साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली साहित्य समाज सप्तरीको अधिवेशन

कवि मेघराज पौड्यालको अध्यक्षतामा बनेको समितिमा उपाध्यक्ष, सचिव, सहसचिव तथा कोषाध्यक्षमा क्रमशः मीना साह, मनोहर पोखरेल, शिवा अधिकारी तथा दुर्गा दाहाल रहेका छन् ।

Nepal Telecom ad

सप्तरी, २०८१ फागुन १५ । बुढ्यौली साहित्य समाज सप्तरीको भेलाले नयाँ कार्य समिति चयन गरेको छ ।

कवि मेघराज पौड्यालको अध्यक्षतामा बनेको समितिमा उपाध्यक्ष, सचिव, सहसचिव तथा कोषाध्यक्षमा क्रमशः मीना साह, मनोहर पोखरेल, शिवा अधिकारी तथा दुर्गा दाहाल रहेका छन् ।

यसै गरी सदस्यहरूमा गणेशबहादुर बस्नेत तथा रामकुमार चौधरी छनोट गरिएका छन् ।
सो कार्यक्रममा नन्दलाल आचार्य, राजकुमार लामिछाने, मीना साह, मेघराज पौड्याल, दुर्गा दहाललगायतले आआफ्ना रचना वाचन गरेका थिए ।

यसै गरी फणीन्द्र श्रेष्ठ, विश्वनाथ न्यौपाने, नागेन्द्र श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

डेफोडिल इङ्लिस स्कुल कञ्चनपुरमा भएको सो कार्यक्रममा यात्रा संस्मरणकार रमेशमोहन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो भने तीर्थ पोखरेलको सभाध्यक्षता रहेको थियो ।

०००
– रमेशमोहन अधिकारीको साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x