साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश-३९)

बढ्दै आओ युवा हो कृत युगलयको बाँध्न चौडा भकारी। बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

गर्दै सत्कर्म धामा पलपल म जमूँ वृद्धको ज्ञान बोकी ।
यस्तो बाटो हिँडेमा सबभव हितका छर्दछन् दिव्य ज्योति। ।
बेलाको प्राप्ति टिप्दै खुद अगि म बढूँ कृत्य उम्दा सकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।९१।।

मान्छे देख्छन् निकम्मा कृत पथ नहिँडे चेतना नित्य राखूँ ।
फुल्छन् बेलीचमेली सहज घर हुली प्राप्तिको सौख्य डाकूँ ।।
बढ्नै पर्नेछ मैले श्रम सुकृत टिपी हर्ष आभा फिँजारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।९२।।

पढ्दै उल्लास बोकी कृत फल करमा टिप्न जो सक्छ मान्छे ।
सिङ्गै ब्रह्माण्ड खोजी मनुजमन चिनी बन्न त्यो सक्छ भान्से ।।
बढ्दै कुल्चन्छ वैरी बुधबल बटुली दिन्छ अग्लाे चिनारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।९३।।

नङ्गाको देश बुझ्छन् अबुझ शठ सबै लुक्दछन् नित्य चोर्छन् ।
सोझासाझा पछार्छन् अनियम पथमा बढ्दछन् अर्थ जोड्छन् ।।
दुख्नेछन् वृद्ध हाम्रा अनियम पथका दुष्ट फ्याँकौँ निथारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ।।९४।।

उल्टो बाटो नरोजे सुखसयल खुली गेहमा नित्य पस्छन्।
मान्छे तान्ने सुचाला अवनितल खुली योग्यता सार कस्छन् ।।
बढ्दै आओ युवा हो कृत युगलयको बाँध्न चौडा भकारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी।।९५।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x