साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्‌यौलीको परिचय

हाम्रो देश नेपालमा बुढ्‌यौली उमेर ६० वर्षबाट मात्र प्रारम्भ हुन्छ । विकसित मुलुकहरूमा वृद्धावस्थाको जनसङ्ख्याको व्याख्या विश्लेषणको आधारबिन्दु ६५ वर्षलाई मानिन्छ भने हाम्रो जस्तो विकासोन्मुख देशमा यो आधार ६० वर्ष गरिएको छ ।

Nepal Telecom ad

बुढ्याैली विषयका अभियन्ता चट्याङ मास्टरकाे सक्रियता र पहलकदमीले नेपालमा अहिले बुढ्याैली विषय कक्षा ११ काे पाठ्यक्रममा समावेश गरेर पठनपाठनकाे अभ्यास शुरू भएकाे छ । पाठ्यसामग्रीका रूपमा संयाेजित दुइवटा पुस्तक फित्काैलीमा प्राप्त भएका छन् । अस्मिता प्रकाशनबाट प्रकाशित यी पुस्तकका लेखक हुनुहुन्छ चट्याङ मास्टर, प्रकाश गाैतम, डा. बाबुराम अधिकारी, देवीप्रसाद घिमिरे र गीता भट्टराई ।  लेखकहरूकाे आग्रह र जेष्ठनागरिक प्रतिकाे दायित्वबाेध गर्दै  उक्त पुस्तका आधारभूत अंशहरू फित्काैली डटकमले  बुढ्याैली साहित्य काेलम अन्तर्गत क्रमश: प्रविष्ट गरिरहेकाे छ । सम्पादक

०००

बु‌ढ्याैली मानिसको उमेरगत अवस्था हो। यसलाई एउटा मानवीय प्रक्रियाको रूपमा हेर्ने गरिन्छ । यसलाई व्यापक अर्थमा विश्लेषण गर्दा, विश्वब्रह्माण्डमा अस्तित्वमा रहेका समस्त जीव जीवात्माहरूमा समयसँगै आउने परिवर्तन बुढ्‌यौली हो। समय परिवर्तनसँगै मानिसलगायत अन्य जीवजीवात्मा बोटबिरुवा क्रमशः हुर्कदै, बढ्दै, बुढिदै पुरानो हुँदै जान्छ। यसरी बुढिने, पुरानो हुने, प्रक्रिया प्राकृतिक नियम नै हो। जन्मपश्चात् मानिसले शिशु अवस्था, बाल्यावस्था, युवावस्था, किशोरावस्था, प्रौढ अवस्था पार गर्दै वृद्धावस्थामा प्रवेश गर्ने प्रक्रिया नै बुढ्‌यौली हो। यो अवस्थामा व्यक्तिमा शारीरिक तथा मानसिक परिवर्तनहरू देखा पर्दछन्। व्यक्तिको जीवनको उत्तरार्ध नै बुढ्यौली अवस्था हो।

प्रकृतिको नियम नै हो हो, बोटविरुवा बिस्तारै बुढो पुरानो हुँदै जान्छ, पशुपक्षीहरू पनि बुद्धिदै जान्छन् र मानिस पनि बुढो हुँदै रान्त। वृद्ध मानिसहरूको अध्ययन गर्ने शास्त्रलाई बुढ्यौली शिक्षा (Gerontology) भनिन्छ।

Gerontology शब्द अ‌ङ्ग्रेजीका दुई शब्द मिलेर बनेको देखिन्छ। Gero को अर्थ ज्येष्ठ Logos को अर्थ अध्ययन गर्नु भन्ने बुझिन्छ । बु‌द्यौली अवधारणा प्रस्ट पार्ने क्रममा आजभोलि बु‌ढ्याैली क्लब, बुढ्यौली चौतारीजस्ता शब्दहरू बुढ्यौलीपनको अध्ययनकै सिलसिलामा आएका शब्दहरू हुन् ।

बुढ्यौली तथा स्याहार शिक्षा
अल्वर्ट र केटल नामक अन्वेषकले सन् १९९४ मा बुढ्यौली प्रक्रियालाई बहुरूपी अवधारणाको रूपमा व्याख्या गरेका छन् । बु‌ढ्याैलीको अवधारणालाई निम्नअनुसार छुट्टाछुट्टै व्याख्या गर्नु उपयुक्त हुन्छ।

