साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुद्ध खसीको मःमः

बन्दै नबनेको पुलको मर्मत गरिन्छ भने शुद्ध खसीको मःमः भनेर सफाइ किन दिइरहन पन्यो ? आफू शुद्ध बनेर अरूलाई बिटुलो देखाउने सामन्तवादी चिन्तन । व्यवस्था बदलिए पनि संस्कार बदलिएन ।

Nepal Telecom ad

रामप्रसाद अर्याल :

अचेल सचेत मानिसको चेत अचेत-बिचेत हुन थालेको छ । त्यसैले म, तपाईं, हाम्रो हंस-मंस भने पछि रमाउछ । त्यसमा पनि खसीको मासुको त कुरै अर्कै । पास्नी पन्यो मासु, बिहा पन्यो मासु, मान्छे जन्मियो मासु, स्वर्गतिर अन्भियो मासु, सिद्ध पुरुष बन्नुपर्ने मान्छे, गिद्ध पुरुष बन्न हतारिदै छ ।

मासु खानु ठीक या बेठीक, शाकाहारी कि मांसाहारी यो अहिलेको विषय होइन । त्यसैले खसीकै चर्चा गर्नु सान्दर्भिक ठहर्छ। मःमः भन्नेबित्तिकै मासुको एक प्रकार, एक परिकार भन्ने बोध हुन्छ। यो परिकार कुन देशबाट आयो रूस कि चीन, म चिन्दिनँ। मेरो विचारमा होटलबाट आयो भट्टी पसलमा रमायो ।

हिजोको सन्तु नेपालीको आन्द्राको तन्तु मासु पचाउने जन्तुमा परिणत भैसकेको छ । शक्ति सम्पन्नले गरीब भनेर हेपून्, बलिया बाङ्गाले खलिया नाङ्गालाई निर्दो भनेर चेपून् तर कुनै पर्वाह छैन । बरु चितुवा बनेर बेपर्वाह दौडेर मासुखाने होडमा छिमेकीलाई पछि पारेको छ, मान्छेले । दक्षिण एसियाली मुलुकमा गरिएको अनुसन्धानको एक सन्धानअनुसार एक भारतेली नागरिकले वर्ष दिनमा पाँच किलो मासु खान्छ भने एक नेपालीको भुँडीमा दश किलो मासु जान्छ । शहरदेखि गाउँसम्म शाकाहारी होस् या मांसाहारी भोज या भतेर मिट मःमःले आफ्नो उपस्थिति खाद्य परिकार जगतमा बनाइसकेको छ । स्वादिष्ट व्यञ्जन जनाइसकेको छ ।

यो परिकार अचेल शाकाहारीलाई समेत चल्छ । सेतो पिठाको डल्लो । कसको पेटभित्र को पस्न सक्छ र ? पेटभित्र के छ के छ ? सुकिलो आवरणमा त हो भिन्त्र सडेको वस्तु छिपाउने । अदुवा, लसुन, ज्याज, टिमुर आदि मरमसलाड झान्ने एक बटुको सुपसित तान्ने । तब त पेट गम्म फुल्छ । भ्रष्टाचारीको वैद खाता फुलेझै ।

यो दुनियामा शुद्ध वस्तु के छ ? केही पनि छैन र कोही पनि छैन । अर्को कुरा मानेदेखि सबै वस्तु शुद्ध । ‘मन चङ्गा छ भने कठौतीमा गंगा’ भन्ने चलन छ। हामी सबैलाई शुद्ध पार्ने नदी, बागमती, विष्णुमती हुन् । तर ती यति शुद्ध छन कि तपाई हामी त्यहाँ नुहाएर चोखो हुन सक्दैनौं, फोहोरी हुन्छौं। भारतमा गंगा, यमुनाको हालत यस्तै छ । गंगाको जल ढल निकासको उचित स्थल भैरहेको छ। नेपालका पशुपतिनाथ, काशीका विश्वनाथले यही ढल मिस्सिएको जलले नुहाउँछन् । उनीहरूलाई एलर्जी हुँदैन। विष सेवन गर्ने महादेवसँग इख गर्ने कुरा भएन ।

