साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा काव्यांश- ४९

भोको पेट बसेर सन्ततिहरू हाँस्दा खुसीमा रहे । मैले बैगुन गर्नुहुन्न नबुझे सम्मान मेरै गए ।। मेरा झन्झट धेर छन् श्रम गरी थाक्यो सधैँ सम्झिने । पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

मैले लेख्नुछ वृद्धका गुणकथा आफैँ उज्यालो छुन ।
मैले पोख्नुछ शिल्प यो भुवनमा आफैँ सुमान्छे हुन ।।
छर्दै सौरभ कर्मका डगरमा बल्ने दियालो बने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।३६।।

साठी वर्ष पुगेँ समाज घरमा मिल्छन् खुसी आदर ।
बाँडौँ सन्ततिका निमित्त हितका भन्दै खिपेँ जाँगर ।।
आए योग्यकला खुली मगजमा उल्लास जन्म्यो भने।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।३७।।

ऊर्जा हुन् कृत कर्मका डहरका पाका स्वयम् ईश्वर ।
मेरो रुग्ण विचार छल्दछ सधैँ ती ईश सार्दै पर ।।
चिन्ता,ताप,तनाव घट्दछ सधैँ हेरेँ खुसीले भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।३८।।

अग्ला भाव अनन्त दिव्य कृतमा सम्मान भर्ने गरूँ ।
रम्नेछन् नरकर्म पक्रन सके पस्केर हाँसो भरूँ ।।
राम्रा कर्मकला छरोस् हृदयले यो भाव राखेँ भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।३९।।

भोको पेट बसेर सन्ततिहरू हाँस्दा खुसीमा रहे ।
मैले बैगुन गर्नुहुन्न नबुझे सम्मान मेरै गए ।।
मेरा झन्झट धेर छन् श्रम गरी थाक्यो सधैँ सम्झिने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।४०।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x