इडेनको स्याउ
तेलीहरूका गणेशजी अगाडि परे । जब ब्राह्मणहरूले यो कुरो थाहो पाए अनि त निकै रिसाए र भने, ‘तेलीहरूको गणेशको यत्रैसित । हाम्रा गणेश अगाडि जान्छन् ।’
हरिशङ्कर पर्साईं :
व्यङ्ग्यानुवाद :: रमेश समर्थन
लाखौं वर्षपहिलेको कुरा हो । खुदाले (जसलाई ‘गड’ र ‘ईश्वर’ भनिन्छ) स्याउको बगैँचा लगाएका थिए । यसको नाम ‘इडन उद्यान’ थियो । इडन उद्यानमा स्याउको राम्रो उत्पादन हुन्थ्यो जसको बिक्रीबाट खुदालाई निकै आमदानी हुन्थ्यो । इडन उद्यानका सम्बन्धमा खुदाले अचम्मका कुराहरू फिँजाएका थिए जसका कारण यो बगैँचा रहस्यमय बनेको थियो । उनले हरेक स्याउको बोटमा एउटा डरलाग्दो सर्प बसेको छ भन्ने हल्ला फिँजाएका थिए । यसै हल्लाले गर्दा नजिकैको माध्यमिक विद्यालयका केटाहरू बगैचामा छिर्दैनथे र उनीहरूका शिक्षकले पनि स्याउ टिप्न लगाउन्नथे ।
एक वर्ष खै के भयो कुन्नि कि सबै उत्पादन नै खराब भयो । स्याउ फल्न त धेरै नै फले तर स्वादहीन र भित्रबाट कुहेका निस्के । खुदाले निकै कोसिस गरे तर त्यस्ता स्याउ किन्न कोही पनि तयार भएन । एक दुईजना ग्राहकले लगे पनि एक घण्टामै गुनासो गर्न आए । खुँदा निकै चिन्तित थिए । सबै खेती चौपट भयो । एक कौडी पनि आम्दानी भएन ।
एक दिन ‘इब’ खुदाकहाँ आइन् । ‘इब’ परम सुन्दरी नारी थिइन् । उनी बुद्धिमती पनि थिइन् । यस्तो त कमै हुन्छ । यिनी तिनै इब थिइन् जसले ‘इब्ज विकली’ नामक पत्रिका प्रकाशित गरेकी थिइन् जुन अझै पनि चलिरहेको छ । पूर्वमा यति प्राचीन पत्रिका त भगवान् शिवद्वारा स्थापित ‘शङ्कर्स विकली’ नै होला ।
पुरै इलाका इवमाथि मुग्ध थियो । उनलाई हेर्न भिड लाग्ने गथ्र्यो । इवले खुदासँग चिन्ताको कारण सोधिन् । खुदाले भने, ‘सबै खेती खराब भयो । यी स्याउ त कसैले सित्तैंमा पनि लैजान मान्दैन ।’
इबले भनिन्, ‘म तपाईंका सबै स्याउ बेचिदिन सक्छु ।’
खुदाले हाँसेर भने, ‘रूपको यतिसारो अभिमान पनि ठिक हुँदैन । यो त केही समयको सुन्दरता हो, क्षणभङ्गुर हो ।’
इबले भनिन्, ‘तपाईंको फिलोसोफीले काम चल्दैन । प्रश्न एक सातामा नै कुहिने यी स्याउलाई बेच्ने कसरी भन्ने पो हो । म यो चमत्कार गर्न सक्छु ।’
खुदाले भने, ‘हुन्छ, गर्न सक्छ्यौ भने गर ।’
इबले इउटा स्याउ टिपिन् । त्यो लिएर उनी फोटोग्राफरकहाँ गइन् । उनले हाँसेर स्याउ मुखमा राखिन् र फोटो खिँचाइन् । खुदाले त्यस फोटोको ब्लक बनाउन लगाए । इब अखबारको कार्यालयमा गइन् र एउटा विज्ञापन दिइन् जसमा हाँस्दै स्याउ खाइरहेकी इबको चित्र थियो र तल लेखिएको थियो :
‘सुन्दरी इब भन्छिन् – ‘म सधैँ नै इडन बगैँचाका स्याउ मात्र खान्छु । यी स्वादिष्ट र गुणकारी पनि हुन्छन् । यो खानाले मेरो त्वचा नरम र चम्किलो बन्छ ।’
अर्को दिन यो विज्ञापन अखबारमा पनि छापिन थाल्यो भने पोस्टर बनेर भित्तामा पनि टाँसिन थाल्यो ।
विज्ञापनको पहिलो सिकार आदम भयो । आदम पुरै इलाकाको ‘हिरो’ थियो । उसले इबका लागि ज्यानै दिन सक्थ्यो । ऊ इब भएको ठाउमा पुग्यो र सोध्यो, ‘के साँच्चै यी स्याउ राम्रा छन् त ? तिमीलाई राम्रा लाग्छन् ?’
