नगिता लेप्चा राईबल-ताकतको युग
प्रत्येक मानवमनमा केही न केही मात्रामा जनावर लुकेर बसेको हुन्छ । जसले जहिले पनि आफ्नो खतरनाक रुप देखाइदिन्छ । दानव, राक्षस, असुर, अतिबलको कारणले गर्दा यस्तो हुने गर्छ ।

आजको युग बल-ताकतको युग हो भन्ने कुरा सबैलाई थाहा भएकै कुरो हो । यो समाजमा जसले बल-ताकतको चमत्कार देखाउँन सक्दैन उसले जीवनमा केही गर्न सक्दैन भन्ने मेरो अनुमान छ । यसको एउटा नमूना हिन्दी फिल्म ‘थ्री इडियटस्’ ले प्रमाणित गरेको छ । उत्तर आधुनिकालपछि अब उत्तरसत्यकाल आएको छ । जबरजस्ती बिना केही हुँदैन यहाँ । जता हेर्यो उतै बलात्कार, भ्रष्टाचार, अत्याचार आदि के के हो के को । यो जबरजस्तीको जमानामा क्रुर, हिंस्रक, शक्तिशाली मानसिकताले मातिएका व्यक्तिहरू सबैभन्दा पहिलो पङ्क्तिमा देखिन थालेको छ ।
मेरो अनुभवमा बलात्कार शारीरिक मात्र हुँदैन, बलात्कार भन्ने कुरा मानसिक, आर्थिक, सामाजिक तथा वैज्ञानिक ढङ्गले पनि हुन्छ । राजनेता सत्ता वा पार्टीसँग बलात्कार गर्छन् भने तिनका बलशाली चम्चेहरू राजनेतालाई ढाल बनाएर समाजकै सोझा-सिधाहरूसित बलात्कार गर्छन् । साहित्यमा पनि बलात्कार हुन्छ भन्न सकिँदैन । कथाकारले कथासित, उपन्यासकारले उपन्याससित जबरजस्ती गर्छन् । सम्पादकले पनि रचनासित बलात्कार गरिरहन्छन् जबसम्म उनलाई यसो जदौ हजूर गरिन्न ।
नोबेल पुरस्कार विजेता बब डिलनले यस्ता उदास निराश गीत लेखेका छन् । विष्णु प्रभाकरको उपन्यास ‘अर्ध नारीस्वर’ यस्तै मानसिकतामाथि लेखिएको उत्कृष्ट उपन्यास हो । यस उपन्यासलाई साहित्य अकादेमीले पुरस्कृत गर्यो । विश्व कविता दिवसमा विदेशबाट आएका कविहरूले पनि आतङ्कवादपछि सबैभन्दा धेर बलात्कार मानसिकतामाथि नै आ-आफ्ना आक्रोश-विद्रोह पोखेको देखियो ।
एकजना ख्यातिप्राप्त चिकित्सकले भनेका छन्, यो एउटा शारीरिक अपराध मात्र होइन विशेष रुपमा यो कसैको बदनाम गर्ने, निच देखाउने, आफ्नो बल-ताकत दर्शाउने प्रयास हो । कसैलाई अपमानित गर्ने यो सबैभन्दा ठूलो हतियार हो । एका-अर्कालाई बदनाम गर्ने, बदला लिने मानसिकता नारी र पुरुषहरूमाझ मात्र हुँदैन । दुइ समुदाय, दुइ गाउँ, दुइ राज्य, दुइ प्रदेश, दुइ राष्ट्रमाझ पनि देखिन्छ । बलात्कार भन्ने कुरो स्त्री वा नारीको मात्र हुँदैन, पुरुष-पुरुषका बिच पनि हुन्छ । सानु मायालाग्दो नाबालकसित कुकर्म हुनु सामान्य कुरो हो ? विद्या निवास मिश्रा अनुसार- स्त्री पुरुष सम्बन्ध सहभागिताको आधारमा हुनुपर्छ । तर यस्तो हुँदैन ।
अपराधमा पुरुषको पहिलो गल्ती मानिन्छ तर कहिलेकाहीँ ती नाबालकहरू पनि सहजै आनन्दको लागि यो मुडमा आएको देखिन्छ । यस्तो अपराधको जन्म बदला, अपमानको भावनाले प्रेरित हुन्छ । प्रत्येक मानवमनमा केही न केही मात्रामा जनावर लुकेर बसेको हुन्छ । जसले जहिले पनि आफ्नो खतरनाक रुप देखाइदिन्छ । दानव, राक्षस, असुर, अतिबलको कारणले गर्दा यस्तो हुने गर्छ ।
