साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चस्मा र म

बोधो बुद्धि विवेक रुग्ण हुन गो चिन्दैन गाई गधा आफैभित्र गुँगुल्किँदै सडिगए सप्ना हजारौं कता ! झन् खग्रास चडेर धूमिल भयो नीहारिकाको छटा ! मेरो दृष्टि उघारी बर्कत दिने चस्मा हरायो कता !

Nepal Telecom ad

नरेन्द्रराज पौडेल :

छाम्दा भेट्दिन कापी पुस्तक मसीदानी कुचि क्यै पनि ।
हेर्दा देख्तिन व्योम इन्द्रधनुषी ताराबुटे चाँदनी
खै उत्तुङ्ग हिमाल,ताल,सरिता कादम्बिनीका छटा ?
केही देख्तिन अन्मुष्टि छ सबै चस्मा हरायो कता ?

कुन कुन झार विषालु हो र कुन हो सञ्जीवनी चिन्दिन
आफ्‌नै दुःख लुकाइ कोसंग कता सोधी गरौं क्रन्दन !
प्रज्ञा जीर्ण भएछ दृष्टि धमिलो बाँझो छ संवेद्यता
छोप्यो झ्याप्प निशासरी तिमिरले चस्मा हरायो कता ?

बोधो बुद्धि विवेक रुग्ण हुन गो चिन्दैन गाई गधा
आफैभित्र गुँगुल्किँदै सडिगए सप्ना हजारौं कता !
झन् खग्रास चडेर धूमिल भयो नीहारिकाको छटा !
मेरो दृष्टि उघारी बर्कत दिने चस्मा हरायो कता !

बेगनबेली गुराँस वाग वनमा फक्रेर चारै दिशा
वासन्ती ऋतुराग मगमग चल्यो उद्दाम छर्दै नसा !
प्रज्ञा वाधित, सिर्जना दमित भो चल्दैन केही बुता
आफ्नै बास लखेट्छ राक्षस बनी चस्मा हरायो कता !

चर्चा देशविदेशका र घटना हेर्नै नमिल्ने भए
पात्रा पुस्तक दूरभाष सब ती बेकामजस्तै रहे !
गर्दै छटपटि भावबिम्बि भमरो भट्किन्छ एताउता
मैले भेटिन, खोजिद्यौ स्वजन हो चस्मा हरायो कता ᴉ

०००
नयाँवानेश्वर, काठमाडाैं
९८४१६४७१८९

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Bhawani Baral
Bhawani Baral
1 year ago
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
1
0
Would love your thoughts, please comment.x
()
x