साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमान्डू

टुपुक्क खाल्डो म त केन्द्र नै हुँ वैकुण्ठ कैलाश र स्वर्ग मै हुँ फुलाउँदै बोल्दछ नाक छाती यो देशको मै हुँ ममात्र जाती ।

Nepal Telecom ad

यो काठमान्डू जब रात पर्छ
कालो बिरालोसरि चर्न जान्छ
हजारको नोट लिएर हात
युवा भई डुल्दछ रातरात ।

नसानसामा मदिरा भरेर
कुर्लन्छ यो दानव झैँ बनेर
रमाउँदै नाच्दछ यो रेष्टुराँमा
योमात्र सर्वज्ञ छ सभ्यतामा ।

पोते र चोली फरिया लुकाई
कन्या बनी हिँड्दछ हाइहाई
छोटो लगा जीवन झैँ छ छोटो
देखाउँदै हिँड्दछ शान खोटो ।

चिन्दैन मान्छे न त चिन्छ मित्र
विश्वासलाई न त लिन्छ भित्र
आफू छ जस्तो सब देख्छ उस्तै
बोलेर मीठो तिर हान्छ हाँस्तै ।

के हो तराई कुन गाउँ पर्छ ?
पहाड के हो कुन ठाउँमा छ ?
मेची र काली धन हो कि हैन
कठैबरा ! क्यै पनि थाह छैन ।

टुपुक्क खाल्डो म त केन्द्र नै हुँ
वैकुण्ठ कैलाश र स्वर्ग मै हुँ
फुलाउँदै बोल्दछ नाक छाती
यो देशको मै हुँ ममात्र जाती ।

यहीँ छ सारा सुविधा विलास
सधैँ यहाँ रौनक बन्छ खास
आनन्दमा मस्त चलाइ जात्रा
उन्मत्त भै डुल्दछ यत्रतत्र ।

जुरोपानी-४, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
निर्णय

निर्णय

परशुराम पराजुली
आन्दोलन

आन्दोलन

परशुराम पराजुली
मोर्निङ वाक

मोर्निङ वाक

परशुराम पराजुली
चाहना

चाहना

परशुराम पराजुली
कालो कपाल

कालो कपाल

परशुराम पराजुली
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x