साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विभ्रान्त शहर

त्यसैले अप्रिय लाग्छ सत्य अनि संसार हेर्न छोडिदिन्छु आफूलाई मात्र हेर्न थाल्छु बडो रमाइलो लाग्छ संसार फेर्दै जान्छु अनेकौं चश्माहरू जे जे छैन, जे जे म हैन त्यो त्यो हेर्न रुचाउँछु ।

Nepal Telecom ad

अनिता कोइराला :

अचानक हराएँ म
जसरी हराउँछ
कुम्भको मेलामा शिशु

हराउनुभन्दा ठिक अगाडि
शान्तिको पन्ख फिँजाएर
उड्दै थिएँ आनन्दको आकाशमा

हेर्दैथिएँ तल तलसम्म
बोकेर फराकिलो दृष्टि
विभेदको भारी फुत्त फालेर
टुसुक्क बसेकी थिएँ
समानताको चौतारीमा
देखेकी थिएँ
आफ्नै शरीरको धुलो
टकटक्याएकी थिएँ सचेतनाका हातहरू
चम्पासरोवरमा आफ्नै अनुहारको
समस्त दाग पखालेकी थिएँ

अहिले म हराएकी छु
रङ्गिचङ्गी संसारमा
हराउनुभन्दा ठिक अगाडि
खोलेर राखेकी थिएँ सुन्दर आँखाहरू
टलक्क टल्किने आधुनिक टेबुलमा

म मात्र हराएकी भए त, ठिकै थियो
विडम्बना कस्तो भयो भने
सम्यक् दृष्टि पनि टिप्न भुलेछु
अहिले म खोज्दै छु
चश्माको साँगुरो मार्गबाट
मेरा ती विशाल आँखाहरू

म हराउनु भन्दा ठिक अगाडि
विश्वासको हात
चपक्क समातेकी थिएँ
आफूलाई रित्तो पारेर
सारेकी थिएँ जिज्ञासाका पाइलाहरू
प्रज्ञाको डस्टरले अन्धकार मेट्दै थिएँ
झिलिमिली बनाउँदै थिएँ मेरो संसार

श्रुतिमधुर लाग्दै थिए,
आफ्नै जीवन रागहरू
अनन्त हृदयसँग हृदयको तार जोडेर
आनन्दको उत्सवमा रमाउँदै थिएँ
इन्द्रेणी उमङ्गको ऊर्जाले
छिचोल्दै थिएँ सन्तुष्टिका पहाडहरू

हराएको बालकको विश्वास लुटिए झैँ
मेरा ती सुन्दर आँखाहरू पनि लुटिए
आँखाहरू मात्र लुटिएको भए पनि ठिकै थियो
मेरो विश्वासको आकाश पनि त लुटिएछ
सद्भावनाको धर्ती पनि त खोसिएछ

म विवश छु अहिले
चश्माको बजारमा हराएकी छु
कालो चश्मा लगाउँदै हेर्छु
देख्छु, चारैतिर अँध्यारो मात्र
झट्ट आफूलाई हेर्छु
नजिकै झुन्ड्याएको ऎनामा
कस्तो अचम्म
आफूलाई त मात्र सेतो देख्छु

हतारिँदै पुन: रातो चश्मा भिर्छु
संसार रातै देख्छु,
आफूलाई पुन: हेर्छु
राजहंस जस्तै पाउँछु

हरियो चश्माबाट पनि हेर्छु
खडेरी देख्छु परपरसम्म
हरियाली त आफूमा मात्र पाउँछु
अनि दङ पर्दै खोलिदिन्छु अहम् को घोडा

त्यसैले अप्रिय लाग्छ सत्य
अनि संसार हेर्न छोडिदिन्छु
आफूलाई मात्र हेर्न थाल्छु
बडो रमाइलो लाग्छ संसार

फेर्दै जान्छु अनेकौं चश्माहरू
जे जे छैन, जे जे म हैन
त्यो त्यो हेर्न रुचाउँछु ।

०००
२०८२-३- १३
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रेमाशक्त

प्रेमाशक्त

अनिता काेइराला
फूलको उत्सव

फूलको उत्सव

अनिता काेइराला
ढुङ्गा बनेको मान्छे !

ढुङ्गा बनेको मान्छे !

अनिता काेइराला
भ्रमको पुलिन्दा

भ्रमको पुलिन्दा

अनिता काेइराला
निर्ढुक्क थियो ऊ

निर्ढुक्क थियो ऊ

अनिता काेइराला
समयको ब्ल्याक होल !

समयको ब्ल्याक होल !

अनिता काेइराला
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x