नन्दलाल आचार्यकुराको बिट
’ वर्ष दिनको लागि सानएन्टिनो त्यागौँला । नेपाल बसेर सन्तान जन्माई बाल्यसंस्कार गरेर यहाँ फर्कौँला ।’

‘भो, यसो नगर्नुस् । हामी दुई नै पर्याप्त छौँ । तीन, चारको आवश्यकता छैन ।’ मध्यरातको पत्नी अस्वीकृतिलाई पतिले अनौठो मान्यो । झटपट प्रश्न गरिहाल्यो; ‘आखिर किन ?’
पत्नीले उत्तर दिन ढिलो गरिन् । धन कमाउँदा र सुखको माहोल बनाउँदा पनि पत्नी असन्तोषले उसको मनमा आशंकाको बादल लाग्यो । शङ्काको नजरले हेर्ने परपुरुष त्यहाँ कोही थिएन । भएका सबै अन्य भाषी थिए । आफू अर्काको भाषा पनि नजान्ने र अरू आफ्नो नजान्ने भए पछि शङ्काको ठाउँ नै रहेन ।
’सन्तान होलान् भन्ने डरले ।’ बल्ल पत्नीले मुख खोलिन् ।
’वैधानिक दम्पतीका वैधानिक सन्तान हुनु सामाजिक नियम हो ।’ पतिको स्वभाविक प्रतिक्रया थियो ।
’यो माटो हाम्रो हैन । यहाँका हर चिज नौलो परिवेशका छन् । यहाँ नेपाली सांस्कृतिक संस्कार गर्न पाइन्न । चाहेर पनि अनुकूल हुन्न ।’
पत्नीको मन बुझेर पति गम खान थाल्यो । त्यही मौकामा कुराको बिट मार्दै उनले थपिन्; ’ वर्ष दिनको लागि सानएन्टिनो त्यागौँला । नेपाल बसेर सन्तान जन्माई बाल्यसंस्कार गरेर यहाँ फर्कौँला ।’
सिद्धार्थटोल, उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest








































