साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लडाइँ

त्यहाँ घुइँचो लागेको थियो । एउटा बटुवाले एउटा मान्छेसित सोध्यो, ‘‘के भयो र हजुर ? के समस्या परेछ ?’’ त्यस मान्छेले उत्तर दियो, ‘‘केही हैन हजुर, कुकुरहरूको लडाइँ हो !’’

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

चोपडा साहेब अनि साहनी साहेबका घरहरू जोडिएका छन् । बिचमा एउटा पर्खाल थियो । दुवैले एउटा एउटा कुकुर पालेका थिए । कुकुरहरू डरलाग्दा थिए र आउनेजाने मानिसहरू डरले बाटाको अर्कोपट्टिबाट हिँड्थे ।

त्यसो त चोपडा साहेब र साहनी साहेबको स्वभाव अनि व्यक्तित्व कस्तो थियो भने उनीहरूले घरका लागि छुट्टै कुकुर पाल्नुपर्ने थिएन । त्यसका लागि उनीहरू नै पर्याप्त थिए ।

एक दिन भने कसरी न कसरी चोपडा साहेबको कुकुर साहनी साहेबको परिसरमा पसेछ या साहनी साहेबको कुकुर चोपडाकोमा पसेछ कुन्नि ? तिनीहरू त बाटामा आएर लडिरहेका थिए ।

चोपडा साहेब र साहनी साहेब पनि तत्कालै बाटामा निस्के । पहिले त उनीहरूले आआफ्नो कुकुरलाई बोलाए । कुकुरहरू पनि आआफ्ना मालिकका गोडामा लुट्पुटिन थाले ।

चोपडाले भने, ‘‘आफ्नो कुकुरलाई राम्रोसित स्याहारेर राख भनेर दसौँपल्ट भनिसकेँ । सुन्ने हैन ।’’

साहनीले भने, ‘‘तिमीले आफ्नो कुकुरलाई स्याहार न ! उही त आएको हो हाम्रो कम्पाउन्डभित्र । कस्तो चोर नस्लको कुकुर हो कुन्नि ?’’

‘‘चोर नस्लको कुकुर त तिम्रो हो ।’’ चोपडा चिच्याए ।

‘‘तिमी ? तिमी नै चोर नस्लका हौ र तिम्रो कुकुर पनि चोर नस्लको हो ।’’ साहनीले साहस देखाए ।
‘‘ए हजुर, चोर त तिमी पो हौ । पी.डब्लु.डी. का ठेकेदारहरूसित पैसा खाएर यो घर बनाएको मलाई थाहा छैन र ?’’ चोपडाले पोल खोले ।

‘‘तिमी त झन् चार सौ बिस पो हौ । स्मगलिङ गरेर मोज गर्दै छौँ । अनि !’’ साहनी पनि अगाडि बढे ।
उता दुवै कुकुरहरूले आआफ्ना मालिकका टाङमुनि छिरेर उनीहरूलाई प्रोत्साहित गर्दै थिए ।

‘‘मैले भन्द्या छु है, तिम्रो कुकुर यता आयो भने म गोली ठोकिदिन्छु नि !’’ चोपडा हिंसामा ओर्ले ।
‘‘अनि तिम्रो कुकुर यता आयो भने कुकुर कुकुरको मालिक दुवैलाई ठोक्छु ।’’ साहनी त प्रतिहिंसामा ओर्ले र त्यो पनि मानवहिंसामा ।

‘‘ए कुकुरका छाउरा ! तैँले मलाई गोली हान्छस् ?’’ चोपडाले साहनीको प्रजाति नै फेरिदिए ।
‘‘तँ सुँगुरको पाठो !’’ साहनी पनि कम देखिएनन् ।
त्यहाँ घुइँचो लागेको थियो ।

एउटा बटुवाले एउटा मान्छेसित सोध्यो, ‘‘के भयो र हजुर ? के समस्या परेछ ?’’

त्यस मान्छेले उत्तर दियो, ‘‘केही हैन हजुर, कुकुरहरूको लडाइँ हो !’’

०००
परसाईको ‘परसाई रचनावली’ २ अन्तर्गत ‘लघुकथाएँ’ खण्डअन्तर्गतका कथाहरूबाट अनुवाद गरिएको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
तिवारीजीको कथा

तिवारीजीको कथा

हरिशंकर परसाईं
चौबेजीको कथा

चौबेजीको कथा

हरिशंकर परसाईं
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
शक्ति

शक्ति

लीलाराज दाहाल
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x