सुरेशकुमार पाण्डेअनुदान
त्यो त ठिक हो सर तर गहिरा गाउँमा विपत परेको छ त्यहाँका जनतालाई राहत मिल्छ भनेर विभिन्न दाताहरूले राहत सङ्कलन गरेर हाम्रो विश्वासमा पठाएका छन्।

सुरेशकुमार पाण्डे :
“सुन त भाई ?”- प्रदिपले आवाज लगायो।
“सर ! नमस्ते “- नेता प्रदिप आएको दखेर रामलाल उठ्यो र दुई हात जोड्यो।
“यो सबै समान छिट्टै डाँडा गाउँमा पठाउनुपर्यो।”- प्रदिपले आदेश दियो।
“तर सर यो त गहिरा गाउँका लागि भनेर आएको अनुदान सहयोग हो ।अन्यन्त्र पठाउँन मिल्छ र सर ?”-रामलाल र विध्याले एउटै स्वरमा भने।
“यिनी बहिना को हुँन ?”- प्रदिपले परिचय माग्यो।
“सर ! यहाँ यो राहत सङ्कलन गरेर हामि सम्म पुराउँनु हुने बहिनी हुनुहुन्छ। “-रामलालले जानकारी गराए।
” ए .ए. ! हाम्रै संस्था की सदस्य नै हुँन् ?”- उसले प्रश्न गर्यो।
“जी सर ! “-सटिकमा समर्थन् जनाए।
“त्यसो भए त झनै राम्रो भयो। अब भन्नुपर्दा आपत बिपतमा राहत पठाउँनेहरू पठाउँछन्, तर सङ्कलन् हामिले गर्छौँ भने हाम्रो संस्थालाई पनि त फाइदा हुनैपर्छ।”- प्रदिपले सम्झाउँन खोज्यो।
“त्यो त ठिक हो सर तर गहिरा गाउँमा विपत परेको छ त्यहाँका जनतालाई राहत मिल्छ भनेर विभिन्न दाताहरूले राहत सङ्कलन गरेर हाम्रो विश्वासमा पठाएका छन्। अनि सर डाँडा गाउँमा त कुनै बिपतको समाचार नै छैन।”- विध्याले आश्चर्य प्रकट गर्दै प्रश्न राखिन्।
“त्यहाँबाट हाम्रो प्यारो संगठनको एकजना लाएक उमिदवार उठ्दैछन्।उन्लाई चुनाउँ जीताउँने हाम्रो कर्तव्य पनि हो।”- नेता प्रदिपले आफ्नो भित्रको रहश्य खोल्यो।
०००
घोराही- १८, दाङ
०५-०२-२०८२
Subscribe
Login
0 Comments
Oldest







































