साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झापामा स्रष्टा सम्मान तथा मुक्तक गोष्ठी सम्पन्न

अग्रज कवि गजलकार, मुक्तककार केशव आचार्य सम्मानित

Nepal Telecom ad

मुक्तकसागर त्रैमासिकले झापामा स्रष्टा सम्मान तथा मुक्तक गोष्ठी कार्यक्रम आयोजना गरेको छ । गत आइतबार बिर्तामोडमा आयोजित कार्यक्रममा झापाका अग्रज कवि गजलकार, मुक्तककार केशव आचार्यलाई सम्मान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल र मुक्तकसागरका सम्पादक निशा के.सी.ले आचार्यलाई मुक्तकसागर साहित्य सम्मान अर्पण गरेका थिए । आचार्य चार दशकभन्दा बढी समयदेखि साहित्यसेवामा समर्पित छ्न् ।

कार्यक्रममा मुक्तककारहरू होम सुवेदी, विमल वैद्य, कृष्ण निराकार, देवीचरण भण्डारी, टंक विकल्प, लीला अनमोल, रुद्र अधिकारी, लक्ष्मी रायमाझी, चित्रा कोइराला, लक्ष्मी आचार्य, अम्बिका खरेल उप्रेती, मदन भण्डारी, अनवर अली, लक्ष्मी अच्युत ढुङ्गाना, मनु विश्वकर्मा, भिजन गुरागाइँ, पुष्पा प्रकृति, उमेश विरोधी, पदम निरौला, विकास शिवा, सविन सिटौला, तुलसीप्रसाद भट्टराई, पवन ढुङ्गेल, पुष्प काफ्ले, प्रचूर अभाव, सुमन सिङ्गल, मुना मन्जरी लगायत तीन दर्जनभन्दा बढी मुक्तककारले आआफ्ना मुक्तक वाचन गरेका थिए ।

वाचित मुक्तकमा वर्तमान समयको चित्रसँगै संवेदना, सौन्दर्य र विद्रोह कलात्मक र शक्तिशाली रूपमा आएको धारणा प्रमुख अतिथि विवश पोखरेलको थियो । कार्यक्रमको सभापति तथा सम्पादक निशा के.सी.ले मुक्तकसागर सबैको साझा मञ्च रहेको र यो पत्रिका मुक्तक विधाको उन्नयन र विकासमा प्रतिबद्ध भएको विचार व्यक्त गरिन् ।

कार्यक्रममा सम्मानित स्रष्टा केशव आचार्य, साहित्यकार पत्रकार चन्द्र भण्डारी, कवि गणेश निरौलाले शुभकामना व्यक्त गरेका थिए । सम्मानित स्रष्टाको परिचय कवि तथा पत्रकार लीला अनमोलले, स्वागत मन्तव्य मिलन सङ्ग्रौैलाले, कार्यक्रममाथि प्रकाश सुनिता तामाङले र कार्यक्रम सञ्चालन हरि बरालले गरेका थिए ।

इलाम, झापा, मोरङ, सुनसरी, काठमाडौँलगायतका मुक्तककारको उपस्थिति रहेको कार्यक्रमको संयोजन झापाली साहित्य समाज र पालुवा मिडियाले गरेको हो ।

फोटो साभार : रातोपाटी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x