विश्वनाथ ढुङ्गेलआमा पियारी बसि काख खेल्दा
नाकका फुली तानि दिएकाे भुल्याै नि माया अमृत पिएकाे । थैली खाेतल्न झम्टि तन्के नि माया ममता जतिम फन्के नि।

विश्वनाथ ढुङ्गेल :
आमा पियारी बसि काख खेल्दा
बाबा पियाराे उठि साथ झेल्दा ।
ताेते बाेली हात समाई लिँदा
याे घर स्वर्गै तिमी हाँसि दिँदा ।
आमाकाे चाेली खाेल्न आउँथ्याै
काखमा न्यानाे माया पाउँथ्याै ।
ईष्ट र मित्र कति खुसी भाका
पवित्र प्याराे मन हेर्न आका ।
बाबाकाे खाेजि साँझ र बिहान
खल्तीकाे माया मिठाे त्याे मुस्कान ।
बामे सरेकाे हिजाे झैं लाग्थ्याे
कलिलाे ओेठले डाकेर जाग्थ्याे ।
आमा झुत्राे भै तिमी खुसी हुन्थ्याै
एक्कैछिन आमा नदेख्दा रुन्थ्याै ।
लड्छाै र गुड्छाै भन्ने डरमा
भाविकाे आशा तिम्रै भरमा ।
ताेते बाेलीमा मिठास थियाे
घरकाे स्वभाव बनाई दियाे ।
वल्लपाे घर जस्ताे भएकाे
प्यारा भवमा छनि मन गएकाे ।
निदान भयाे मनकाे घाउ
खुसी भएथें तिमी टेक्दा पाउ ।
दर्बिलाे मन खुसी सिमाना
बल्ल मिलेझै लाग्याे निशाना ।
गर्भकाे पीडा दुख भुलाई
कलिलाे हात समाई डुलाई ।
नैराश्य घट्दै उमङग बढेकाे
भुल्याै नि आज काँध चढेकाे ।
स्फुर्ति मेराे कति बल थियाे
दैवले आशा पूरा गरि दियाे ।
पग्लिन्थ्याे छाति आडमा बस्थ्याै
अङगालाे बेर्न घरभित्र पस्थ्याै ।
कति मन खुसी भएकाे मेराे
जितेझै लाग्थ्याे याे सेराे फेराे ।
घुटुक पारी दूध खान दिन्थें
खाएसि मात्र म जान दिन्थें ।
आफू नखाँदा पनि अघाउने
तिम्रा माेहित गाथा सघाउने ।
मेरा केशमा तिमीले समाउँदा
बिखुसी हुन्न तिमी रमाउँदा ।
बढ्दै हुर्कंदै जवानी फेर्दा
मन्द मुष्कान मलाई हेर्दा ।
खाना र नाना मैले तयारी
पार्दामा आमा भएँ पियारी।
लुगा र जुत्ता सधैं धुँदामा
म आँसु झार्थें तिमी रुँदामा ।
भुल्न नसक्ने यादका पल
मेराे मायामा थिएन छल ।
बिस्तारा भिज्दा तिमी राेएकाे
सम्झन्छु अहिले मिचि हात धाेएकाे ।
भुल्न सक्तिन तिम्रा वयन
बिरामी तिमी चिसाे मेराे नयन ।
लुटपुट गरि छातिभित्र टाँस्दा
कति प्याराे तिमी मुसुमुस हांस्दा ।
फाेहरकाे त्याे पदवी धाेएमा
दुईहात तान्थ्याै मैले छाेएमा ।
काेक्राे हल्दाउँदा तिमी रुन छाेड्ने
पियाराे आङमा टाँसि माया जाेड्ने।
रुन्थ्याै नि जाेडले चिसाे आएर
गर्थ्यैनि आराम तेते लाएर ।
पिर व्यथा मेरा सवै फाेएर
कति खुसि हुन्थे च्याँ च्याँ राेएर ।
चर्किन्थ्याे छाति तिमीलाई संझि
आशाकाे दियाे मन जान्थ्याे लम्कि।
पाखा र पर्वत न्याउली कराकाे
तिम्रै मायामा थिएँ हराकाे ।
नाकका फुली तानि दिएकाे
भुल्याै नि माया अमृत पिएकाे ।
थैली खाेतल्न झम्टि तन्के नि
माया ममता जतिम फन्के नि।
सुर्ता लिन्नथेँ दुख दिएकाे
ओेतकाे छहारी संझि लिएकाे ।
नबिर्स बाबु आमा याे झुम्री
देखि रहेछाै लठ्ठी टेक्ने कुप्री ।
बाबाकाे मुहार हेर कस्ताेभा छ
सुर्ता र चिन्ता बढि मनले पाछ ।
०००
२०८१.१२.०८।
सूर्यविनायक, बालकाेट ।
Subscribe
Login
0 Comments
Oldest







