शिवरात्रीको दिन पारेर नुहाउने मनुवालाई एलर्जी हुन्छ । शुद्ध भनेको के ? कुनै कुराको मिसावट नभएको, मिलावट नभएको वस्तु भन्ने बुझिन्छ । अहिलेको जमानामा आमाको दूध, आमाको माया चोखो छ कि छैन ? मलाई त श‌ङ्क लाग्छ । खसी शुद्ध हुनु भनेको उसको आमा (बूढी बाखी) पनि शुद्ध हुनु हो। यदि ऊ शुद्ध छैन भने उसले जन्माएको पाठो कसरी शुद्ध हुन सक्छ ? उमेरमा बूढी बाखी पनि घोर्ले हुँदी हो वनमा घाँस चरेर फर्किंदा क्षत-विक्षत भइन होला भन्न सकिन्छ ? सकिदैन। किनभने एउटा कुरा तपाईंको कानमा मात्र सुटुक्क भन्छु- यहाँ दिदी-बहिनीहरूले दाजुभाइलाई देखे त कुखुराले जमलकाठे देखे जस्तो तर्सिनुपर्छ भने वनमा डुल्ने बाखीको के कुरा। ठूला घरका साँडा, वनमा छाडा छन् । उनीहरूसँग कुमारी पठेक्रीहरूले अस्तित्व जोगाएर बस्नु भनेको दिउँसै तारा खस्नु हो। रोगाएर बाँच्न सकिन्छ तर अक्षत योनी जोगाएर बाँच्न सकिन्न ।

नसा छिनेको सन्तानगेडी हिनेको खसी देवीदेउतालाई चढ्‌दैन । अशुद्ध मानिन्छ । निर्भक्क कालो, सेतो वा छिर्के मिर्के काठे, ब्याठे राखेको डुङडुङती गन्हाउने बोका शुद्ध हुन्छ, शुद्ध मानिन्छ । गाउँघरमा वलीमली गरे पनि देवी र भैराम बाबालाई बली चढ्छ । हिन्दू, मुस्लिम, इसाई, कसाई, मंगोल, डङ्गोल मिलेर एकछत्र भैसकेको युगमा शुद्धताको कुरा गरेर रूढिवादको जरो समाउनु कत्तिको उचित हो ? विचारणीय छ । हामी आफैँ कति शुद्ध छौं। एउटा भनाइ छ-ती तिम्री आमा हुन् परम सत्य हो तर बाबु हुन् विश्वास गर। आमा जोरजुलुममा परेको भए वा खुसीसाथ रासलीला गरेको भए के शुद्ध भइन्छ ? भइँदैन । आमा बाहिर मुखले यो छोरो हजुरको पो त । हजुरको जस्तो नाक, हजुरको जस्तो मुख । भित्र मनमनै हुन्छ तेरो छोरी ? मेरो बिहे अघिको केटा साथीको पो हो त यसो भन्नेहरू कति छन कति । मःमः बन्ने होटलमा पस्दा संगीसाथीसँग बस्दा मःमः बनाइएका खसी लोकल कि विकासे । जमुनापारे कि सिंगारे भनेर कसैले सोधेको मलाई थाहा छैन।

मटन भनेपछि मटन नै हो । मटन खाएपछि गफाडीहरूको गफको बटन खुल्छ । बफ खाए पप जम्छ । भेजको भाउ छैन । चिकेन चर्को छ । बस, हामी होटलमा जाऔं मःमः खाऔं, शुद्धताको कुरा न उठाओं यसमा नै सबैको भलाई छ।

