साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फौबन्जार : एक कलाकार

हातले घुँडामा तवलको रियाज गरिरहेको, निर्धक्क्याइँको औतार फौबन्जारको खुट्टामा घोप्टिन पुग्छ । त्यस बखत उसले डोकेलाई त्यसै आँखाले हेर्छ जुन आँखाले राणाकालीन प्रधानमन्त्रीहरू "दुहाइ महाराजको" भन्न आउने प्रजालाई हेर्थे ।

Nepal Telecom ad

श्रीधर खनाल :

(भर्खरै कीर्तिशेष हुनुभएका श्रीधर खनालप्रति सादर शब्दश्रद्धा सहित)

‘फौबन्जार ! यो नामैले पनि कति घरबूढीहरुको मनमा रिस उठाउँछ । तरकारी महँगो पार्ने फाैबन्जार । दशैंमा मासु महँगो पार्ने- फौबन्जार ! जे पनि महँगो पार्ने फौबन्जार। अनि फौबन्जारसँग मानिस किन नरिसाऊन् ! सरकारले समेत मौका बखतमा फौबन्जारलाई आफ्नो पाहुना बनाउने गरेको छ । तर यत्तो विरोधी समाजमा बसेर पनि फौबन्जारको दिन कटेकै छ, उसले जहानबच्चा पालेकै छ, भोज भतेर धानेकै छ । सुनिन्छ, कुनै कुनै फौबन्जार त लखपति समेत छन् ।

हुन त फोबन्जारले यस्तो लुगा लगाउनु पर्छ भनेर नियम बनेको छैन । तैपनि मैले जति फौबन्जारहरू देखें, तिनमध्ये धेरैजसोले भोटो-सुरुवालमाथि इस्टकोट लगाएका अथवा खालि कमीज सुरूवाल लगाएका हुन्थे । हो, छाता पनि सबैजसोले लिएका हुन्छन् । उसको हिंडाइ पनि एउटा बेफिक्री तालको हुन्छ । हुन पनि त्यस्तै प्रवृत्ति नदेखाई उसले सस्तोमा गाउँलेहरूसँग भारी मोल्न सकिन । उसलाई कुनै महिना, कुनै हप्ता, कुनै दिन खालीमा परिएला भन्ने पनि हुँदैन क्यार । मौसम अनुसारका चीजबीज शहरमा आइहाल्छन् । उसको हातमा के परेन ? फर्पिङको नासपाती, भेढुङ्गाको अम्बा, नागार्जुनको काफल, धुनिबेसीको ऊखु, पनौतीको अथवा त्रिशूलीको माछा, भोटको भेंडा-च्याङ्ग्रा, केको बेपार गरेन उसले ?

अनि उसलाई मानिसको आनीवानी, अभिमान, कमजोरी अथवा मूर्ख्याइँको राम्राे ज्ञान किन नहोस् त ? अनि फाैबन्जारले एकबाट चार बनाउन जान्ने सीप हत्यायो भन्नेमा केको गजव ? यसरी कार्यक्षेत्रको विश्वविद्यालयबाट उत्तीर्ण भएको फौबन्जारले अक्सफोर्ड विश्वविद्यालय, अथवा हार्भर्डकै स्नातकहरूलाई कसरी घाँस हाल्न सक्यो भन्ने त सोधाइ नै उठ्न नपर्ने हो ।

