साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आउनुस् अरिङ्गाल बनौँ

अब अरिङ्गाल भएर सबैको मथिङ्गल हल्लिने गरी काम गर्नुपर्छ अनि विकास, सुशासन, परिवर्तन, समृद्धिको ढोका खुल्छ र हामी ढोकाभित्र सुटुक्क पस्नुपर्छ र फोर अरिङ्गालको गोलो भएर चिल्नु पर्छ ।

Nepal Telecom ad

माधव पोखरेल ‘गोज्याङ्ग्रे’ :

आउनुस् सबै आउनुस् सबैको भलो हुने काममा हातेमालो गरौँ, अरिङ्गाल बनेर सबैले सबैलाई चिलौँ र आफै ध्वस्त बनौँ । हामीले हामीलाई नै मिलेर चिल्नु पर्छ अनि हाम्रो चेतना आउँछ । हामी अचेतलाई चेतनामा ल्याउने माध्यम नै अरिङ्गालको चिलाई हो । हामीलाई हामीले नै चारैतिरबाट आक्रमण गरिरहेका छन्, त्यो आक्रमणका विरुद्ध हामी निरीह बनेर बसेका छौँ त्यसैले हामी अरिङ्गालबाट चिलिएका छौँ ।

अब हामी पनि हामीलाई नै अरिङ्गाल भएर चिल्नु पर्छ र अनि गोलो भएर मिल्नु पर्छ । अरिङ्गालले चिलेको घाउमा अरिङ्गालले नै फेरि चिल्यो भने निको हुन्छ त्यसैले हामी सबै अरिङ्गालको गोलो भएर खोलोझैँ बग्नु पर्दछ सलललल… ।

हामीले हिजोका दिनहरूमा उडुस, उपियाँ र मच्छर भएर आक्रमण गर्‍यौँ । तर आज हामी नै अरिङ्गालको चिलाईबाट बिलाई भएका छौँ, हामी माथिको यो घोर अन्याय कसरी सहने हामीले ? हिजो बाघ भालु सिंह बनेर अरुलाई तर्साएकै थियौँ, धम्क्याएकै थियौँ तर आज हामी उपर बारुलाले चिलेको भा त केही थिएन तर अरिङ्गालले नै चिलेको छ. यो पीडा हामी सहन सक्दैनौँ । त्यसैले हामी पनि अरिङ्गाल नै भएर चिल्नु पर्छ । हामी सिंहलाई बिरालो बनाउनेहरूलाई चिल्नु पर्छ, चिल्नु पर्छ, चिल्नु पर्छ । अरु किरा फट्याङ्ग्रा बनेर चिलेर हुँदैन अरिङ्गाल नै बनेर चिल्नुपर्छ । अनि तीन तिहाइको दुहाई देख्छन् र भोग्छन् । हामीले देखाउनु छ भोगाउनु छ त्यसैले अरिङ्गाल बनेर चिलाउनु छ ।

मेचीदेखि कालीसम्म र हिमालदेखि तराइसम्म सबैले अरिङ्गालको गोलो बनेर कोकोहोलो मचाउन सक्दैनौँ भने हामी बिरालोमा दरिन्छौँ । आज महाकालीको अरिङ्गालको गोलोले देशलाई नै तहस नहस पारेको छ । हामी पनि हाम्रा विरुद्ध उत्रनेहरू उपर त्यस्तै बनौँ । सबैलाई चिलौँ र क्षतिपूर्तिको व्यवस्था गरौँ । कसैलाई जिउँदै शहीद घोषणा गरौँ, कसैलाई घाइते शहीद घोषणा, गरौँ कसैलाई बाल शहीद त कसैलाई बालिका शहीद घोषणा गरौँ ।

साथीहरू हो गरौँ आनन्दले मन लाग्दी गरौँ, कोही चिल बनेर गरौँ, कोही बारुला बनेर गरौँ, कोही बाघ, भालु, सिंह बनेर गरौँ । मौका यही हो, मौका आउँछ पर्खिदैन बगेको खोला फर्किदैन भन्ने अवसरवादी उखान त सबैले सुन्नु भएकै होला । यो उखानलाई बखानमा परिणत गरेर भए पनि चिल्नु पर्छ हामी अरिङ्गालको गोलोझैँ एक भएर ।

हामी दुई तीन चार भएकोले हामी माथि अन्यायपूर्ण तवरले आक्रमण भइरहेको छ, यो कुरा हामी तीन तिहाईको दुहाई दिन सक्ने क्षमता भएकाहरूलाई कदापि पाच्य हुँदैन । तसर्थ कठेउरी, बारुलो, कमिला, रोगटे, भुसुना, डाँठ मच्छरको जस्तो गरी एक्ला एक्लै भएर होइन गोलबद्ध भएर चिल्नुस् । भिडभाडमा चिल्नुस, ठेलठालमा चिल्नुस् । आन्दोलनमा, जुलुसमा, आमरण अनसनमा, भोकहड्तालमा चिल्नुस् । खोलामा होस् वा पोखरीमा वा तालमा, तलाउमा डुबेर होस् जहाँसुकै भए पनि अरिङ्गाल झैँ भएर चिल्नुस् । चाहे त्यो जहाँसुकै होस् आसनमा होस् वा भाषणमा, शासनमा होस् वा कुशासनमा घुशासनमा वा राशनमा मिलेरै भए पनि चिली आउनुस् ।

हामीले जे जसो गरी चिले पनि हुन्छ र मिल्छ पनि । निर्मलालाई चिलेकै हो, अझैँ निर्मला जस्ता कमला अवलाहरू कति चिलिन्छन् पत्तो छैन । अत्तो थापेर चिलिनबाट अब कोही जोगिन सक्दैन यो देशमा । हामी कमिला, भुसुना, मच्छा बारुला नै भएर बस्ने सधैँ ? हामी कदापि त्यस्तो भएर बस्न सक्दैनौँ । त्यसैले अब अरिङ्गाल भएर सबैको मथिङ्गल हल्लिने गरी काम गर्नुपर्छ अनि विकास, सुशासन, परिवर्तन, समृद्धिको ढोका खुल्छ र हामी ढोकाभित्र सुटुक्क पस्नुपर्छ र फोर अरिङ्गालको गोलो भएर चिल्नु पर्छ यो देशलाई तीन तिहाईको दुहाइमा दुहुनुपर्छ चिलेरै भए पनि ।

०००
उदयपुर
‘भ्रष्टपाल’ (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे
जालझेल

जालझेल

माधव पोखरेल गोज्याङ्ग्रे
व्यशासन भित्रको कुशासन

व्यशासन भित्रको कुशासन

माधव पोखरेल गोज्याङ्ग्रे
नगरगाउँका सिंहमहाराज

नगरगाउँका सिंहमहाराज

माधव पोखरेल गोज्याङ्ग्रे
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x