मरुभूमि नारायणकसम
स्वाभिमान डगाएकै ढलमा बगाएकै छु किन आफै बेचिएँ भन्थे मै थिएँ जाली ॥

मरुभूमि नारायण :
एक आँखामा मेची बग्छ अर्कोमा काली
किन आँसु बग्यो भन्थें भाग्य रैछ खाली ॥
बेसहारा हुँदै गएँ सुखमा धेरै-धेरै रोएँ
किन चिम्ले भन्थें टेक्ने हुँदैनथ्यो डाली ।।
म जे थिएँ ठीकै थिएँ मेरै तालमा थिएँ
कठै भन्थे अर्कोतिर तिनै बजाउँथे ताली ।।
अभागीलाई अपमान स्वार्थीलाई सम्मान किन
भोको भएँ भन्थे रित्तो रहेछ थाली ।।
स्वाभिमान डगाएकै ढलमा बगाएकै छु किन
आफै बेचिएँ भन्थे मै थिएँ जाली ॥
सदा साथ दिन्छु भन्नेले त छोडेर गए किन
खाइस् कसम भन्थे पाउँथे गाली ॥
०००
तनहुँ







































Wooow