क. मनोवैज्ञानिक अवधारणा
बुढ्‌यौलीको सम्बन्ध कुनै पनि व्यक्तिको उमेरसँगै नभई उसको व्यवहार र मनोभावनासँग हुन्छ। कोही व्यक्ति ७०-७५ वर्ष पुग्दा पनि ऊ अत्यन्त सक्रिय छ, आफूलाई बुढो महसुस गर्दैन भने कुनै मानिस ५०-५५ वर्ष मै म त बुढो भैसके अब केही पनि गर्न सक्दिन भन्दै निराश बन्दछ। सक्रियता र मनोस्वभावका आधारमा बुढ्यौलीपन मापन गरिन्छ। व्यक्तिपिच्छे उसको मनोभावना फरक फरक हुन्छ ।

ख. जैविक अवधारणा
जब कुनै व्यक्तिमा जैविक परिवर्तन आउन थाल्छ तब उसमा बु‌ढ्याैलीका लक्षणहरू देखा पर्न थाल्दछन्। कपाल सेतो हुनु, दाँत झर्नु, छाला चाउरी पर्नु, मुटु फोक्सो मिर्गौला कमजोर हुनु, कान कम सुन्नु जस्ता लक्षणहरू व्यक्तिमा देखा पर्नु बुढ्यौलीपनका लक्षणहरू हुन् । बुढ्‌यौली सबै व्यक्तिहरूसँग एकै समयमा देखा पर्दैन । यो लक्षण कसैमा छिटो कसैमा ढिलो देखा पर्दछ ।

ग. समाजशास्त्रीय अवधारणा
कुनै पनि व्यक्तिले समाजमा खेल्ने भूमिका र समाजले त्यस व्यक्तिलाई हेर्ने दृष्टिकोणबाट पनि बुढ्‌यौलीपनको निर्धारण हुन्छ। व्यक्तिका उमेर, स्वभावअनुसार उसलाई विभिन्न भूमिका स्थापित गरिन्छ। बाटो हिँडदा बा, हजुरबा, हजुरआमाको सम्बोधन सुरू हुनु। ५० वर्ष मै कपाल फुल्नु, छाला चाउरी परेको देखेर ज्येष्ठ नागरिकको रूपमा हेर्नु। जागिरबाट अवकास हुने उमेर ५८- ६३ हुनुले पनि बुढ्यौलीपनलाई निर्धारण गरेको हुन्छ । बुढ्‌यौलीलाई आफ्नो समाजले स्थापित गरिदिएको भूमिकाका आधारमा व्याख्या गरिन्छ।

घ. समयसन्दर्भको आवधारणा
सामान्यतया उमेर ६० वर्ष वा ६५ वर्ष पुगे पछि बुढ्यौलीमा प्रवेश गरेको मानिन्छ। बुढ्‌यौलीको प्रारम्भबिन्दु ६० वर्ष वा अन्य कुनै कायम गर्ने भन्ने कुरा त्यस देशको सरकारले निर्धारण गर्दछ। हाम्रो देश नेपालमा बुढ्‌यौली उमेर ६० वर्षबाट मात्र प्रारम्भ हुन्छ । विकसित मुलुकहरूमा वृद्धावस्थाको जनसङ्ख्याको व्याख्या विश्लेषणको आधारबिन्दु ६५ वर्षलाई मानिन्छ भने हाम्रो जस्तो विकासोन्मुख देशमा यो आधार ६० वर्ष गरिएको छ ।

ङ. जनसङ्ख्याशास्त्रीय अवधारणा
यो अवधारणाअनुसार जनसङ्ख्याको कुनै औसत उमेर र मध्य उमेरमा क्रमशः वृद्धि हुँदै जाने प्रक्रियालाई बु‌ढ्याैली भनिन्छ। यसरी औसत उमेर गणना गर्दा मध्य उमेर गणना गरेर निस्केको अङ्क २० भन्दा कम निस्किएमा युवाअवस्थाको जनसङ्ख्या र मध्य उमेर गणना गरेर निस्केको अ‌ङ्क २९ भन्दा बढी आएमा बु‌ढ्याैली जनस‌ङ्ख्या भनिन्छ ।

नेपालमा ‘नेपाल ज्येष्ठ नागरिक ऐन (२०६३)’ का अनुसार ६० वर्ष र सोभन्दा माथिको उमेर समूहका जनसङ्ख्यालाई ज्येष्ठ नागरिक भनेर परिभाषित गरिएको छ। प्रारम्भिक वृद्धावस्था ६० देखि ७४ वर्षसम्म र उत्तरवृ‌द्धावस्था ७५ वर्षदेखि माथिको उमेर समूहलाई जनाउँछ ।

०००
बुढ्याैली तथा स्याहार शिक्षा (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कथुरी

कथुरी

आर.सी. रिजाल
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x