साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवि युद्धप्रसाद मिश्र जन्मजयन्ती भव्य रूपमा मनाइयो

युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा उहाँको जन्मस्थल सिरुटारमा आयोजित कार्यक्रम अध्यक्षता संस्थाका अध्यक्ष फणीन्द्रराज निरौलाले गर्नुभयो भने प्रमुख आमन्त्रित वरिष्ठ प्रगतिशील लेखक जीवेन्द्रदेव गिरि हुनुहुन्थ्यो ।

Nepal Telecom ad

भक्तपुर, २०७९/९/२७ । गणतन्त्रका कवि युद्धप्रसाद मिश्रको ११६ औं जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

युद्ध प्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा उहाँको जन्मस्थल सिरुटारमा आयोजित कार्यक्रमको सञ्चालन कवि लेखप्रसाद निरौला, अध्यक्षता संस्थाका अध्यक्ष फणीन्द्रराज निरौलाले गर्नुभयो भने प्रमुख आमन्त्रित वरिष्ठ प्रगतिशील लेखक जीवेन्द्रदेव गिरि हुनुहुन्थ्यो ।

प्रा.डा कृष्णप्रसाद घिमिरे, माधव प्रधान, राममणि ढुङ्गेल, शान्ता मानवी, नाजीर मियाँ, भगवान पाण्डे, केदार थापा मगर, खोलाघरे साहिंलो, देवी दुलाल, मातृका पोख्रेल, वासुदेव अधिकारी, रेजिना आपगाईं, गोपालकुमार मैनाली, विनोद अधिकारी, डम्बर पहाडी, डा.यादेवी ढकाल, धरणीप्रसाद गौतम, मित्रा गौतम, नवराज गिरि, बलराम गिरि, महेश्वर मिश्र, एकू थापा, रवीन्द्रकुमार थापा, कमला मिश्र, वडाध्यक्ष सानुकाजी कायस्थ, देवी नेपाल, जयन्ता पोख्रेल, प्रतिभादेवी न्यौपाने, तुलसी सुब्बा आदि सय जनाभन्दा बढी साहित्यकारहरूको उपस्थितिमा सर्वप्रथम कवि मिश्रको प्रतिमा र तस्वीरमा माल्यार्पण गरेपछि सामुहिक राष्ट्रिय गान गाइएको थियोे ।

असारे भाकामा स्वागत गीत-बालचन्द्र मिश्रले गाउनुभयो । नेपाल प्रज्ञाप्रतिष्ठानद्वारा प्रकाशित कृति ‘युद्धप्रसाद मिश्रका प्रतिनिधि कविता’ को विमोचन गरियो र यसका सम्पादक वासुदेव अधिकारीले कृतिबारे छोटो मन्तव्य दिनुभयो । माधव प्रधानबाट ‘रक्तक्रान्तिको ज्वालामुखीमा’ युद्धप्रसादको रचना गायन भएपछि कवि मिश्रद्वारा रचित विभिन्न कविताहरू- मौनता न्यौपाने ( कक्षा ७)बाट ‘मलाई र आमालाई आँखै मात्र तर्छन्’, नारायण निरासीबाट ‘भोका र नाङ्गा उठ’, करुणा तामाङबाट ‘स्कूल जान्छु टम्टम्टम’, विकल खनालबाट ‘बढ्दै जाओ लड्दै जाओ’, रूपा ढुङ्गेलबाट- ‘हाम्रो भैंसी बुबु दिन्छ’, खेमराज निरौलाबाट स्वरचित ‘क्रान्तिका कवि’ (अनुष्टुप) मा, प्रतिमा कार्कीबाट युद्धप्रसादको ‘मनैमनले क ख भन्छु’,.अरूणा तामाङबाट-कविकै ‘स्कूल जाऊँ’, जयनारायण नेपालबाट- ‘कवि युद्धप्रसाद मिश्रको स्मृति’ स्वरचित, जनार्दन न्यौपानेबाट ‘कविवर युद्धको सम्झनामा’ शार्दूलविक्रीडित लयमा वाचन गरिए ।

डम्बर पहाडी (एलाक)ले- सिक्किमबाट प्राप्त उपहार ‘आहूती’ प्रतिष्ठानलाई र पूर्व प्रलेस अध्यक्ष जीवेन्द्रदेव गिरिलाई हस्तान्तरण गर्नुभयो र छोटो कविता र एलाक वाचन गर्नुभयो । डा.हेमनाथ पौडेल र शशिजङ्ग थापाले अत्यन्तै सटिक मन्तव्य दिनुभयो भने डा. देवी नेपालले छोटो महत्त्वपूर्ण मन्तव्यका साथ युद्धप्रसादको ‘मिर्मिरे भो उज्यालो’ वाचन गर्नुभयो ।

कवितावाचन गर्ने विद्यार्थीहरूमा बालसाहित्यका पुस्तक उपहार प्रदान गरिनुका साथै प्रमुख आमन्त्रित र सभानायकको मननीय मन्तव्यपछि ३.३० बजे सभा समापन भएको थियो ।

०००
– खोलाघरे साहिँलो

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x