साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘एटिएम’ अर्थात् ‘अन्तै टाँसिने मान्छे’

पत्नीले माइतीको धाक र रवाफ पतितिर ठोसिरहने हो भने पति नैराश्यतिर ढल्किन्छ र अन्तै पल्किन्छ। जब घरमा आदर्श परिवारको उपस्थिति हुँदैन त्यो घर चाहिँ घर नै होइन।

Nepal Telecom ad

अमर अधिकारी :

एटिएम मेशिनको च्याप्टो दुलोमा कार्ड छिराएपछि एटिएमले खुरुक्क नगद दिन्छ धेरैजसो कटकटे नयाँ नोट। कहिलेकाहिँ हल्का हल्का पुराना पनि दिन्छ एटिएमले। धेरै पुराना नोट भने बैंङ्कले एटिएममा राख्दैनन्, किन कि त्यस्ता नोट बाहिर निस्किँदा च्यातिने, खुम्चिने अनि अड्किने अवस्था आउनसक्छ। कहिल्यै एटिएम नदेखेको भाइलाई एटिएम बुथमा लगेर यो यो बटन थिच भनेर अर्‍हाएपछि र हजारका नगद नोट हातमा परेपछि भाइले तीनचित खाएका थिए र भने- “दाइ ! मलाई पनि एटिएम कार्ड बनाइदिनुपर्‍यो, यसरी पैसा खुरुरु आउने भएपछि किन काम गर्नुपर्‍यो?” मैले भाइलाई सम्झाउँदै भने- “यसरी नगदी नोट खुरुरु हातमा ल्याउनका लागि बैंङ्कमा व्यालेन्स चाहिँ हुनुपर्छ है भाइ !”

कहिलेकाहिँ एटिएमले धोका दिने भएकोले थोरै थोरै भए पनि घर नजिकैका अन्य बैंकमा खाता हुनु र एटिएम कार्ड बनाउनु जरुरी छ। यो लेखकले एटिएमले नोट नझारेपछि सेयरको फाराम भर्न पाएको थिएन एकताका। त्यसैले मैले थोरै थोरै भए पनि तीनवटा बैंकमा खाता खोलेको छु र एटिएम कार्ड लिएको छु। एउटाले काम नगरे अर्कोले काम गर्छ र दुईटैले काम नगरे तेस्रोले काम गर्छ। तर एकदिन त तीनवटै एटिएमले काम गरेनन्। एउटाले भन्छ- “एटिएम इज अन्डर मेन्टिनेन्स” अर्कोले भन्छ- “व्यालेन्स लो” त्यस्तै तेस्रोले भन्यो- “प्लिज युज एनोदर एटिएम !” यसरी तीनवटै एटिएमले काम नगरेपछि खाली पर्स लिएर घरमा आएँ। आपत परेको बेलामा तीनवटै एटिएमले काम नगरेपछि हैरानी व्यहोर्नु पर्नेरहेछ। आखिर नेपाल न हो, जताततै बेथिति।

अब लागौँ एटिएम अर्थात् अर्कैसँग टाँसिने मान्छेको प्रसंगतिर। हिजोआज टिकटकमा श्रीमतीलाई सुझाव दिइएका कुराहरु आइरहेका हुन्छन् योगीहरुबाट वा महिलावादीहरुबाट। उनीहरु भन्छन्- “तपाईँको श्रीमानसँग मीठो बोल्नुभएन र सधैँ ठुस्किइ रहनुभयो भने तपाईँको श्रीमानले बाहिरतिर वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आउँछ। पतिसँग गरिनुपर्ने व्यवहार रुखो भयो भने निश्चय पनि पुरुष अन्तै लाग्नसक्छ। त्यसैले पतिसँग राम्रो व्यवहार गर्नुहोस्। पतिले दुःख गरेर कमाएको पैसालाई महत्व दिनुहोस्। पतिले निभाउने जिम्मेवारीलाई बुझ्ने गर्नुहोस्, उनलाई दिक्क हुनेखालका बोली वचन र व्यवहार नगर्नुहोस्। पति खुशी नभएको घर के घर ?”

यस लेखमा एकोहोरो किसिमले पत्नीले पतिलाई रिझाउनुपर्छ भन्न खोजिएको भने होइन। जुन घरमा पतिपत्नी बीच समझदारी हुँदैन त्यो घर नर्क सरह हुन्छ। त्यसैले पतिपत्नीबीच एकअर्काप्रति प्रेमको सम्बन्ध प्रगाढ हुनुपर्छ। पतिले पत्नीलाई जति धेरै माया गर्‍यो पत्नीले पनि पतिलाई त्यत्तिकै माया गरेको हुनैपर्छ। तर पत्नीले माइतीको धाक र रवाफ पतितिर ठोसिरहने हो भने पति नैराश्यतिर ढल्किन्छ र अन्तै पल्किन्छ। जब घरमा आदर्श परिवारको उपस्थिति हुँदैन त्यो घर चाहिँ घर नै होइन। अरुको कुरा सुनेर पतिको बारेमा जानकारी लिन ज्योतिषीकोमा जाने होइन। आफ्नो बानी व्यवहार सुधार्नुपर्दछ।

पतिले पनि पत्नीलाई सकेसम्म हेपेर व्यवहार गर्नुहुँदैन। पत्नीलाई जति धेरै माया गर्‍यो घर त्यति नै स्वर्ग समान हुन्छ। पत्नीले पतिलाई राम्रो व्यवहार गर्न नसकेमा पति ‘एटिएम’ अर्थात् ‘अन्तै टाँसिने मान्छे’ बन्नसक्छ। त्यसैले पतिपत्नीबीचको प्रेम सम्बन्धलाई प्रगाढ बनाइराख्नु पर्दछ। यसो गरेमा समाजले पनि इज्जत गर्दछ। नत्र भने आफन्तहरुले समेत हेप्ने र उचाल्ने अनि पछार्ने वातावरण आउनसक्छ। पत्नीजीहरु तथा पतिजीहरु हो ! आजैदेखि होस् गरौँ !! एकअर्कामा प्रेम गरौँ सन्तानलाई संस्कार सिकाओँ। कहिलेकाहिँ विवाद हुनु सामान्य हो। तर सधैँ किचकिच गर्ने पत्नीको फेला पर्‍यो भने पति ‘एटिएम’ बन्नसक्ने सम्भावना बढी रहन्छ।
हरि ॐ तत्सत् !

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
डोजर पुराण

डोजर पुराण

फित्काैली डटकम
रकिब !

रकिब !

धनराज गिरी
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x