ए, छँडुलीले फोटो पनि छपाइछे !’ भने, फेरि आखिरी वाक्यमा दृष्टि पर्‍यो – ‘यो खानाले मेरो त्वचा नरम र चम्किलो बन्छ ।’ अनि त पतिलाई बोलाएर भने, ‘ए बुढा, सुन्नुभो ? अफिसबाट फर्किँदा एक सेर इडनका स्याउ ल्याउन नबिर्सनू ल !’

एक महिनापछि इब खुदालाई भेट्न पुगिन् र भनिन्, ‘खुदाबन्द, केही भन्नु छ ?’
खुदाले भने, ‘सबै बिके ।’

देवभक्ति

एउटा सहरको कुरो हो । सहरमा गणेशोत्सव धुमधामसँग मनाइन्छ । उत्सवको प्रथा कस्तो छ भने हरेक जातिका मानिसले आआफ्ना गणेशको स्थापना गर्छन् । यसरी ब्राह्मणका गणेश छुट्टै, अग्रवालका छुट्टै, तेलीहरूका छुट्टै, कुमालका छुट्टै हुन्छन् । पच्चिस तिस प्रकारको गणेशोत्सव हुन्छ अनि नौदश दिनसम्म खुब भजनकीर्तन, पूजास्तुति, आरती र गायनवादनादि हुन्छन् । आखिरी दिन गणेशविसर्जनका लागि जुन जुलुस निस्किन्छ त्यसमा सबैभन्दा अगाडि ब्राह्मणहरूका गणेशजी हुन्छन् ।

यस वर्ष ब्राह्मणहरूका गणेशजीको रथ उठाउन केही विलम्ब भयो । त्यसैले तेलीहरूका गणेशजी अगाडि परे ।
जब ब्राह्मणहरूले यो कुरो थाहो पाए अनि त निकै रिसाए र भने, ‘तेलीहरूको गणेशको यत्रैसित । हाम्रा गणेश अगाडि जान्छन् ।’

०००
(यी दुई लघुकथा परसाई रचनावली २ अन्तर्गत ‘ईडन के सेव’ र ‘देव भक्ति’बाट अनुवाद गरिएका हुन् । अनुवादक )

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
0
Would love your thoughts, please comment.x
()
x