साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक दिन साँढेसँग भेट हुँदा

त्यसैले आज रातो बस्त्रदेखि साह्रै रिस उठ्छ रातो लाउने जतिलाई देखेँ कि हान्दिऊँ कि जस्तो झोंक छुट्छ आजसम्म शिवालयमा उनैलाई पर्खी बस्याछु ।

Nepal Telecom ad

एक दिन
पशुपतिको दर्शन गर्न जाँदैथें
भोलेनाथलाई चढाउन
यसो फलफूल पनि लाँदैथें
बाटोमा भेटियो
एउटा बडेमानको साँढे
त्यो त रहेछ अति डाडे
उनले मलाई घुर्दै भने-
मेरा मालिक त खाँदैनन् केही पनि
केको खाने कुरा लान्छौ ?
मलाई खुसी नै नपारी
हेरौं यहाँबाट कसरी
तिमी मालिकको दर्शन गर्न जान्छौ ?
बरु अबदेखि मालिकको होइन
मेरो पूजा गर
मालिकको भन्दा राम्रो तिमीलाई
म नै दिन्छु बर ।

मन्त्रीका पी.ए. जस्तै
साँढेका कुरा सुनेर
म त इन्तु न चिन्तु बने
तैपनि उनलाई फकाउदै भने-
तिम्रो मालिकलाई भन्ने के कुरा छ ?
लौ भन म खबर बोकिदिन्छु
तिमी पनि त लक्ष्मीका पति हौ
दर्शन गर्ने चाँजो मिलाई देऊ
बरु तिम्रा चार पाउमा ढोकिदिन्छु ।

उनले भने फाल्दै नाकबाट गन्धका पर्रा
मानाैँ, धोकेकाथे राति टन्न लोकल ठर्रा
मेरा लक्ष्मी त कति छन् कति
मलाई धेरै नजिस्काऊ है
तिमी पनि रातै बस्त्रमा रहेछौ
थाह छैन तिमीलाई ?
मलाई कति रिस उठ्छ अब
रातो लाउने जति ,
दर्शन गर्न चाहन्छौ भने
मलाई हरियो घाँस चाहिन्छ
अनि मात्र मालिकको दर्शन पाइन्छ ।

मैले उलाई रातो बस्त्र देखेपछि
रिस उठ्नुको रहस्य खोजेँ
उनले भने फुलाउँदै भोजे (चारो राख्ने थैलो) –
मालिकलाई जीवनभरी बोक्नु बोकेँ
एक दिन मालिकलाई
मेरो बिहे गराइ दिन मनको कुरा पोखेँ
उनले हुन्छ हुन्छ भन्दै भुलाउँदै लगे
भोलिपर्सि भनीभनी फुलाउँदै लगे
पछि आफैँ पो रातो सारी लाएछन्
मलाई चक्मा दिन
मेरै प्रेमिका भई आएछन्
म पनि कस्तो भुस्कट नै रहेछु
दङ्ग पर्दै कयौँ दिन फेरि उनलाई बोकेँ
एक दिन रहस्य खुलेपछि
मालिक मन्दिरमा कुलेलम ठोके ।

त्यसैले आज
रातो बस्त्रदेखि
साह्रै रिस उठ्छ
रातो लाउने जतिलाई देखेँ कि
हान्दिऊँ कि जस्तो झोंक छुट्छ
आजसम्म शिवालयमा
उनैलाई पर्खी बस्याछु
तिमीलाई के थाहा बालक
म कहाँ कहाँ कतिपटक
मालिकसँग यसरी फँस्याछु ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x