साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृतघ्न !

जति टोके पनि चित्त नबुझ्ने जस्तो म टोकिरहे, तर दाँतले होइन शब्दले। आज आफैलाई अनुभूति हुँदैथियो, शब्दले पनि टोक्न सकिँदाे रहेछ..!

Nepal Telecom ad

दिप मङ्ग्राती :

“सतिले सरापेको भन्दा मतिले सरापेको ज्यादा खतरनाक हुदो रहेछ” म आवेशित मुर्मुराएँ ।

“सतिले देशलाई सरापिन, मतिले कसलाई सराप्यो..?” ऊ केहि ठटेउली भावमा।

“मति भ्रम भएकाहरुले नि…! अरु कसले गर्छ यस्तो दूराचार” म अझै आवेशित।

“अरे छोडन, कोइ तेस्तै हुन्छन्, त्यस्तोलाई उस्तैले खाल्डोमा हाल्छ नि…!” ऊ सम्झाउन खोज्छ

“होइन…!स्वार्थ र सर्तको पृष्ठभूमिमा उभिएको मित्रता दिगो कसरि बनिन सक्छ…?” आफ्नो अभिष्ठ् पुरा गर्नमात्रै सम्बन्धको डोको बुन्ने होइन नि…!” म अझै गरम ।

“छोड्न यार, हाइना (हुँडार) कुकुर जस्तो देखिँदैमा घरपालुवा बन्न सक्छ र, जति नाटक गरे पनि हाइनाले भुक्न त सक्दैन, ऊ त खुशी हुँदा पनि हाँस्छ, दुखी हुँदा पनि हाँस्छ् नि, यसैलाई भनिन्छ हाइना प्रवृत्ति । हाँसेको पनि चिनिदैन, राेएको पनि चिनिदैन। सायद अरुको लुटेर खानेको प्रवृति नै यस्तै हुन्छ ।” उसले दार्शनिक शैलीमा भन्यो।

“आफ्नो काम लिनु छ भने, खुसुक्क घुस्रियो, काम सकेपछि, फुत्रुक्क उफ्रियो…!” नजिकै छ भनेर जति च्याप्न खोज्यो उत्ति चिप्लिएर पर जाने ।”

जति टोके पनि चित्त नबुझ्ने जस्तो म टोकिरहे, तर दाँतले होइन शब्दले। आज आफैलाई अनुभूति हुँदैथियो, शब्दले पनि टोक्न सकिँदाे रहेछ..!

मेरो एकाेहाेरो फतफतले ऊ केहि असहज बन्दै थियो ।
“आखिर कसले के गर्‍यो तँलाई, भन त सही…?”
“अरु को हुनु …? तैँ होस् नि मुला कृतघ्न !”

०००
बेलबारी -३, मोरङ
मिति २०८२-०९-०५

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिको

सिको

दिप मंग्राती
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x