साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पतिपत्नी !

"यो दुनियाँमा माफी माग्ने नै निर्दोष मानिसले हो।र, म अरू जे जे बने पनि अहङ्कारी बन्दिनँ। यही भएर सजिलै "सरी" भन्छु।" प्रोफेसर ।

Nepal Telecom ad

धनराज गिरी :

“बूढा,यो देशमा कति दल भए चल्छ ?” लाडिएर,काखमा आइन् “सायमा नूर हूरश्री गौरी” पतिदेव, उनको भाषामा, प्रोफेसर “सैयद अली जमालुद्दीन गजलामृतराज आशुतोषश्री गिरोपाध्यायको। “यो घरमा अहिले हामी कति जना छौं ?” दुईजना “पत्नी।” प्यारी, देश र घर उही हो, जसरी हामी दुई जना मात्र घरमा, घरमा कुनै लफडा,आन्दोलन छ?” प्रोफेसर ।
छैन नि। किन हुने ? मेरो सरकार,मेरो सत्ता ! एकछत्र राज! हजुर त सहयोगी, महावीर पुनजस्तो।” गौरी।

“यही भएर दुई दल,सकियो।” प्रोफेसर ।
“बूढा, यी साहित्यकारहरूले पनि कुरा काट्ने बाई, हामी आइमाईलाई यसोउसो भन्ने!अझ विद्वान् रे, विद्यावारिधि अरे!हरे शिव। किन बूढा ?” उनी।

“कुरा खेती,साहित्यकार भनेकै कुरा उद्योगको मालिक हो । कुरा बनेकै काट्न हो,बजेट र मह चाट्न हो। कुरा नकाटे अनौठो मान्नू !” प्रोफेसर ।

” बूढा,यो डिभोर्स किन हुन्छ ?” उनी।
“कि मात लागेर, कि बात लागेर ! र, उपयोगिता ह्रास नियमले गर्दा पनि!पर्यटक मन,नयाँ नयाँ भूगोलको खोजीमा हुन्छ। नचाखेको फल बढी मीठो हुन्छ !” प्रोफेसर । “प्यारा,हजुर किन आफू निर्दोष भएर पनि माफी माग्नुहुन्छ ? कमसेकम मलाई त थाहा छ हजुर कस्तो मान्छे हो भनेर ! किन बूढा ?” गौरी।

“यो दुनियाँमा माफी माग्ने नै निर्दोष मानिसले हो।र, म अरू जे जे बने पनि अहङ्कारी बन्दिनँ। यही भएर सजिलै “सरी” भन्छु।” प्रोफेसर ।

” बूढा पुरुष पुरुषको अनुहार मिले दाजुभाइ, वा, पितापुत्र, पुरुष नारीको अनुहार मिले दाजुबैनी, वा दिदीभाइ, वा पितापुत्री, विचार मिले साथी, केही पनि नमिले के नाता हुन्छ ? पर्छ ?” गौरी, मासुम भएर।
“पतिपत्नी !” प्रोफेसर ।

प्रोफेसर सात दिनदेखि अस्पतालमा छ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
डोजर पुराण

डोजर पुराण

फित्काैली डटकम
रकिब !

रकिब !

धनराज गिरी
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x