आर.सी. रिजालप्रायश्चित
हो त्यही पापको परिणाम ऎले तिमी भोग्दैछ्यौ भन्न लाग्छ्न्। ऊनी सपनामा छोरीहरु आउने त्रासले सुत्न पनि डरमान्न थाल्छिन् । बुढीको मनस्थिति बिग्रदै गयो।

आर.सी. रिजाल :
तिवारीजीको पहिलो सन्तान छोरी जन्मेपछि खिस्रिक्क परे। तर अरुको अगाडि घरमा लक्ष्मीको आगमन भयो भन्थे। दाइजो प्रथाले गाँजेको समाजमा राम्रो घरमा छोरीको विवाह गर्न मुस्किल पर्ने कुरा आफ्ना दिदीबहिनीको बविवाहबाट भुक्तभोगी थिए तिवारी ।
दोस्रो र तेस्रो गर्भमा छोरी रहेको कारण घर सल्लाहमा नै एभोर्सन गराए। जेठी छोरीलाई थोरै दाइजोमा गरीब घरमा विवाह गर्दिए। चालिस बर्षे तिवारनीको चौथो गर्भमा भने छोरा रहेकोले जन्मने मौका पायो। एक्लो छोरा पुलपुल्याएर पाले। बोर्डिङ स्कुलको शिक्षादिक्षापछि कलेज पढ्न काठमाडौं पठाए । डिप्लोमा पास गरेपछि अहिलेको फेसन भनेझैं पुर्ख्यौली जग्गा बेची अमेरिका पठाए । गाउँमा अमेरिका पुगेको छोराको विवाहको लागि दाइजोको बढिबढाउ भैरहेको थियो। साठी कटेका तिवारी दम्पती भने बुढेसकालमा अकुत सम्पत्तिको सपना देखेर रमाइ रहेका थिए।
विवाह गर्न आनाकानी गरिरहेको छोराले केही बर्षपछि पिउरी जस्ती कुइरीसँग पादरीले चर्चमा विवाह गराएको युटुब पठाए। हिजोसम्म समाजमा छाती फुलाएर हिँड्ने तिवारी दम्पतीको होसहवास गुमभयो। समाजमा मुख देखाउन लाजमर्दो स्थिति सिर्जना हुनगो।
यतिबेला तिवारी दम्पति गर्भपतनपछि छोरा जन्माएकोमा थकथक मानिराछ्न्। झन श्रीमती तिवारीलाई सपनामा झण्डै जेठी छोरिसँग अनुहार मिल्दोजुल्दो दुईटी नानी आएर- छोरी मान्छे भएर हामी छोरीलाई नै गर्भमै मार्यौ। हो त्यही पापको परिणाम ऎले तिमी भोग्दैछ्यौ भन्न लाग्छ्न्। ऊनी सपनामा छोरीहरु आउने त्रासले सुत्न पनि डरमान्न थाल्छिन् । बुढीको मनस्थिति बिग्रदै गयो। अचेल तिवारी प्रायश्चित गर्दैछन् रे !
०००
मकवानपुर
Subscribe
Login
0 Comments
Oldest






































