साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो जीवनी बन्जर (२३)

आँधीव्याध, अभावका कहरिला आँटी भरोसा थिए कामैमा वय बढ्दथ्यो हलहली ठेला पियारा भए ।

Nepal Telecom ad

हेम अधिकारी :

बालैमा टुहुरा भएर बुकुरा स्वप्ना सबै रित्तिए
राम्रा पुत्र दुई दिएर विधिले कस्तो प्रहारै गरे
दाजै बाह्र म सातमा छुनुमुने खेल्दै र बढ्दै थियौँ
आमाबाबु दुवै गुमाउनु पर्‍यो बाला अनाथै भयौँ ।

आमाबाबु बिदा हुँदा म कलिलै अन्जानमै आत्तिएँ
आफ्ना दाजु रहे यहाँ अलि ठुला एक्लो सहारा भए
बालामात्र रह्यौँ जसै अब कसो गर्ने निशाना गयो
पढ्ने आश बुबामुमासँग गयो निष्पट्ट कालो भयो ।

गाई,खेत र घाँस काम घरका हाम्रा सहारा जुटे
कोदालो,हलगोरुका सँग हलो, दाँते,पटाहा,कुटे
बाख्राबस्तु र कामदाम घरमा यी पाठशाला भए
बढ्दो त्यो वयमा खटाइ दिनमा स्वप्ना हराए गए ।

बर्खाभेल,तुसारको कर सबै यै देहमा भर्दियो
कालो वादल गड्कँदो घनघटा कस्तो चट्याङ् पर्दियो
आँधीव्याध, अभावका कहरिला आँटी भरोसा थिए
कामैमा वय बढ्दथ्यो हलहली ठेला पियारा भए ।

खप्ता ती भुँवरी कुनैदिन कसै आशा कहाँ हुन्छ र !
पीडाले, दुःखले कडा हृदयमा हान्दा कहाँ छुन्छ र !
ऐले वृद्ध दुई छियाहृदयका यो जिन्दगी जर्जर
वैलाए सपना नि बालवयमै भो जीवनी बन्जर !

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
0
Would love your thoughts, please comment.x
()
x