साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाबी

तीनोटा पत्नी राखेका एक अधबैंसेले पोस्ट्याए- मेरो वास्तविकता पनि बुझ्नुस् । उनले तीनौटै पत्नीको हँसिलो मुहारसहित आफ्नो पनि छविचित्र राखेका थिए ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

फोर जिपिए ल्याएर उसले जिल्लामा रेकर्ड बनायो । त्यसपछि सुरु भयो दाबीको खेल ।

एउटा बोर्डिङले हाजिरी रजिस्टरको विद्यार्थी उपस्थिति र त्रैमासिक परीक्षाको रिजल्टसहित उसको फोटो राखेर सामाजिक सञ्जालमा दाबी गर्‍यो- यो बोर्डिङ जिल्लाको सर्वोत्कृष्ट हो, हाम्लाई बधाई ।

एउटा सरकारी स्कुलले उसको सिम्बोल नम्बरसहित फोटो र ग्रेडसिट राखेर पोस्ट गर्‍यो- हाम्ले इतिहास रच्यौँ, हाम्लाई बधाई छ ।

एउटा कोचिङ सेन्टरले पनि बेहोरा पोस्ट्यायो- हाम्रो मिहिनेत सफल भएको छ, हामी जिल्लामा टप भयौँ । हाम्लाई बधाई ।

अनि बहस सुरु भयो- एउटै परीक्षार्थी कसरी तीनोटा संस्थाको ? कसैले सिम्बोल नम्बर, कसैले हाजिरी र कसैले कोचिङको पढाइलाई महत्व दिइरहेका थिए । सामाजिक सञ्जालमा बहस र दाबीको ओइरो लागेको थियो । ओइरोले खोइरो पनि खनेको थियो ।

तीनोटा पत्नी राखेका एक अधबैंसेले पोस्ट्याए- मेरो वास्तविकता पनि बुझ्नुस् । उनले तीनौटै पत्नीको हँसिलो मुहारसहित आफ्नो पनि छविचित्र राखेका थिए ।

०००
गरुडा, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
साथी पनि कस्तो ?

साथी पनि कस्तो ?

ठाकुरप्रसाद अधिकारी
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
वर्ल्डकप

वर्ल्डकप

ईश्वर पाेखरेल
मन्त्री बिलौना

मन्त्री बिलौना

ध्रुव नेपाल
0
Would love your thoughts, please comment.x
()
x