साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोलाको पानी जस्तो

बेमतलबमा यहाँ समयको खर्च गरिन्छ, धन उडाइन्छ, वल पनि फ्याँकिन्छ । खोलाको पानीलाई कुलो वनाउन न समय खर्च गरिन्छ, न धन खर्च गरिन्छ न बल खर्च गरिन्छ । भेलामेला, पर्चापोष्टर, गुन्डागर्दी यी सब फाल्तू कुरामा यहाँ समय, धन र वल खर्च गरिन्छ ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हूँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

पानी-बानी गफ

गीत राम्ररी सुन्नोस्, गुन्नोस्, ‘मायाँ खोलाको पानी जस्तो’ रे ! गफडी पनि आफ्ना गफलाई खोलाको पानी जस्तै ठान्छ । यहाँ गफको महत्व के कति छ र ? खोलाका पानीले कति ठाउँ कुलो काटिएर खेत सिँचेका होलान्, विचारणीय छ भने गफडीका गफको योगदान पनि अड्कल काट्न सकिन्छ । वास्तवमा, घिउ नलागे पनि गफ गर्नु गफडीको बानी हो । गँजडीलाई थाहा छ- गाँजा मात्र आदत हो, भँगडीलाई थाहा छ- रक्सी मात्र नभई नहुने नसा हो- तर पनि बानीवश नशाको सेवन गर्नुपर्छ- बानी लागेका पुरुषले । गफडको गफ पनि बानी हो र उसले बानीवश्चात् गफ गर्नुपर्छ- यद्यपि उसका गफ खोलाका पानी झै बगेर बेकार भइरहेका छन् र समुद्रानन्तमा विलीन भइरहेका छन् ।

यो जीवन कस्तो जीवन !

गफडी मान्छे गफडी हो, बेलायक हो गफडी यो कुरा मान्दछ । उसको, त्यसैले चिन्तना बेकारै होला र पनि त ठाकुरे हो ऊ प्राणी हो, मानव हो, ऊ यदा-कदा के कुराले भक्कानिन्छ भने यो जीवन कस्तो र कति विचित्रको छ । यो शोषणमय, यो ठगपूर्ण, यो अन्यायपीडित, यो दमित विषयमा निमग्न जीवन नाना छ । यो रुखो जगत् पनि करुणामय छ । कसैका पुत्र छैनन् । कसैका सन्तान छैनन् । कसैका सन्तान धेरै छन् । कोही विधुर छन् । कोही विधवा छन् । कोही जागिरपोषित छन् भने कोही जागिरपीडित छन् । अयोग्यले समाज किचिएको छ भने योग्यले निहुरिएर समाज ड्याकिएको छ । विषम समाजमा कोही धनधान्ययुक्त-सुखसयलयुक्त छन् भने समस्यै समस्याले वेरिएका कोही छन् । यसरी विचार्दा गफडीको गफी जीवन पनि विचित्रकै छ । आजको जुग ! आजको गफडी ! आजको गफ वास्तवमा खोलाकै पानी भएको छ, यसले नवसृजनामा योगदान दिन सकिरहेको छैन ।

समय-धन र बलको वृथा खर्च !

गफडीले सुनेको थियो हावामा बन्दुक हान्ने कुरा, अरण्यरोदनका कुरा र भित्तामा मुड्की हान्ने कुरा । यी सब वेकार हुन् मतलबमा । बेमतलबमा यहाँ गाना बन्दछन् । बेमतलबमाः यहाँ नृत्य हुन्छन् र बेमतलबमा यहाँ पघिता कुरा हुन्छन् । बेमतलबमा यहाँ समयको खर्च गरिन्छ, धन उडाइन्छ, वल पनि फ्याँकिन्छ । खोलाको पानीलाई कुलो वनाउन न समय खर्च गरिन्छ, न धन खर्च गरिन्छ न बल खर्च गरिन्छ । भेलामेला, पर्चापोष्टर, गुन्डागर्दी यी सब फाल्तू कुरामा यहाँ समय, धन र वल खर्च गरिन्छ । पहिले कसैलाई कुटाउन समय, बल र धन खर्च गरिन्छ, अनि कुटाइ खानेका तरफबाट पनि त्यस्तै कार्यका लागि सब खर्च गरिन्छ । हिन्दीका एक कथाकारको एक कथा ‘दो बाँके’ को चालामा यहाँ खुब धन समय र बल खर्च गरिन्छ । भरे यहाँ के-के न होला भन्यो- फास्स-न-फुस्स ! यहाँ फुर्तीफार्ती बेसी । काम साढे बाइस् ! हौवा मात्र ज्यादी । पुरुषार्थ कम । शुभविवाहका नाममा यहाँ हजारौँ उडाइन्छ । यहाँ उडाउनका लागि बहाना चाहिन्छ, बस्, गीत बज्छन्, भोज चल्छन्, बफे चल्छन्, बस् । स्वाहा परिणाम ।

पातमा पात ! बातमा बात !

गीतगायकज्यू, गीत गाउन सजिलो छ । राजनीतिज्ञज्यू, राजनीति चलाउन सजिलै छ । खोलाको पानी जस्तो मायाका प्रसङ्गमा, केराका पातमा पात हुँदा झै बातमा बात हुने हुँदा गफडी भन्दै छ, गफबारे गफडीले माथिका केही गन्थन गरेको हो । विश्वमा हिमाल अग्लो होला, हाम्रा नद-नदी राम्रै होलान्, देश प्राकृतिक होला । यहाँ गजब-गजबका कवि पनि होलान्, तर गफडी जस्तो लेखक बानीवशात् गफ गर्न बाध्य भएको आफूलाई ठान्दै आफ्ना गफ बेकार भएको ठान्दछ । उसका गफ पानी भएको ठान्दछ । गफडीका गफले पनि सृजनामा मद्दत दियो भन्ने सुनेका दिन ऊ सायद मूर्च्छा पर्छ होला । जय नेपाल आजलाई । आगे फेरि ।

०००
युगज्ञान वर्ष ११, अङ्क २१,२०३६
‘गफडीका गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x