साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेलु र भेलु प्रवृति

त्यसैले यो राजनैतिक भेलु उत्पादनको कारखानाको पुनर्संरचना अपरिहार्य भैसकेको छ ।

Nepal Telecom ad

प्युठानका मीनबहादुर मगर हिजोआज भेलु बाजे भनेर भाइरल भएका छन् । भेलु भाइरल हुनु पूर्व प्युठानको उनको गाउँघरमा मात्रै सीमित थिए । यी बुढा अलि पियक्कड़ र अलि रसरमाइलो गर्ने खालका रहेछन् । यिनको थेगो माँ टोक्ने प्रख्यात रहेछ । उनको यस्तै बोल्ने शब्द प्रख्याति थाहा पाएर टेलिसिरियल बनाउने कोहीले उनलाई उनको गाउँबाट काठमाडौं ल्याएर सिरियलकी पात्र खुइलीसँग संगत गराएछन् । खुइली भेटेर भेलु बुढा त्यसै मख्ख । यता सिरियलका कलाकार पनि भेलु प्रयोग गरेर आफ्नो टीआरपी ह्वात्तै बढ्ने कुराले मख्ख । दिनदिनै भेलु खुइलीको प्रेममा भिजेछन् घर प्युठान जानै मन गर्न छोडेछन् । फकाईफुल्याई खुइलीहरू आफै गएर भेलुलाई गाउँ छोडेर आए पनि भेलु फेरि टुप्लुक्क काठमाडौ आइपुगिहाल्दा रहेछन् ।

अलि पछि भेलु बुढा भाइरल भएपछि यिनलाई जसले पनि प्रयोग गर्न थाले । “थुक्क मा‘टोक्ने कत्तो हो” “बिल्कुल बिल्कुल” “ए पख्नुस् त”, “भनेर हामीले अनुरोध गरेको” जस्ता शब्दको पछाडि जो कोही पनि टिकटक बनाउन थाल्नेदेखि बुम बोकेर युट्युबरहरू भेलुको अन्तरवार्ता लिन व्यस्त हुन थाले । अब त भेलुलाई आफ्नी बिरामी रोगी बुढी मन पर्न छोडिसकी । उसलाई सहरकी नक्कली मैयाहरू हेरेर रुमालले र्याल पुस्न नै रमाइलो लाग्न थाल्यो । घर परिवारको कुनै मतलव हुन छोड्यो ।

तेस्तै, हाम्रो देशमा अचेल राजनीतिक भेलुहरू पनि प्रसस्तै छन् । गाउँमा गाउँले लवाई खुवाई रहनसहन भएका ए,बि,स बहादुरहरू एक्कासी राजनीतिमा होमिएर जनतालाई आफ्ना बिभिन्न खाले स्वप्निल थेगो सुनाएर भाईरल भएपछि केन्द्रीय भेलुध्यक्षबाट टिकट लिई चुनाब जितेर काठमाण्डौ आईपुगेका भेलुहरू यहाँको खानपिन रहनसहनमा भिज्दैगए पछि गाउँ र गाउँमा भएका आफ्ना परिवार मन पराउन छोडेका छन् ।

यि भेलुहरूहरू कोही सहरको सिंगारपटारमा सजिएकी कार्यालयका कामदारसँग तथा कोही बिभिन्न रोधीतिरका नर्तकीहरूसँग मख्ख परेर “ए पख त” भनेर भन्दा नपर्खिएपछि “थुक्क मा‘टोक्ने” भन्दै रिसले चुर हुने गरेका छन् । मन्त्रालयको मुख्य कुर्सीसँगको मोहमा लट्ठ परेर खुइलीसँग भेलु बुढा लठारिंदै जिस्किए झैं कुर्सी पाउन जहिँतहिँ लठारिंदै जिस्किरहन्छन् ।

कुनै भेलु आफ्नो पदीय मर्यादा भुलेर टाडा रहेकोलाई मोबाइल मार्फत त कुनै आफैले नियुक्त गरेको मान्छेलाई उठाइदिनेदेखि सुताई दिनेसम्मको धम्की र जाँड खाने, चिनी खाने र मुख्य जिम्मेवार तँ मुख्य जिम्मेवारले के गर्छस् ? के नाप्छस् भन्दै कुस्ति खेल्न समेत पछि पर्दैनन् ।

यी राजनीतिक भेलुहरूलाई यिनको भाइरल स्वभावको उपयोग गर्न र सो बापत राजनैतिक उद्देस्य पूर्ति गर्न बेलाबखत बैदेशिक यात्रामा निम्तो आउने गर्छ । निम्तो आउन पाएको हुन्न कतिखेर उडुँ भनेर खुट्टो उचालेर बस्छन् । यिनीहरूलाई समय पर्खिनु अति गाह्रो पर्छ । जब बिदेश जान्छन्, त्यहाँको रसरमाइलो र जल्दोबल्दो कुराहरू देखेर आफ्नो देशको समस्या र जनताको पीडा भुलेर स्कच र हुस्कीको चुस्की लगाउँदै चुस्कीको रन्कोमा देश हितको बिपरित सहमति तथा सम्झौताहरूमा ल्याप्चे लगाएर आउँछन् । आफूले देशको लागि के के न गरें भनेर निच्च दाँत देखाएर बिदेशीसँग फोटो खिचाएर दंग पर्छन् । जब वास्तविकता बाहिरिन्छ, यस्ता भेलुहरू मीनबहादुर मगर प्युठान पुग्दा बोका देखेर तर्से जसरी तर्सिन्छन् ।

उट्पट्याङको पछि लाग्ने मीनबहादुर मगरले आफू प्रयोग भएको र प्रयोगकर्ता आफ्नो कारण मालामाल भएको थाहा नपाउनु र राजनैतिक भेलुहरूको प्रयोगले अर्को कुनैले उसको राजनैतिक स्वार्थ पुर्ति गरेको थाहा नपाउनु उस्तै हो । त्यसैले यो राजनैतिक भेलु उत्पादनको कारखानाको पुनर्संरचना अपरिहार्य भैसकेको छ ।

मितिः- २०७९/०३/०६
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषण गर्न सिक्नुस् !

भाषण गर्न सिक्नुस् !

हरिशंकर परसाईं
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x