शुद्धताका निम्ति काशी नुहाउनेहरू पनि बासी भैसके । जुन देशमा सरकार शुद्ध छैन त्यो देशमा पाइने वस्तु, बन्ने र बनाइने परिकार शुद्ध हुन्छ ? अहँ मलाई विश्वास छैन । त्यसो त यो देश कति प्रतिशत शुद्ध छ । नक्साअनुसार भूभाग छ कि छैन ? नेताहरूले प्राप्त गरेको मत शुद्ध हो कि होइन ? भन्ने प्रश्न पनि हरूवाहरूले नउठाउलान् भन्न सकिन्न । अनुसन्धान आयोग र अध्यागमन विभागले कुनै खसीलाई शुद्धताको प्रमाण दिएको छ ? थाहा छैन । खसी बोका, खसी-बूढीबाखी, खसी पठेत्री, बेत-बसेकी, सुत्केरी हुने अवस्थाकी, मासु एकै, काटे रगत रातै । पहिलेका र अहिलेका नेता जस्तो । शुद्ध खसीको मःमः देखाउने साइनबोर्ड मात्र ।

गाउँघरमा पाडी जन्मिनै छाडे । नारी-पुरुष बराबरी भनेपछि कुन पाडी कुन पाडो एकै हुने भैगयो । दिँदासम्म दूध, मर्ने बेलामा मासु । खसी भनेपछि ठूलो खसी, ठूलो खसी भनेको राँगो, राँगोसँग भैंसीको मासुको सहजै मिलन हुने भै हाल्यो । मासु भनेपछि जिउँदो प्राणीको कुरै भएन । यहाँ त काल गतिले स्वर्गे भैसकेकाले पनि भुटुवा, सेकुवा आदि बन्ने सौभाग्य पाउँछन् र पो त । देशभरि मःमःको महोत्सव चलिरहेछ खान जाने होइन त ?

यहाँ दस्युराज सभामा राज हुन्छन्, कुस्तीबाज सभासद् हुन्छन् भने खसीको मासु भनेर कुकुरकै मासु बेचे पनि कारबाही हुने कुरै भएन । कमिसन घट्छ । के कति शुद्ध ? को कति शुद्ध ? घटबढ मात्राको । भ्रष्टाचारले संस्थागत मान्यता पाएको अवस्थामा यो सरकार, मन्त्री, सभासद्, शिक्षक, निरीक्षक, विद्यार्थी, परीक्षक कति प्रतिशत शुद्ध छन् खोज गर्ने फुर्सद कसलाई ? हुँदै नभएको स्कुलको नाममा निकासा जान्छ । बन्दै नबनेको पुलको मर्मत गरिन्छ भने शुद्ध खसीको मःमः भनेर सफाइ किन दिइरहन पन्यो ? आफू शुद्ध बनेर अरूलाई बिटुलो देखाउने सामन्तवादी चिन्तन । व्यवस्था बदलिए पनि संस्कार बदलिएन ।

खसीको शुद्धता मापन गर्न, विशुद्ध आयोगको शुद्धिबुद्धि हराएको छ । पार्टी, दल र ठगबन्धनको सरकार कति प्रतिशत शुद्ध छ ? चोर, डाँका, घुस्याहा दलाल, हत्यारा, बलात्कारीहरू सुकिलो आवरणमा अत्तर घसेर बसाएका छन् । यिनलाई जिताउने यिनको भलो चिताउने हामीभन्दा बोसोले भरिएको बोधो खसी शुद्ध छ । मःमः शुद्ध छ । टन्न लेध्रोले तानुन्जेल पेटले धानुन्जेल खाऔं। बङ्‌गुरझैं मोटाऔं । हुन्न र ?

०००
मदनपाेखरा, पाल्पा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उल्टो बाटो

उल्टो बाटो

रामप्रसाद अर्याल ‘अविराम’
चुपचाप

चुपचाप

रामप्रसाद अर्याल ‘अविराम’
स्वागत तालिले गरौँ

स्वागत तालिले गरौँ

रामप्रसाद अर्याल ‘अविराम’
नबास्ने भाले

नबास्ने भाले

रामप्रसाद अर्याल ‘अविराम’
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
मलाई मनपर्ने दलको दाल

मलाई मनपर्ने दलको दाल

रामप्रसाद अर्याल ‘अविराम’
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x