साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कठै !

“गोपी ?” यो नामले उनलाई झस्कायो, प्रोफेसर जगमोहन आजादको मितवा, गोपी, सुकरात गुरुको चेलो, एक अराजक फेसबुके, उनले चिनेको ।

Nepal Telecom ad

मन्त्रालयको काममा दमक यात्रामा एक्लै निस्किन् प्राविधिक अफिसर कुमारी वाग्देवी खुशी, सधैं प्रशन्न र खुशी देखिने भएर उनलाई साथीहरूले “खुशी“ उपनाम दिए । जीवनमा अनेक आरोह अवरोह देखेकी खुशी शुक्रबार साइत गरेर निस्केकी । साहित्यमा पनि विशेष रुचि भएकाले झोलामा “तेल भिसा र प्रश्न“ बोकिन् । उनी शिक्षा विभागकि हाकिम । दमकमा घामभन्दा पहिले पुग्ने योजना, एक सहेली,लेखक, उनको प्रतीक्षामा,उनी पनि सरस्वतीपुत्री,गोपीकी अनुजा ! “गोपी ?” यो नामले उनलाई झस्कायो, प्रोफेसर जगमोहन आजादको मितवा, गोपी, सुकरात गुरुको चेलो, एक अराजक फेसबुके, उनले चिनेको ।

बसमा समायोजन भएपछि यसो यता उता हेरिन्, अपरिचित अनुहारहरू, उनको मनको गोदावरी फुलेन, मनभित्र उज्यालो कणर्ाली खोज्ने प्रयत्न गरिन् ! “कति राम्रो नियात्रा रहेछ हौ, हलेसी महादेवको दर्शन गर्न जान त मलाई पनि मन लाग्यो । गज्जब लेखाइ, काव्यिक !” खुशीको कानमा यी शब्दहरू मह बनेर छिरे । तीन युवतीहरू थिए । उनको मन मानेन । “बैनीहरूसित परिचय गर्न मन लाग्यो !” उनी नै अघि सरिन् । पुलुक्क हेरे तीनजनाले नै, “अरे, युरेका, दिदी, खुशी, हाम्री नयाँ नियात्राकार, जून अस्ताएपछि, होइन र ?”
“लौ हेर,बैनीहरूले मलाई कसरी चिन्नुभयो ?”

“दिदी, हामी अन्जना, सिर्जना र साधना, हाम्रो घर कुमरोज, हामी सबै गोपी सरको चेली, प्रोफेसर गोपीनारायण बिद्रोही, हाम्रो गुरु, उहाँले भनेर हामीले दिदीको किताब किनेको नि, गोपी सरले क्या तारिफ गर्नुभयो, भोलिको ताप र कम्प अग्निस्पर्श, महेशपुत्री, एक साहित्यिक विम्व, प्रतीक रे हजुर, छन्दिका पनि रे ! आज रमाइलो हुने भो ! धन्य हुन् हाम्रा पितासमान गुरुदेव गोपीज्यू !”

गफ गर्दै सौराहा चोकसम्म सहयात्री भए तीन कुमारी ! त्यसपछि खुशीको मनमा अनेक कुरा खेले, “कठै !!” उनको मनले भन्यो । “गोपी दाजी, खै, के के भयो । जे जे भयो भयो । मान्छे कसरी चिन्ने ? एक दिन भेटेर गफ गर्ने !”

मनभरि तीन कुमारीहरू र गोपी दाजी बोकेर खुशी बसमा भुसुक्क, घामभन्दा पहिले पुगिन् दमक ! सहेली खगेन्द्रकुमारी शर्मा उनको प्रतीक्षामा ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x