सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यो राजनीति !

मत्ताले झैँ घर नियमको फाल्छ यो राजनीति, आगो आफैँ पथ सदनमा बाल्छ यो राजनीति, नेपालीका सुखद सपना गाल्छ यो राजनीति, पाए खौलो बिच मुलुक नै हाल्छ यो राजनीति ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

बन्दै घोर्ले दिन प्रतिदिनै जाग्छ यो राजनीति
हण्डी खाने समय शिखरै नाघ्छ यो राजनीति
मुद्दा फिर्ता हर तरह नै माग्छ यो राजनीति
पेसा उम्दा यस मुलुकमा लाग्छ यो राजनीति ॥१

सामन्तीको महल बिच नै पस्छ यो राजनीति
चिल्लो रोजै प्रभुपद झुकी घस्छ यो राजनीति
आफ्ना मान्छे पदबिच हुली बस्छ यो राजनीति
भोका नाङ्गा गरिब जनता डस्छ यो राजनीति ॥२

मौका पाए पद शिखर नै चुम्छ यो राजनीति
खोजी रोजै अनुपम बिलो घुम्छ यो राजनीति
कामै फर्जी पतित नगरे गुम्छ यो राजनीति
खाए जस्तै मद कुलतमा झुम्छ यो राजनीति ॥३

कालो धब्बा पनि धवल नै भन्छ यो राजनीति
नाफा खोजी जड मुलुककै खन्छ यो राजनीति
भत्ता कामै क्षणिक नगरी गन्छ यो राजनीति
नाफै नाफा लिन दृढ खुबै बन्छ यो राजनीति ॥४

मत्ताले झैँ घर नियमको फाल्छ यो राजनीति
आगो आफैँ पथ सदनमा बाल्छ यो राजनीति
नेपालीका सुखद सपना गाल्छ यो राजनीति
पाए खौलो बिच मुलुक नै हाल्छ यो राजनीति ॥५

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमा भन्छिन्

आमा भन्छिन्

रामशरण न्याैपाने
आमा पुजेर बस्ने

आमा पुजेर बस्ने

रामशरण न्याैपाने
लाग्यो बुढ्यौली भनी

लाग्यो बुढ्यौली भनी

रामशरण न्याैपाने
विना श्रीपेचका राजा

विना श्रीपेचका राजा

रामशरण न्याैपाने
आँसु झार्ने नपार

आँसु झार्ने नपार

रामशरण न्याैपाने
पिता माता पाल्ने

पिता माता पाल्ने

रामशरण न्याैपाने
गणतन्त्र गीत

गणतन्त्र गीत

होम सुवेदी
आदर्श नेता

आदर्श नेता

हृषीकेश बराल
भिडहरू !

भिडहरू !

महादीप पाेखरेल
क्रूर ओढार

क्रूर ओढार

अनिल श्रेष्ठ
परिवेश

परिवेश

हेमराज पन्त