साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उप्कुल्पतिको पदमा निवेदन

मैले फेरि कुरामा रमाइलो होस् भनेर थपेँ- “हैन बा कुल्पतिलाई ता किताबका साथ पाटीको टिकिस पनि चाहिने कुरा सुन्या थिएँ ।”

Nepal Telecom ad

उज्यालो उज्यालै थियो हस्याङ्फस्याङ् गर्दै ठेडी बा लौरो टेक्तै आइपुगे । बा कान नसुन्ने भएर कानमा ठेडी ठोक्ने हुनाले सुन्नका लागि कानमा ध्वनियन्त्र लगाउँछन् । यसैले हामी उनलाई ठेडी बा भन्छौँ । मैले नमस्कार पहिले गरुँला भनेर परैबाट हात जोडेर आउँछन् ठेडी बा । आज पनि त्यसै गरेर आए । अनि हकारेझैँ गरेर भने- “खबर सुन्यौ सर ?”
“सुनिनँ त बा !”
“लु गरिखानेलक्षण देखिनँ है मैले । उहाँ अस्तिदेखि नै खाली भइसकेको रैछ । यस्तो चानस कहिले आउँछ ?”
“मैले कुरा बुझिनँ न बा !”

“कुरा बुझ्ने भए ता पहिलेकै पालामा भइहाल्थ्यौ नि । ह्वाँ कुल्पतिको पद रित्तो भइसकेछ । तिमी यहाँ के भद्रो हेरेर बसेका ! कि निवेदन पेसिसक्यौ ? यसबाजि कुल्पति नभए पनि उप्कुल्पति हुनै पर्छ । मेरो पनि छोरो सिडियो काज्र्यालयमा सिक्सन अफिसर छ उसको पनि सोस लाउनु पर्छ । उसकी जोई यसो थाङ्का साङ्का डाली फैजलहरू केकेजाति लेख्छे । गजल लेखेर ता नाम कमाइसकेकै छे । फेसबुकाँ खुब लाइक पाउँछे अरे । त्यसलाई पनि हुल्नुपर्छ । सके तिमीले त्यसलाई सिक्रीटेरी बनाउनु । तपाइँले जसरी पनि योबाजि कुनै पदमा बस्ने हो । छिटो निवेदन हाल ।”

“निबेदन हालेर कहाँ हुन्छ र बा ! पुस्तक मागेर मूल्याङ्कन पो गर्छन् अरे त बा कुल्पति हुनलाई त । कसको गतिलो पुस्तक छ उसलाई पो दिन्छन् अरे ।” मैले उनलाई यत्तिकै भनेँ ।

“निवेदनले के हुन्न । उहिले पर्धानमन्त्री पाऊँ भनेर हाम्रो कउरेटले पनि निवेदन हालेका थिए । के चानस र कुतौजो परेर पाएनन् । लौ हालिहाल हुन्छ निबेदनले जे पनि ।”

“हस हाल्छु । बरु कुन पदमा बस्ता राम्रो पर्ला बा ?” मैले पनि रमाइलै होस् भनेर अझ प्रश्न गरेँ ।
“पाएसम्म त कुल्पति नै खाने नि । लेख्या छौ क्यारे नि कुल्पति हुन पुग्ने जति त, लु छिटो पेस गरिहाल लगेर काज्र्यालय समयमै ।”
“लेख्न ता लेख्या छु तर कुल्पतिकै लागि काम लाग्ने भने छ छैन यसो बिचार गर्नु पर्छ ।”

“देख्याथेँ त ’टाहारको आहाल’ भन्ने पोस्तक । अर्को पनि छ क्यारे ’घोडाको सिङ’ । ‘फर्सीको मुन्टो’ पनि छ त । त्यति भेसि पुगिगो नि । जाँचकी को छ किताब जाँच्ने ? मेरो कान्छोले भनिदिइहाल्छ नि । यता नेपालको सोस लाग्दैन भने उता अउरिकामा छ मेरो माइलो छोरो, उसलाई उताबाट सोस लाइदेउ भन्ने काम मेरो भो ।”
“अब अम्रिकाको सोस कता लाग्ला र ?”
“लौ हेर त यी सर पनि । मेरो माइलाको ता अउरिकाका राष्टपतिसँग पनि राम्रो नाता छ । उताबाट भनाउँला । निबेदनसाथ पुस्तक पेस गरिहाल ।”

