साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो राजनीति !

मत्ताले झैँ घर नियमको फाल्छ यो राजनीति, आगो आफैँ पथ सदनमा बाल्छ यो राजनीति, नेपालीका सुखद सपना गाल्छ यो राजनीति, पाए खौलो बिच मुलुक नै हाल्छ यो राजनीति ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

बन्दै घोर्ले दिन प्रतिदिनै जाग्छ यो राजनीति
हण्डी खाने समय शिखरै नाघ्छ यो राजनीति
मुद्दा फिर्ता हर तरह नै माग्छ यो राजनीति
पेसा उम्दा यस मुलुकमा लाग्छ यो राजनीति ॥१

सामन्तीको महल बिच नै पस्छ यो राजनीति
चिल्लो रोजै प्रभुपद झुकी घस्छ यो राजनीति
आफ्ना मान्छे पदबिच हुली बस्छ यो राजनीति
भोका नाङ्गा गरिब जनता डस्छ यो राजनीति ॥२

मौका पाए पद शिखर नै चुम्छ यो राजनीति
खोजी रोजै अनुपम बिलो घुम्छ यो राजनीति
कामै फर्जी पतित नगरे गुम्छ यो राजनीति
खाए जस्तै मद कुलतमा झुम्छ यो राजनीति ॥३

कालो धब्बा पनि धवल नै भन्छ यो राजनीति
नाफा खोजी जड मुलुककै खन्छ यो राजनीति
भत्ता कामै क्षणिक नगरी गन्छ यो राजनीति
नाफै नाफा लिन दृढ खुबै बन्छ यो राजनीति ॥४

मत्ताले झैँ घर नियमको फाल्छ यो राजनीति
आगो आफैँ पथ सदनमा बाल्छ यो राजनीति
नेपालीका सुखद सपना गाल्छ यो राजनीति
पाए खौलो बिच मुलुक नै हाल्छ यो राजनीति ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x