साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उपहार

सबै उपहार ताजा छन् सबैले समयानुकूल सिङ जुरो हालेकै छन् । लोडसेडिङको उपहार भने न्यास्रिएको रहेछ । टाउको उठाएर हेर्दैछ । जसले जे सुकै भनोस् हामी उपहार प्रेमी हौँ ।

Nepal Telecom ad

हरि खनाल :

हामी उपहारप्रिय छौँ वा उपहार हामीप्रिय छ म भन्न सक्दिनँ । तर हामी उपहार निरन्तर पाइरहेका छौँ । अतीतदेखि वर्तमानसम्म कति उपहार प्राप्त भयो भयो के कुरा गरेको होला भनेर प्रश्न उठ्न सक्छ । म ताजा उपहारका कुरा मात्र गर्दैछु ।

हामी मन्त्र उपहार पाउँछौँ तन्त्र उपहार पाउँछौँ । जेथा उपहार नपाए पनि नेता उपहार हाम्रो पुरानै परम्परा हो । मन्त्रले स्वार्थका लागि फुटाउने र जुटाउने दुवै काम गर्छ । जनतालाई झण्डा र डण्डाका नाममा बण्डा गरिदिन्छ नेतागणलाई शुभलाभका लागि एकठाउँमा जम्मा गरिदिन्छ । उपहारप्रेमी भएपछि उपहारको वर्षा त हुने नै भयो । गोरु ब्याए राँगो उपहार पाइयो । राँगोले सिँगौरी खेलेर र जुधेर डाँडाकाँडा सिध्याइसके । हामी राँगाका पछिल्तिर कुदेका कुदै छौँ ।

समाजवाद आयो । गाउँगाउँमा सिंहदरवार पुग्नासाथ हजार प्रतिशत कर उपहार थापियो र निच्च हाँसियो ।सिंहदरवारको पावरसँगै गाउँगाउँमा टावर आयो । गाउँको सिँगारे बोकोले पनि टावरको फेदमा बसेर चर्न पायो । महिनौँदेखि थला परेको बुचे कुकुरले पनि टावरको फेदमा बसेर मर्न पायो ।

ढोकाले मन्त्रालय नपाएको बेलामा झ्यालझ्यालले मन्त्रालय पायो । गाउँगाउँले मन्तरी पाए यो भन्दा अमूल्य उपहार केही हुन्छ ? हुँदा हुँदा उत्तर र दक्षिणको पनि एकसाथ आलिङ्गन भयो । वर्षौँदेखि करिया र भरिया बनेका हामी खुसीले उफ्रिनसम्म उफ्रियौँ । हामी सारै उफ्रिएको देखेर होला महँगी हामीभन्दा दोब्बर उफ्रियो । पहिले तेलको मूल्य बढेको नाममा अग्लिएको महँगी तेलको मूल्य घट्दा पनि भुइँमा झर्न मानेन ।

अहिले अङ्ग्रेजी नयाँ वर्ष आउनासाथ यातायातलाई महँगीले निर्धक्क चुम्बन उपहार दिएको छ । महँगीलाई हामीसँग पटक्कै डर छैन किन थाहा छ ? उसलाई थाहा छ हामी महँगीको बाउ आए पनि झण्डा ओढेर सुतेपछि कहिल्यै बिउँझिदैनौँ भन्ने ।

सहकारीले पैसा झ्वाम उपहार दियो बेमौसमी वर्षाले सर्वनाश उपहार दियो । मन्त्र सुल्टो उल्टो हुन्छ क्यारे । खै कुनि सुल्टो उल्टो के लाग्यो मानेलाई खानेपिउने उपहार सानेजतिलाई चोट उपहार पनि यही समयले दियो । सबै उपहार ताजा छन् सबैले समयानुकूल सिङ जुरो हालेकै छन् । लोडसेडिङको उपहार भने न्यास्रिएको रहेछ । टाउको उठाएर हेर्दैछ ।

जसले जे सुकै भनोस् हामी उपहार प्रेमी हौँ । हामी भोक लागे पटुकीले पेट कस्छौँ । शोक परे एक थोपा आँसुले पखाल्छौँ । हामी उपहार लिँदैनौँ मात्रै दिन्छौँ पनि । हामीले दिने उपहार ऐश र बैँस हो । जो अर्कैलाई दिन्छौँ तर अभाव र असुरक्षा उपहारमा स्वयम् रमाउँछौँ । उपहार सम्झिँदा सम्झिँदै भूकम्प पनि आइपुगेछ । तर चिन्ता छैन किनभने अलि ठूलो आयो भने हाम्रा सिरी पाँचहरूले धेरै उपहार पाउनेछन् । सिरीहरूले पाएका उपहार हाम्रै त हो नि । वि लभ उपहार ।

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x