साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दम्भ-कुटुरो

सडे गल्दै गल्दै मगज कुहियो होस तर खै ? अझै भन्छन् राम्रो असल म भनी भित्र डर खै ? सुधार्दैनन् बानी कलुषित हठी दुच्छर छुरो उनीभिर्दै हिँड्छन् टिमटिम परी दम्भ कुटुरो ।

Nepal Telecom ad

राजेन्द्र घायल :

न मान्छन् ती अर्ती शुभवचन सल्लाह सजिलै
न देख्छन् ती आफ्नो अवगुण खराबीपन कुनै
घमण्डी रौं ठाडा नङ अनि पलायो सिङ जुरो
उनी बोक्दै डुल्छन् टिमटिम परी दम्भ कुटुरो

गनाएको कस्तो हरक छ बडो ह्वास्स नमिठो
सबै भन्छन् मैलो नभिर यसरी फ्याँक न छिटो
कहाँ मान्थे टेर्थे सहजसित ती जायज कुरो
उनी हिंड्छन् भिर्दै गदगद हुँदै दम्भ कुटुरो

पखाल्दैनन् कैले मयल कटुता छन् दिलभरी
उनी छोप्छन् सारा कुनियत दुसी अत्तर छरी
बदल्दैनन् पारा हठजमठ भो बज्र चुचुरो उनी
च्याप्दै हिंड्छन् फुरफुर परी दम्भ कुटुरो

सडे गल्दै गल्दै मगज कुहियो होस तर खै ?
अझै भन्छन् राम्रो असल म भनी भित्र डर खै ?
सुधार्दैनन् बानी कलुषित हठी दुच्छर छुरो
उनीभिर्दै हिँड्छन् टिमटिम परी दम्भ कुटुरो ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तन

परिवर्तन

राजेन्द्र घायल
पाकेन काँचै रह्यो

पाकेन काँचै रह्यो

राजेन्द्र घायल
कुकुरहरुको विरोधपत्र

कुकुरहरुको विरोधपत्र

राजेन्द्र घायल
तिम्रो भाषण र हाम्रो कविता

तिम्रो भाषण र हाम्रो...

राजेन्द्र घायल
भ्रष्टाचार गरौँ

भ्रष्टाचार गरौँ

राजेन्द्र घायल
के फल्यो के फल्यो ?

के फल्यो के फल्यो...

राजेन्द्र घायल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x