हेम अधिकारीभो जीवनी बन्जर (२३)
आँधीव्याध, अभावका कहरिला आँटी भरोसा थिए कामैमा वय बढ्दथ्यो हलहली ठेला पियारा भए ।

हेम अधिकारी :
बालैमा टुहुरा भएर बुकुरा स्वप्ना सबै रित्तिए
राम्रा पुत्र दुई दिएर विधिले कस्तो प्रहारै गरे
दाजै बाह्र म सातमा छुनुमुने खेल्दै र बढ्दै थियौँ
आमाबाबु दुवै गुमाउनु पर्यो बाला अनाथै भयौँ ।
आमाबाबु बिदा हुँदा म कलिलै अन्जानमै आत्तिएँ
आफ्ना दाजु रहे यहाँ अलि ठुला एक्लो सहारा भए
बालामात्र रह्यौँ जसै अब कसो गर्ने निशाना गयो
पढ्ने आश बुबामुमासँग गयो निष्पट्ट कालो भयो ।
गाई,खेत र घाँस काम घरका हाम्रा सहारा जुटे
कोदालो,हलगोरुका सँग हलो, दाँते,पटाहा,कुटे
बाख्राबस्तु र कामदाम घरमा यी पाठशाला भए
बढ्दो त्यो वयमा खटाइ दिनमा स्वप्ना हराए गए ।
बर्खाभेल,तुसारको कर सबै यै देहमा भर्दियो
कालो वादल गड्कँदो घनघटा कस्तो चट्याङ् पर्दियो
आँधीव्याध, अभावका कहरिला आँटी भरोसा थिए
कामैमा वय बढ्दथ्यो हलहली ठेला पियारा भए ।
खप्ता ती भुँवरी कुनैदिन कसै आशा कहाँ हुन्छ र !
पीडाले, दुःखले कडा हृदयमा हान्दा कहाँ छुन्छ र !
ऐले वृद्ध दुई छियाहृदयका यो जिन्दगी जर्जर
वैलाए सपना नि बालवयमै भो जीवनी बन्जर !
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest








































