साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुदान

त्यो त ठिक हो सर तर गहिरा गाउँमा विपत परेको छ त्यहाँका जनतालाई राहत मिल्छ भनेर विभिन्न दाताहरूले राहत सङ्कलन गरेर हाम्रो विश्वासमा पठाएका छन्।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“सुन त भाई ?”- प्रदिपले आवाज लगायो।
“सर ! नमस्ते “- नेता प्रदिप आएको दखेर रामलाल उठ्यो र दुई हात जोड्यो।
“यो सबै समान छिट्टै डाँडा गाउँमा पठाउनुपर्यो।”- प्रदिपले आदेश दियो।

“तर सर यो त गहिरा गाउँका लागि भनेर आएको अनुदान सहयोग हो ।अन्यन्त्र पठाउँन मिल्छ र सर ?”-रामलाल र विध्याले एउटै स्वरमा भने।
“यिनी बहिना को हुँन ?”- प्रदिपले परिचय माग्यो।
“सर ! यहाँ यो राहत सङ्कलन गरेर हामि सम्म पुराउँनु हुने बहिनी हुनुहुन्छ। “-रामलालले जानकारी गराए।
” ए .ए. ! हाम्रै संस्था की सदस्य नै हुँन् ?”- उसले प्रश्न गर्यो।
“जी सर ! “-सटिकमा समर्थन् जनाए।

“त्यसो भए त झनै राम्रो भयो। अब भन्नुपर्दा आपत बिपतमा राहत पठाउँनेहरू पठाउँछन्, तर सङ्कलन् हामिले गर्छौँ भने हाम्रो संस्थालाई पनि त फाइदा हुनैपर्छ।”- प्रदिपले सम्झाउँन खोज्यो।
“त्यो त ठिक हो सर तर गहिरा गाउँमा विपत परेको छ त्यहाँका जनतालाई राहत मिल्छ भनेर विभिन्न दाताहरूले राहत सङ्कलन गरेर हाम्रो विश्वासमा पठाएका छन्। अनि सर डाँडा गाउँमा त कुनै बिपतको समाचार नै छैन।”- विध्याले आश्चर्य प्रकट गर्दै प्रश्न राखिन्।

“त्यहाँबाट हाम्रो प्यारो संगठनको एकजना लाएक उमिदवार उठ्दैछन्।उन्लाई चुनाउँ जीताउँने हाम्रो कर्तव्य पनि हो।”- नेता प्रदिपले आफ्नो भित्रको रहश्य खोल्यो।

०००
घोराही- १८, दाङ
०५-०२-२०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x