साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाच नाच नेता कृष्ण

चुनावका मिठा नारा लुकाएर नाच कालो रूप चुहिएला छुपाएर नाच ।। सोझासिधा मतदाता छकाएर नाच भोट लिनुपर्छ भोलि फकाएर नाच ।।

Nepal Telecom ad

नाच नाच नेता कृष्ण ताल मिलाई नाच
जनतामा वचनको जाल फिँजाई नाच ।।
गिज्याउलान् विपक्षीले बिचारेर नाच
हात गोडा पाउ सबै सिँगारेर नाच ।।१।।

नाच नाच नेता कृष्ण ताल मिलाई नाच
जनतामा वचनको जाल फिँजाई नाच ।।
चुनावका मिठा नारा लुकाएर नाच
कालो रूप चुहिएला छुपाएर नाच ।।
सोझासिधा मतदाता छकाएर नाच
भोट लिनुपर्छ भोलि फकाएर नाच ।।२।।

नाच नाच नेता कृष्ण ताल मिलाई नाच
जनतामा वचनको जाल फिँजाई नाच ।।
सँगिनीलाई हिरा मोती जुटाएर नाच
छोरा नाति पनातिलाई पुर्‍याएर नाच ।।
भोलि कता कसो होला सबै आजै नाच
उधारोको भर हुत्र नगदैमा नाच ।।३।।

नाच नाच नेता कृष्ण ताल मिलाई नाच
जनतामा वचनको जाल फिँजाई नाच ।।
बाटो छेक्न खोज्नेलाई कुटाएर नाच
कोही कतै जुट्न खोजे फुटाएर नाच ।।
सुरक्षाको पाको गस्ती मिलाएर नाच
गुण्डागर्दी सके जति दिलाएर नाच ।।४।।

नाच नाच नेता कृष्ण ताल मिलाई नाच
जनतामा वचनको जाल फिँजाई नाच ।।
समयको गतिसँगै रूप फेरी नाच
यताउति सबैतिर घुसीघुसी नाच ।।
बस्तीभरि जताततै नेता कृष्ण नाच
तिम्रै र’छ नाच्ने पालो नाच नाच नाच ।।५।।

नाच नाच नेता कृष्ण ताल मिलाई नाच
जनतामा वचनको जाल फिँजाई नाच ।।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
0
Would love your thoughts, please comment.x
()
x