मुल्कराज राजा आनन्दले यस विषयमा गहिरो छानबिन गरेका छन् । उनका पुस्तकहरूमा पनि यी कुराहरूको वणर्न गरेको पाइन्छ । जीवनको स्वाभाविक वृत्तिको त्याग, उपेक्षाको कारण आसुरी प्रवृत्ति मनमा उत्पन्न हुन्छ । नयाँ समाजमा होमो, लेस्बियन, हेटो, लिबियन आदि सम्बन्धहरूको चर्चा यस पुस्तकमा छ । तर यस्तो सोंच यस्तो विकल्प हुँदा पनि समाजमा हिंसा, बलात्कार, अपहरण आदिका घटनाहरू कैयौं गुणा बढि़रहेछ । यस विषयमा हामी सबैले विचार्नुपर्छ, एक एक सेकेण्डमा यी मुद्दाहरू दबाइन्छ । जो अदालतसम्म त पुग्छ तर हजारौं यस्ता मुद्दाहरूमध्ये मात्रै ३ प्रतिशतले सजाय पाउँछन् । एउटा मुद्दाको फैसला आउनुलाई कम्तिमा पनि १५/२० साल समय लाग्छ । गवाहीहरू पनि दुइमुखे भइदिन्छन् । जुन प्रश्न गरिन्छ त्यो पनि कम्ति सम्मानजनक हुँदैन । मुद्दा खारिज, सामूहिक बलात्कार त झन् अझै एउटा ठूलो समस्या हो । सेक्सुयल एबुज्डबाट बाँच्न त अझ गाह्रो । घर होस् वा बाहिर वा वर्किङ प्लेस (कर्मथलो), बस. रेल आदि स्थानहरूमा नारीहरूले जोगिनुपर्ने हुन्छ ।
धेरजसो मुद्दामा पुरुष नै अपराधको शिकार हुन्छन् । नारी पनि शिकार हुँदैनन् भन्ने होइन तर यो आजको युगको सत्य हो । महाभारतमा पनि उल्लेख पाइन्छ, मध्य युगको आधुनिक काल, उत्तर आधुनिककाल, उत्तर सत्यकाल सबैको सत्य यही हो कि शोषण । यो शोषित वा शोषकले बारम्बार दोहार्याउने कहानी हो । देवासुर सङ्ग्रामदेखि लिएर आधुनिककालको युद्धमा प्रमुख पीडि़त महिला (नारी)नारी नै बन्नुपरेको देखिन्छ । वैदिक वा गुप्तकालसम्म हामी प्रकृतिको साथमा थियौंं तर विस्तारै हामी प्राकृतिक वातावरणबाट अलग र टाढ़ा भयौं ।
अमेरिकामा एकजना नारीले पुरुषलाई भनेकी थिइन्, “नो वान क्यान रेप मी (ल्य यलभ अबल चबउभ mभ)” ।
पुरुषको भनाइ, “आई एम विलिङ् (क्ष् बm धष्ििष्लन) ।”
एकजना नानीले भनिन्- कसैले देखे बलात्कार नत्र सत्कार ।
यी सबै कुराहरू ठट्टा होइनन्, गम्भीर र विचारणीय विषय हुन् यी । यस बारेमा सरकार जनता सबै एक भएर सोंच्नुपर्ने हो ।
म्यान पावर, मसल पावर, मनि पावर ज-जसको मुठीमा हुन्छ उसको निम्ति सबै सही हुन्छ । सत्ताको चरित्र एउटै हो जो विपक्षमा हुन्छ । दुई जनानै आफ्नो आफ्नो भूमिका वहन गर्नमा तत्पर देखिन्छ । साहचर्य परतन्त्र हुनु हुँदैन । स्त्री वा पुरुषले एका-अर्काको सहयोगको अपेक्षा गर्नु, सीमा ननाँघ्नु पावर वा पोजिशन दुरुपयोग नगर्नु, बलात्कार रोक्ने काम सत्ता, समाज, परिवार, जाति सबै मिलेर गर्नुपर्छ । विश्वको सबैभन्दा पुरानो अपराधलाई रोक्ने प्रयास गर्नुपर्छ । तब मात्र हाम्रो समाजमा तपाई हामी नारीहरू स्वतन्त्र भएर बाँच्नु सक्नेछौं ।
०००
खोलाचन्द फाप्री (जलपाईगड़ी, भारत)
Subscribe
Login
0 Comments
Oldest







