ज्यादा सोच्नपट्टि अथवा केलाएर हेर्नतिर नलागी, जसरी आफ्नै मात्र दुनो सोझो पार्न पल्केका मानिसहरूले हेर्छन् त्यसरी हेर्दा त फैबन्जार अवश्य पनि घिनलाग्दो मान्छे होला । तर उसको कदर गर्ने हो भने उसले आफ्नो काम कसरी फत्ते गर्छ, त्यो हेर्नुपर्छ र देख्नु पनि । दुई पाइलो पनि अधि सर्न नमान्ने डोकेलाई कसरी फौबन्जारले दुई कोस लैजान्छ । दस रुपियाँमा एक पैसा पनि नघटाउने मालधनीलाई कसरी उसले सात मोहर दिएर चित्त बुझाउँछ, त्यो पढ्न लायक छ । तपाईंले हेर्दा उसको हातबाट उम्केको डोके अथवा खर्पन, तीन त्रिभुवन घुमेर, आखिर, आकाशतिर हेरेर एक हातले छाता घुमाइ-रहेको र अर्को हातले घुँडामा तवलको रियाज गरिरहेको, निर्धक्क्याइँको औतार फौबन्जारको खुट्टामा घोप्टिन पुग्छ । त्यस बखत उसले डोकेलाई त्यसै आँखाले हेर्छ जुन आँखाले राणाकालीन प्रधानमन्त्रीहरू “दुहाइ महाराजको” भन्न आउने प्रजालाई हेर्थे ।

कुनै बखत भने, भाउताउ कता हो कता, तरकारीको खर्पन बोक्नेको हातमा एक लक्कू मोहर भिराएर फौबन्जार ठम्ठम् पर्दै एकतिर लाग्छ । खर्पनेले मोहर गनुन्जेलसम्ममा ऊ कता बिलाइसकेको हुन्छ कता । उता, मोहर गनिसकेर खर्पने कराउँछ, “मज्यू, मज्यू… झिन्छर्का’ ला मला… गन खुर्काट्यों बिइगु…” अनि उसले त्यो मोहर पटुकामा घुसार्छ र आफ्नो बाटो लाग्छ । फौबन्जारले तेह्र मोहर गुमायो झैं तपाईंलाई लाग्ला, तर तो दुईको कहाँनिर मिलन हुन्छ त्यो तपाईंलाई थाहै हुँदैन । आखिर त्यो भारी तरकारी फैबन्जार नै आँगनमा पुग्छ । ऊ झ्यालमा बसेर तमाखु खाइरहेको हुन्छ । ज्यापू सरासर उसको छिँडीमा पुगेर तरकारी खन्याइदिन्छ र बाहिर निस्कन्छ । एक वचन बोल्दैन । फौबन्जारले झ्यालबाट एक रूपियाँ फालिदिन्छ । ज्यापू त्यो टिपेर खुशीसाथ फर्कन्छ । यो बेपार तपाईंले बुझेर बुझिन्न ।

यस्तो छ फौबन्जारको र डोकेखर्पनेको सम्बन्ध । यी दुईथरी आफ्समा अदृश्य डोराले बाँधिएका छन् । यिनको प्रेम तपाईं हामीले बिगारेर बिगारिन्न । त्यसैले त डोकेसँग तपाईंले एउटा नासपाती किन्न खोज्नुभयो भने उसले बेच्ने होइन भन्छ । तपाईंलाई त्यो डोके कस्तो मूर्ख जो फोबन्जारकै चुपीमा सेरिन चाहन्छ भन्ने लाग्छ। त्यत्तै अरूको आँखाले मूर्ख ठह-याइएका तर आफसमा राजीखुशी दम्पती पनि समाजमा कति होलान् नि ।

त यस्तो छ फौबन्जार, जसलाई तपाईंहरू मन पराउनुहुन्न । पराउनुहोस् पनि कसरी, जब तपाईंले उसलाई चिन्नुभएको नै छैन ! तर तपाईंलाई के दोष ? एउटा कलाकारलाई अर्को कलाकारले मात्र चिन्छ । होइन त ?

०००
रूप-रेखा (२०१६)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनै सपनाको महल

सपनै सपनाको महल

माधव पोखरेल गोज्याङ्ग्रे
सातामा विदा सात दिन

सातामा विदा सात दिन

रामप्रसाद पन्थी
मुन्टाे जाेताइकाे मजा

मुन्टाे जाेताइकाे मजा

शेषराज भट्टराई
बोली

बोली

देवीप्रसाद चापागाईं
हामी उल्लूहरु !

हामी उल्लूहरु !

डा. छायादत्त न्यौपाने ‘बगर’
0
Would love your thoughts, please comment.x
()
x