साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दान

“पाखण्डी, ढोंगी लेखक .... पाँच रुपैयाँ दान दिएर आफूलाई भुइँमान्छेको वकालत गर्ने देवदूत ठान्छ ।”

Nepal Telecom ad

उनी प्रखर साहित्यकार थिए । उनको आर्थिक अवश्था सबल थियो । उनका लेख सिर्जनाले तहल्का मच्चाएका थिए । उनी भुइँ मान्छेका मार्मिक जीवन उधिन्न खप्पिस थिए । उनका सिर्जनाले राष्ट्रिय भूगोल छिचोलेर अन्तर्राष्ट्रिय क्षेत्रमै धाक जमाउँदै थिए ।

एकदिन उनको घरको गेटमा एक बृद्धअवस्थाको भीखारी हात जोडेर केही मागिरहेको थियो ।
साहित्यकार सिर्जनामा तल्लीन थिए ।

“म भोकै छु मालिक, मलाई केही दान दिनु न …।”
माग्नेको यो कारुणिक आवाजले लेखकको ध्यान खिच्यो ।
लेख्दालेख्देैको कलम हातमा लिएरै भिखारीलाई दिन लेखकले सर्टको गोजीबाट पैसा निकाले ।
भिखारीले ट्वाल्ल परेर साहित्यकारको अनुहार नियाल्यो र भन्यो-
“म सित्तैमा भीखमाग्ने भिखारी हुँइन । गरीब र समानताको विषयमा प्रखर रुपमा कलम चलाउने लेखकको व्यवहार बुझ्नुथियो, बुझेँ । म तिम्रो सिर्जनाको एक पाठक हुँ । मैले स्नातक गरेको चार दसक भयो । तिम्रो देखावटी साहित्य तिमीलाई नै उपहार भो । म गएँ…।”

लेखकले माग्नेको आकृति पर क्षितिजमा नडुबेसम्म एकटक हेरिरहे ।
माग्ने मनमनै भुत्भुताउँदै थियो- “पाखण्डी, ढोंगी लेखक …. पाँच रुपैयाँ दान दिएर आफूलाई भुइँमान्छेको वकालत गर्ने देवदूत ठान्छ ।”

दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिहानको चमक

चिहानको चमक

बाबुराम न्यौपाने ‘उत्स’
चार थान ठोक्त्तक

चार थान ठोक्त्तक

बाबुराम न्यौपाने ‘उत्स’
थप्पडको गुन्जन

थप्पडको गुन्जन

बाबुराम न्यौपाने ‘उत्स’
खिचडी

खिचडी

बाबुराम न्यौपाने ‘उत्स’
खान्दानी मान्छे

खान्दानी मान्छे

बाबुराम न्यौपाने ‘उत्स’
प्रतिक्रिया

प्रतिक्रिया

बाबुराम न्यौपाने ‘उत्स’
सिल्किनेहरूको नाउँमा

सिल्किनेहरूको नाउँमा

शिवप्रसाद जैशी
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
0
Would love your thoughts, please comment.x
()
x