साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न घोडा न बोका

जमेको थियो हाट मान्छेहरूको थिए हेर्न मान्छे म खोजूँ अरू को कुनैको थियो टाउकामाथि फर्सी कुनै गोरुजस्तै थिए मस्त जर्सी ॥

Nepal Telecom ad

रमेश खकुरेल :

गएँ हेर्न यौटा मजाको तमासा
म गर्दैछु साथी त्यसैको खुलासा
भनूँ के गरी भन्नुझैँ भैरहेछ
नबोलूँ भने पेटमा कुत्कुती छ ॥१

नहाँसूँ भन्यो मौन बस्नै नसक्ने
यसो मुस्कुराएर कामै नचल्ने
खुली अट्टमा हट्ट हाँसो बगेछ
धुलो काउसो ली छरेझैँ भएछ ॥२

जमेको थियो हाट मान्छेहरूको
थिए हेर्न मान्छे म खोजूँ अरू को
कुनैको थियो टाउकामाथि फर्सी
कुनै गोरुजस्तै थिए मस्त जर्सी ॥३

मजाको कुरो ती सबै मिश्र देखेँ
कुनै पाँचखुट्टे कि झैँ चित्र देखेँ
भनूँ शब्द चाहिन्छ डोका कि डोका
परेवा न कौवा न घोडा न बोका ॥४

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x