इबले छड्ने आँखाले हेरेर भनिन्, ‘हो त , के म झुट्टा बोलें होला त ?’
आदमले भन्यो, ‘त्यसो हो भने म पनि खान्छु । आऊ, एउटा स्याउ किनौं र दुबैले खाऔँ ।’
आदमले एउटा स्याउ किन्यो र आधा इबलाई खुवाएर आधा आफूले खायो । यो कुरो चारैतिर फैलियो ।
विज्ञापनको प्रभाव पर्न थाल्यो । पुरुषहरू त त्यसै पनि इबको सिफारिस मान्न तत्पर थिए । महिलाहरूले जब यो विज्ञापन देखे तब पहिले डाहाडे बनेर ‘ए, छँडुलीले फोटो पनि छपाइछे !’ भने, फेरि आखिरी वाक्यमा दृष्टि पर्यो – ‘यो खानाले मेरो त्वचा नरम र चम्किलो बन्छ ।’ अनि त पतिलाई बोलाएर भने, ‘ए बुढा, सुन्नुभो ? अफिसबाट फर्किँदा एक सेर इडनका स्याउ ल्याउन नबिर्सनू ल !’
एक महिनापछि इब खुदालाई भेट्न पुगिन् र भनिन्, ‘खुदाबन्द, केही भन्नु छ ?’
खुदाले भने, ‘सबै बिके ।’
देवभक्ति
एउटा सहरको कुरो हो । सहरमा गणेशोत्सव धुमधामसँग मनाइन्छ । उत्सवको प्रथा कस्तो छ भने हरेक जातिका मानिसले आआफ्ना गणेशको स्थापना गर्छन् । यसरी ब्राह्मणका गणेश छुट्टै, अग्रवालका छुट्टै, तेलीहरूका छुट्टै, कुमालका छुट्टै हुन्छन् । पच्चिस तिस प्रकारको गणेशोत्सव हुन्छ अनि नौदश दिनसम्म खुब भजनकीर्तन, पूजास्तुति, आरती र गायनवादनादि हुन्छन् । आखिरी दिन गणेशविसर्जनका लागि जुन जुलुस निस्किन्छ त्यसमा सबैभन्दा अगाडि ब्राह्मणहरूका गणेशजी हुन्छन् ।
यस वर्ष ब्राह्मणहरूका गणेशजीको रथ उठाउन केही विलम्ब भयो । त्यसैले तेलीहरूका गणेशजी अगाडि परे ।
जब ब्राह्मणहरूले यो कुरो थाहो पाए अनि त निकै रिसाए र भने, ‘तेलीहरूको गणेशको यत्रैसित । हाम्रा गणेश अगाडि जान्छन् ।’
०००
(यी दुई लघुकथा परसाई रचनावली २ अन्तर्गत ‘ईडन के सेव’ र ‘देव भक्ति’बाट अनुवाद गरिएका हुन् । अनुवादक )
Subscribe
Login
0 Comments
Oldest