साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घरवालीको कविता

मैले त दिउँसै तारैतारा देखें, आफू बिग्रिएको कि परिवार बिग्रिएको सारा देखें । र, कसैले नदेख्ने गरी एउटा कविता लेखें । आफैँले गाएँ, आफैँले खाएँ ।

Nepal Telecom ad

नारी दिवस त थिएन शायद गारी (गाली) दिवस थियो । घरबाली कविता कोर्दै थिइन्-
उस्तै हुन्छन् सबै पुरुष
रगत चुस्ने जस्तै पुरुष

घरबालीलाई फकाउनलाई मैले पनि मुखैले आसुकवि बन्दै सुनाएँ-
मेरो जीवनमा तिमी आधा
म कृष्ण तिमी चैँ राधा ।
-अ‍ैले उता जानू भन्या । कस्तो संयोग जुर्‍या छ, मिठो कविता फुर्‍या छ ।

मेरो लागि मौका यही हो । आफूलाई कृष्ण भनेपछि कुनै गोपिनीलाई फोन गर्नुपर्‍यो । घरबालीबाट ओझेल पर्दै बाहरबालीलाई फोन लगाएँ । फोनमै दर्शन दिइन्, म धन्य भएँ । तर जिस्किने मुडमा थिएँ अलिकति आसुकवित्व देखाउँदै बोलें-

म त अब लिन्छु सन्न्यास ।
– तब त पार्छु सत्यानाश ।
– म देश सेवा गर्छु ।

उताबाट पूरा आसुकवि भएर बाहरबालीले अनुप्रास मिलाउँदै भनिन्- उसो भए म लिपिस्टिक पाउडरले फेस सेवा गर्छु । सुगन्धित तेलले केश सेवा गर्छु । छिमेकीको मुख रसाउने गरी मेस सेवा गर्छु । टोलछिमेकको आँखामा आक्रमण गर्ने गरी शृङ्गार गरी आफ्नो भेष सेवा गर्छु ।

म त ट्वाँ परें । घरबालीलाई कविता फुरेको, बाहरबालीलाई रमिता फुरेको । बाहरवालीले कपालमा लगाएको तेलको बासना मोबाइलबाट मेरो नाकसम्म आइरहेको थियो । म आनन्दित भइरहेको थिएँ । त्यसैबेला घरबाली छेउमा आएर भनिन्-
पहिले हुन्थ्यो पतिसित सती जात्रा
अ‍ैले हुन्छ खाइजात्रा र भाइजात्रा
बस्नु छ भने घरमा मिलाउनू मात्रा
हैन भने छ जताततै खतरैखतरा ।
मैले त दिउँसै तारैतारा देखें, आफू बिग्रिएको कि परिवार बिग्रिएको सारा देखें । र, कसैले नदेख्ने गरी एउटा कविता लेखें । आफैँले गाएँ, आफैँले खाएँ ।

निष्कर्ष थियो- आज मैले बाउको बिहे देख्ने भएँ ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x