साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सडकको गन्थन !

यात्री किच्दै, बलजफतमा, चल्छ चर्को सबारी । मिच्दै थिच्दै, नियम विधि नै, राज गर्छन् कबाडी ।। साँच्चै मेरो, जिउ जमिनमा, थिल्थिल्याई खकार्छन् । साँढे गाई, कुकुर कुखुरा, यात्रु जम्मै लघार्छन् ।।

Nepal Telecom ad

भन्छन् बाटो, जनपथ कयौं, राजपन्था मलाई ।
मान्छन् धेरै, सडक सजिलो, हिंड्न वा डुल्नलाई ।।
ढुङ्गा, गिट्टी, इँट-रट- सयौँ, कार होन्डा अड्याई ।
बालीनाली, सडकभरि नै, दाइँ गर्छन् रमाई ।।१।।

सुर्ती खैनी, रगत—पिपका, नर्क फालेर सारा ।
थाङ्ना-थोत्रा, कसिँगर, दिसा पान प्लाष्टीक धागा ।।
टेक्छन् राँके, जुलुस हुलले, खेल्छ पीटी—कबाज ।
छाती मेरो, थिलथिल गरे, दैत्यजस्तै समाज ।।२।।

मूसाबिल्ली, कुकुर ‘शव’— ले, चल्छ दुर्गन्ध चर्को ।
कौवा गिद्धै चिल र भुसुना दिक्क पार्दैछ झर्को ।।
फोटो खिच्छन्, पर-मुलुकका, खिस्सी गर्दै फिरन्ता ।
मान्छे भन्छन् ? तर सडकमै, चल्छ हिंसा र हत्या ।।३।

मन्त्री हिँड्छन्, हडबड गरी, फर्फराएर झण्डा ।
रक्षा गर्छन्, वरपर बसी, उठ्छ बन्दूक-डण्डा ।।
माग्छन् उर्ली, मजदुर यहीं, चल्छ संघर्ष चर्का ।
गोली पड्की, कुकर बमले, छैन केही सुरक्षा ।।४।।

दाम्ला-नाम्ला, मम पसल छन्, सागसब्जी बजार ।
भैँसीसङ्गै, बस ट्रक डुबे, पोखरी छन् हजार ।।
धूलो मैलो दबदब हिलो, काउलीले धराप ।
बत्ती नाला विचलित बनी, पार्छ यात्री सखाप ।।५।।

यात्री किच्दै, बलजफतमा, चल्छ चर्को सबारी ।
मिच्दै थिच्दै, नियम विधि नै, राज गर्छन् कबाडी ।।
साँच्चै मेरो, जिउ जमिनमा, थिल्थिल्याई खकार्छन् ।
साँढे गाई, कुकुर कुखुरा, यात्रु जम्मै लघार्छन् ।।६।।

०००

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय भनाैँ कि भय !

जय भनाैँ कि भय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
चम्चा र बुँख्याचा

चम्चा र बुँख्याचा

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जति लुट्न पनि फ्रिडम, नेपालको तेल निगम !

जति लुट्न पनि फ्रिडम,...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हाम्रो पौरख

हाम्रो पौरख

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x