दिप मंग्रातीकृतघ्न !
जति टोके पनि चित्त नबुझ्ने जस्तो म टोकिरहे, तर दाँतले होइन शब्दले। आज आफैलाई अनुभूति हुँदैथियो, शब्दले पनि टोक्न सकिँदाे रहेछ..!

दिप मङ्ग्राती :
“सतिले सरापेको भन्दा मतिले सरापेको ज्यादा खतरनाक हुदो रहेछ” म आवेशित मुर्मुराएँ ।
“सतिले देशलाई सरापिन, मतिले कसलाई सराप्यो..?” ऊ केहि ठटेउली भावमा।
“मति भ्रम भएकाहरुले नि…! अरु कसले गर्छ यस्तो दूराचार” म अझै आवेशित।
“अरे छोडन, कोइ तेस्तै हुन्छन्, त्यस्तोलाई उस्तैले खाल्डोमा हाल्छ नि…!” ऊ सम्झाउन खोज्छ
“होइन…!स्वार्थ र सर्तको पृष्ठभूमिमा उभिएको मित्रता दिगो कसरि बनिन सक्छ…?” आफ्नो अभिष्ठ् पुरा गर्नमात्रै सम्बन्धको डोको बुन्ने होइन नि…!” म अझै गरम ।
“छोड्न यार, हाइना (हुँडार) कुकुर जस्तो देखिँदैमा घरपालुवा बन्न सक्छ र, जति नाटक गरे पनि हाइनाले भुक्न त सक्दैन, ऊ त खुशी हुँदा पनि हाँस्छ, दुखी हुँदा पनि हाँस्छ् नि, यसैलाई भनिन्छ हाइना प्रवृत्ति । हाँसेको पनि चिनिदैन, राेएको पनि चिनिदैन। सायद अरुको लुटेर खानेको प्रवृति नै यस्तै हुन्छ ।” उसले दार्शनिक शैलीमा भन्यो।
“आफ्नो काम लिनु छ भने, खुसुक्क घुस्रियो, काम सकेपछि, फुत्रुक्क उफ्रियो…!” नजिकै छ भनेर जति च्याप्न खोज्यो उत्ति चिप्लिएर पर जाने ।”
जति टोके पनि चित्त नबुझ्ने जस्तो म टोकिरहे, तर दाँतले होइन शब्दले। आज आफैलाई अनुभूति हुँदैथियो, शब्दले पनि टोक्न सकिँदाे रहेछ..!
मेरो एकाेहाेरो फतफतले ऊ केहि असहज बन्दै थियो ।
“आखिर कसले के गर्यो तँलाई, भन त सही…?”
“अरु को हुनु …? तैँ होस् नि मुला कृतघ्न !”
०००
बेलबारी -३, मोरङ
मिति २०८२-०९-०५
Subscribe
Login
0 Comments
Oldest







