“हँ कस्तो नाता रछ अमेरिका राष्टपतिसँग माइलाको ?” मैले सोधेँ ।
“राष्टपति काज्र्यालयेकी काज्र्यालय सहायककी छोरीसँग लभसभ परेको छ अरे । तेति भएसि पुगिगो नि ।”
“हैन बिहे गरेको हैन र माइलाले ?” मैले सोधेँ ।
“बिहे गरेर के भो ? उता अउरिकामा आज बे गरो भोलि छोडो । यसो मुखसम्म जोडो भैगो नि । यता जस्तो हो र ?”
“होला होला म अउरिका पुगेको छुइनँ यसैले जानिनँ उताको चलन ।”
“माइलो छँदैछ हुन्छ । हाल निवेदन ।”
“ए ए । उसो भए त होला कि त । हाल्नु परो ।”
“होला कि त हैन हुन्छ । बरु आजै गइहाल । किताब सँगै निवेदन पनि हाल र दर्ता लम्बर लिइहाल । लम्बर पठाइदिनु पर्छ अउरिकामा माइलालाई । यता सिड्यो कार्यालयमा पनि दिनुपर्छन् ।”

मैले फेरि कुरामा रमाइलो होस् भनेर थपेँ- “हैन बा कुल्पतिलाई ता किताबका साथ पाटीको टिकिस पनि चाहिने कुरा सुन्या थिएँ ।”
“अनि तो मुला कुरा के भो त ! म ल्याइदिउँला नि कुन पाटीको टिकिस चाहिन्छ भन्ने पत्ता लाएर आउनू । हुन त म काउँरेस हुँ । मेरो पाटीको टिकिस लिन सजिलो छ । अरु पाटीकै पनि म भिडेँ भने केही गरिहाल्छु नि । यसबाजिको कुल्पतिका लागि कुन पाटीको पालो रछ सो पनि पत्ता लगाउनू । टिकिस ल्याउने जिम्मा मेरो भो ।”
“हवस् बा ।”
“अनि ह्याँ सुन्नु त ।”

“हजुर बा !”
“त्यो मेरो घरमा काम गर्नेकी छोरी छे नि ।”
“हजुर बा !”
“हेर्दा पनि राम्री छ मोरी । बार पढ्दैछे । कवित्त लेखेर धुम छ । त्यसलाई पनि हाल्नुपर्छ है ।”
“ए ए । बाले भनेपछि नहाल्ने कुरै भएन नि । तेसै हालेर ता भएन के र । पहिले कुल्पति हुनु परो नि ।”
“हुन्छौ यसबाजि मैले ठोकुवा गरेँ । नेपालदेखि अउरिकाको सोस लाएर भए पनि कुल्पति बनाइनँछु भने ता मेरा मुखमा….।”

“भो भो बा । अब उता नभन्नू । म अब दर्खास्त हाल्ने भएँ ।”
यति भनेपछि बाको चित्त बुझ्यो । आफ्ना नातागोताका सबैलाई जागिरे बनाएको सपना देख्तै बा घरतिर लागे । मैले पनि बिहान रमाइलै भएको अनुभव गरेँ ।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
खुट्टा तान्नु

खुट्टा तान्नु

आर.सी. रिजाल
व्यवस्था

व्यवस्था

फित्काैली डटकम
आवरणमा लुकेको ‘मु.’

आवरणमा लुकेको ‘मु.’

ईश्वर पाेखरेल
डाढो

डाढो

भैरव अर्याल
बक्रेश्वरको ठूलो घंट : सरकारको अन्ट सन्ट

बक्रेश्वरको ठूलो घंट :...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x