साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलामी बन्न निस्के झैँ

राजै राजा हुने कस्तो अनौठो गणतन्त्र यो

Nepal Telecom ad

निरङ्कुश भनी राजा फालिएथ्यो भने जब

किन थप्नु तिनै राजा-रजौटा पर्दथ्यो अझ ?

एउटै राजधानीले काम चल्थ्यो भने अझ

थपी नयाँनयाँ राजा किन हौसिन्छ मानिस ?

 

जति राजा भए त्यत्ति राजधानी हुने भए !

राजधानी भए जत्ति त्यति राज्य हुने भए !

राजै राजा हुने कस्तो अनौठो गणतन्त्र यो

निचोरी जनता बाँच्ने अनौठो लोकतन्त्र यो !

 

‘सार्वभौम भयो लोक,-गफमा सबथोक भो

मलामी बन्न निस्के झैँ परन्तु लाग्छ देशको !

ख्वाउँला कसरी मैले – मलामी यति धेर छन् ?

सम्मान कसरी होला- जहाँ स्वार्थ अनेक छन् ?

 

कोदोवारी त हो पुग्ने फटेङ्ग्रा जति उफ्रिऊन्

कहाँ छ सजिलो बाँच्न कमिला यत्रतत्र छन् !

बारीमा उफ्रिने त्यस्सै फटेङ्रो किन बन्नु झन्

खाने दाउ गरी बस्ने बाटा बीच तयार छन् !

 

फटेङ्ग्रा जोगिएलान् र भए पनि ठुला ठुला

सानै भएर के हुन्छन् कमिला अति जोशिला,

हेर्छु सङ्घर्षमा देख्छु- फटेङ्ग्रा हार्दछन् ठुला !

आपसी मेल राख्नेले जित्छन् युद्ध ठुला ठुला।

 

अहो ! विचित्रको खेला देखिएको छ वास्तव

म उस्तै हेरिराख्दैछु तिनैलाई छु बिस्मित

लाश बन्न हिडे जस्तै फटेङ्ग्रा हिड्दछन् यतै

मलामी बन्न निस्के झैँ कमिला छन् जताततै ।

 

पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
म, कान्छोमामा र उखानहरू

म, कान्छोमामा र उखानहरू

डिल्लीराज अर्याल
फेरि पनि उस्तै …ज्ञानम् ज्ञाने ज्ञानानि

फेरि पनि उस्तै …ज्ञानम्...

डिल्लीराज अर्याल
बैकुण्ठमा बास हुनैपर्छ

बैकुण्ठमा बास हुनैपर्छ

डिल्लीराज अर्याल
नयाँ नेपाल कन्या कपाल !

नयाँ नेपाल कन्या कपाल...

डिल्लीराज अर्याल
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x