साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुराको बिट

’ वर्ष दिनको लागि सानएन्टिनो त्यागौँला । नेपाल बसेर सन्तान जन्माई बाल्यसंस्कार गरेर यहाँ फर्कौँला ।’

Nepal Telecom ad

‘भो, यसो नगर्नुस् । हामी दुई नै पर्याप्त छौँ । तीन, चारको आवश्यकता छैन ।’ मध्यरातको पत्नी अस्वीकृतिलाई पतिले अनौठो मान्यो । झटपट प्रश्न गरिहाल्यो; ‘आखिर किन ?’

पत्नीले उत्तर दिन ढिलो गरिन् । धन कमाउँदा र सुखको माहोल बनाउँदा पनि पत्नी असन्तोषले उसको मनमा आशंकाको बादल लाग्यो । शङ्काको नजरले हेर्ने परपुरुष त्यहाँ कोही थिएन । भएका सबै अन्य भाषी थिए । आफू अर्काको भाषा पनि नजान्ने र अरू आफ्नो नजान्ने भए पछि शङ्काको ठाउँ नै रहेन ।

’सन्तान होलान् भन्ने डरले ।’ बल्ल पत्नीले मुख खोलिन् ।

’वैधानिक दम्पतीका वैधानिक सन्तान हुनु सामाजिक नियम हो ।’ पतिको स्वभाविक प्रतिक्रया थियो ।

’यो माटो हाम्रो हैन । यहाँका हर चिज नौलो परिवेशका छन् । यहाँ नेपाली सांस्कृतिक संस्कार गर्न पाइन्न । चाहेर पनि अनुकूल हुन्न ।’
पत्नीको मन बुझेर पति गम खान थाल्यो । त्यही मौकामा कुराको बिट मार्दै उनले थपिन्; ’ वर्ष दिनको लागि सानएन्टिनो त्यागौँला । नेपाल बसेर सन्तान जन्माई बाल्यसंस्कार गरेर यहाँ फर्कौँला ।’

सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
समकालीन योगको ‘आसन’ र पेटको ‘भाषण’

समकालीन योगको ‘आसन’ र...

नन्दलाल आचार्य
तर्सिङहोम (१)

तर्सिङहोम (१)

कृष्ण प्रधान
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
मानिस नै भन्नु पर्छ !

मानिस नै भन्नु पर्छ...

शिवप्रसाद जैशी
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x