
चित्त पार्लान् उदार ?
गलत विगत पढ्दै, सुध्रिएलान् त आज ? नव दिन अब आफ्ना, चित्त पार्छन् त ताज ??

कल छल खल बानी-भित्र होला त क्रान्ति ?
झलल नगर-गाउँ, हुन्छ सम्मृद्ध शान्ति ??
खलबल सब मासी, कानुनी—राज होला ?
लुट गुट फुट मासी, एकता शैल छोला ??
नव मिति तिथिमात्रै, फेरिने मात्र हो कि ?
पदसद भिरी आफ्ना, स्वार्थकै गोल हो कि ??
परिजन—पछुवाका, मात्र नाता र गाता ।
नव दिन घिन कुण्ठा, हर्न सक्छौ विधाता ??
सबल मुलुक नारा, किन्तु भोगी छ पारा ?
मुलुक र जनताले, देख्न सक्लान् त तारा ??
जल—जमिन बुटीका, हाल बेहाल पार्लान् ?
गठविगठ मिलेरै भागबन्डा उफार्लान् ? ?
मुलुक अब उपल्लो, बोक्न सक्ला विकास ?
गठविगठ त बन्लान् घोषणाभित्र बाज ??
गलत विगत पढ्दै, सुध्रिएलान् त आज ?
नव दिन अब आफ्ना, चित्त पार्छन् त ताज ??
धादिङ